
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चन्द्र बस्नेतकनकाई, १९ माघ । झापाको कनकाई नगरपालिकामा ३ हजार ९९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालय झापाको समन्वयमा कनकाई नगर स्वास्थ्य शाखाले आगामी माघ २२ गतेबाट २८ गते सम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको हो । खोप अभियानका विषयमा आज कनकाई नगरपालिकामा एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । विद्यालयभित्र रहेका कक्षा–६ देखि कक्षा–१० सम्मका छात्रा र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने कार्यालयका जनस्वास्थ्य निरीक्षक केशव रिजालले जानकारी दिनुभयो । माघ २२ गते विश्व क्यान्सर दिवसको अवसरमा झापाका सबै पालिकासहित देशभर एकै पटक…
बनियानी, १९ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आठौं पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै नेता गजुरेलले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको नेता–कार्यकर्ता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो । पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउनुहुँदै उहाँले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको औंल्याउनुभयो । “पार्टीलाई मजबुद बनाउन सबै नेता–कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ”, प्रदेश नं. १ का इञ्चार्ज समेत रहनुभएका उहाँले भन्नुभयो, “अब युवाहरु जाग्नु पनि जाग्नुपर्छ ।” पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर…
झापा, १९ माघ । नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ सालबासमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन्। गएराति सरावल–१ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका– ३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। उनले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको मोटरसाइकल सडकको…
मोरङ, १९ माघ । विराटनगर–५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरी शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको प्रहरीले बताएको हो । मोरङ प्रहरीका अनुसार हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि मावलीतर्फका हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुवा सर्जुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार एक हप्ताअघि हत्या गरेर शव गाडेजस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको…
झापा, १९ माघ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
झापा, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा…
दुर्गापुर, १८ माघ । झापाको कनकाई नगरपालिकाको दुर्गापुरस्थित फक्तालुङ एजुकेसन फाउण्डेशनमा सरस्वती पूजाको अवसरमा प्राथमिक तहका कक्षामा भर्ना निःशुल्क गरिएको छ । आगामी माघ २१ गते सरस्वती पूजाको अवसरमा प्राथमिक कक्षाहरु नर्सरी, एलकेजी र युकेजीमा निःशुल्क भर्ना कार्यक्रम राखिएको विद्यालयका प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गरिँदै आएकाले यस क्षेत्रका अभिभावको पहिलो रोजाइ बन्दै गएको उहाँले बताउनुभयो । “हामीलाई अभिभावकज्यूहरुको महत्वपूर्ण सहयोगको आवश्यकता छ”, उहाँले भन्नुभयो । सरस्वती पूजाको दिन प्रसाद ग्रहण गर्न आउन विद्यालयले सबैलाई आग्रह समेत गरेको छ ।
कनकाई, १८ माघ । झापाको कनकाई नगरपालिमा जारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दो विधामा फक्तालुङ एजुकेशन फाउण्डेशन दुर्गापुर समूह विजेता बनेको छ । चार स्वर्ण पदक र दुई रजत पदक गरी छ पदकसहित फक्तालुङ समूह विजेता बनेको हो । त्यस्तै, कराँतेतर्फ पनि एक स्वर्ण र एक रजत पदक जितेको फक्तालुङ एजुकेशन फाउण्डेशन प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । तेक्वान्दोतर्फ फक्तालुङ डोजाङका पान्जुम लिम्बू, युनिक कट्टेल, मल्लिका लिम्बू र अपेक्षा लिम्बू स्वर्ण पदक प्राप्त गर्नुभएको थियो भने भावना उप्रेती र विराज खनालले रजत पदक प्राप्त गर्नुभएको थियो । त्यस्तै, कराँतेतर्फ शिद्धी भण्डारीले स्वर्ण र विकिशा प्रधानले रजत पदक जित्नुभएको…
भद्रपुर, १८ माघ । देशको पूर्वी नाका झापाको काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्ष ०८१–०८२ को पहिलो ६ महिनामा ९ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा काँकरभिट्टा नाका भएर ९ अर्ब २५ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ५३ हजार ९२५ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरिएको हो। यसबाट कार्यालयले ४ अर्ब ४९ करोड ५१ लाख ९५ हजार रुपैयाँ राजस्व असुली गरेको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो। मेची भन्सारको कुल राजस्व संकलनमा आयाततर्फ सबैभन्दा बढी पेट्रोलियम पदार्थको ५९.८३ प्रतिशत योगदान रहेको कँडेलले बताउनुभयो। त्यस्तै, १…
झापा, १८ माघ । झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत अभियान शुरु हुने भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप देशव्यापी रुपमा कचनकवलबाट छ महिने अभियान शुरु हुन लागेको हो । हुलाकी राजमार्गदेखि शुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ । हुलाकी राजमार्ग केन्द्रीत अभियानका लागि आज माओवादी केन्द्र झापाको आठौं पूर्ण बैठकले कार्यविभाजन समेत गरेको छ । पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्य भइरहेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिनुभयो । बैठकका प्रमुख अतिथि पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुदर…