
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चन्द्र बस्नेतकनकाई, १२ माघ । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले इन्टरनेट प्रदायक संस्थालाई स्थानीय तहमा जोडिन आग्रह गर्दै अटेरी गरे कारबाही गरिने चेतावनी दिएको छ । वडा कार्यालयले पटक–पटक गरेर इन्टरनेट, केवल तथा फोन प्रदायक संस्थालाई पत्राचार गरेर छलफलका लागि बोलाए पनि केही मात्र उपस्थित हुने गरेको भन्दै कडा चेतावनी दिएको हो । स्थानीय सरकारले बोलाउँदा समेत अटेर गर्ने इन्टरनेट प्रदायक संस्थालाई वडा कार्यालयमा छलफलका लागि उपस्थित भएर सूचीकृत तथा दर्ता र केवल तार व्यवस्थापनका कडा चेतावनी दिएको हो । कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईले शुक्रबार इन्टरनेट, टेलिकम, केवलवालालाई अन्तर सम्वादका लागि पत्राचार गरेको बताउनुभयो ।…
कनकाई, १२ माघ । चुडाल बन्धु कल्याण केन्द्रीय समितिले पत्रकार चुडामणि तिम्सिना (सिएम शर्मा) सहित आठ जना सम्मान गरेको छ । समितिको १७ औं वार्षिक साधारणसभाको अवसरमा दुई दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल ठोस खबरका सम्पादक तिम्सिनालाई सम्मान गरेको हो । , नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, कनकाई सुरुङ्गा प्रेस क्लब लगायतका विभिन्न संघ–संस्थामा आबद्ध उहाँले पत्रकारिता माध्यमबाट समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै समितिले चुडाल बन्धु कल्याण समितिका संस्थापक अध्यक्ष भद्रप्रसाद चुडालले आफन्तजनको नाममा स्थापना गर्नुभएको विष्णुलक्ष्मी हिमादेवी अक्षयकोषबाट सम्मान गरेको हो । त्यसैगरी, संस्थाको विष्णुलक्ष्मी हिमादेवी अक्षयकोषबाटै संस्थाको आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडाललाई उहाँले कोषमा पुर्याउनुभएको योगदानको…
कनकाई, १२ माघ । झापाको कनकाई–८ स्थित भेटवाल गाउँमा २८ जनालाई व्यावसायिक च्याउ खेती प्रविधि तालिम दिइएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजना, कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा न्यू सिद्धि बिनायक च्याउ फर्मको प्राविधिक सहयोगमा तालिम दिइएको हो । च्याउ खेतीको प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमममा कनकाई स्वभालम्वी अपाङ्गता संस्थाका अपाङ्गा भएका १५ जनासहित २८ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशोधन निरौलालले गर्नुभएको थियो । रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन तालिममा कनकाई–८ का वडाध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाकाका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, कनकाई नगरपालिका…
झापा, १२ माघ । प्रेस सेन्टर नेपाल प्रदेश १ का अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार राती सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष रहेका थिए ।समितिको उपाध्यक्ष सुजन तिमिल्सिना, सुजता लिम्बु, सेसेहाङ लाओति, महासचिव गोकुल पराजुली, सचिव इश्वर थापा, डिकेश लामा, बिनु तिमिल्सिना, सत्यनारायण शर्मा, कोषाअध्यक्ष झुलन रेग्मी रहेका छन् । त्यसैगरी सदस्यीयहरु हरी अधिकारी, बाबुराम मुडियारि, पवन साह, मनिता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रविण बानिया, भीम कुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दिपक अधिकारी रहेका छन् ।
कञ्चनपुर, ११ माघ । कञ्चनपुर प्रहरीले लागू औषध कारोबारमा संलग्न भएको आशङ्कामा चार जनालाई पक्राउ गरेको छ। बिहीबार साँझ दोधाराचाँदनी नगरपालिका ४ स्थित महाकाली माता मन्दिर नजिकै ३६ वर्षीया जानकी दमाईले सञ्चालन गरेको किराना पसलबाट लागू औषध चरेसको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको टोलीले छापा मारेको थियो। खानतलासी गर्दा जानकी दमाईको साथबाट १९.५४ ग्राम, ३९ वर्षीय गौखे दमाईको साथबाट १.०७ ग्राम र २१ वर्षीय अभिषेक सुनारको साथबाट ०.६१ ग्राम गरी जम्मा २१.२२ ग्राम चरेस फेला परेको छ। त्यसै दिन माघ १० गते बिहीबार साँझ कृष्णपुर नगरपालिका ७ कलुवापुरमा गोप्य सूचनाको आधारमा प्रहरीले २१ वर्षीय दीपक…
ताप्लेजुङ, ११ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् । टिपताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिपताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् । पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी…
झापा, ११ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ भने घटेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर…
झापा, ११ माघ । प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार चयन हुने भएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न गठित कार्यदलले अध्यक्षमा इजलास दैनिकका सम्पादक परियारको नाम टुंग्याएको हो । त्यस्तै उपाध्यक्षमा राजु पोखरेल , महिला उपाध्यक्षमा सुनिरा मैनाली र सचिवमा प्रकाश पौडेललाई चयन गर्ने निर्णय गरिएको कार्यदलका सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार अन्य पदका लागि सहमति जुटाउन बाँकी रहेको छ । प्रेस चौतारीको सर्वसम्मत नेतृत्व चयन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको थियो । प्रेस चौतारीको १० औं अधिवेशन आज बिर्तामोडमा हुने भएको छ । सो अधिवेशनबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । अधिवेशन उद्घाटन गर्न…
धनकुटा, १० माघ । धनकुटाको धनकुटा नगरपालिका-७ स्थितबाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ९ गते बेलुका जिल्ला प्रहरी कार्यालय धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटा (७ का २१ बर्षीय किरण राईको साथबाट लागूऔषध ट्रामोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला पारेको थियो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
झापा, १० माघ । सैफ अली खानले उनलाई अस्पताल पुर्याउने अटो रिक्सा चालक भजन सिंह राणालाई भेटेका छन् । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भजन सिंह राणाले आफूले मंगलबार अभिनेतालाई भेटेको स्वीकार गरे। उनले भने, ‘मलाई मंगलबार एक व्यक्तिको फोन आयो र उनले मलाई लीलावती अस्पतालमा बोलाए । म दिउँसो ३स्३४ मा त्यहाँ पुगेर सैफ अली खान र उहाँको परिवारलाई भेटेँ। उहाँले मलाई आफ्नो नजिकै बसाउनु भयो र मेरो काँधमा हात राखेर मलाई बधाई दिनुभयो। मैले उहाँकी आमालाई पनि भेटेँ । उहाँले हात जोड्नुभएको थियो तर मैले उहाँको खुट्टा छोएँ। यति ठुलो स्टारको खुट्टा छुँदा मलाई खुसी लाग्यो।’ राणाले थप…