
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १८ मंसिर । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नुभयो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र…
झापा, १७ मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला ९मंगलबार बिहान० कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा छ। तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज राति पनि कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
सिरहा, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू सरकारमा जान हतार नगर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं. ३ मुसहर्नियामा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र सङ्गठन निर्माणलाई जोड दिएको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्य द्वय परशुराम तामाङ र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देश्वर गडेरी लगायत नेताहरू प्रशिक्षकका रुपमा सहभागी हुनुहुन्छ । माओवादी केन्द्रका नगर समिति सदस्य धनप्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म…
झापा, १७ मंसिर । झापाको बिर्तामोडमा गत मंसिर १३ गते फलामको चेन गेटले किचेर घाइते भएका बालकको आज उपचारको क्रममा मृत्यु भएको छ । इलामा देउमाई नगरपालिका–८ घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका–१ बुद्दचोक स्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईको छोरा ३ वर्षीय दिवाहाङ राई खेल्ने क्रममा फलामको चेन गेटले किचि घाइते भएका थिए । उपचारको लागी बिर्तासिटी अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा आज दिउँसो मृत्यु भएको हो ।
शिवसताक्षी, १७ मंसिर । झापा शिवसताक्षीको गैडे स्थित पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वार दुई मुखे गेटको आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङफेले संयुक्त रुपमा रिवन काटेर गेटको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले लामो समयको पर्खाइलाई चिर्दै दोमुखाको विकासमा नगरपालिका लागेको बताए । अघिल्लो आ.व.मा दोमुखा जाने सडक कालो पत्रे भइसकेको छ । चालु वर्षमा गेट र दोमुखा देखि पिकनिक स्र्पोट हुँदै स्वीमिङपुल सम्म जाने ७३० मिटर सडकमा पनि इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको नगरप्रमुख थोप्राले जानकारी दिए । नव निर्मित गेटको…
झापा, १७ भदौ । झापामा दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । एक जनाको मोटरसाइकल दुर्घटना र अर्का एक जनाको साइकलबाट लडेर मृत्यु भएको हो । मङ्सिर ४ गते कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा मे।१० प।१४४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय नितेश राई घाइते भएका थिए । घाइते नितेश राई आज पुनः बिरामी भई उपचारको लागि बिहान १०ः३० बजे न्युरो अस्पताल विराटनगर १०ः४२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै साइकलबाट लडेर घाइते भएका…
बनियानी, १७ मंसिर । झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । करिब डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताउनुभयो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ २४ गते सरुवा भएर गएपछि भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा पुण्यप्रसाद पौडेल हाजिर हुनुभएको थियो । उहाँले समेत गत कात्तिक ९ गते सरुवा भएर गएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । “लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको काम ठप्पजस्तै बनेको छ ।” गाउँपालिकाले आह्वान गर्नुपर्ने बोलपत्रदेखि…
झापा, १७ मंसिर । आबद्ध बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारण सभा सम्पन्न भएको छ । झापाको कनकाई नगरपालिका २ स्थित जामुनखाडी सामुदायिक वनको सभाहलमा आज संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष नन्दमान भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा प्रमुख मोहनकुमार सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका अध्यक्ष भट्टराईले बजारमा आर्थिक मन्दी र विभिन्न अफवाह फैलिए पनि संस्था प्रति सदस्यको विश्वास र माया नघटेको बताउनुभयो । संस्थाको आर्थिक वर्ष २०८० ८१ को प्रगति प्रतिवेदन अनुसार २०८१ को असार मसान्तसम्म सेयर सदस्य २ हजार ५८९ जना, सेयर पुँजी…
झापा, १७ मंसिर । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माई खोलाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । तस्करी गरेर लाँदै गरेको करिब ४० क्युफिट काठ प्रहरीले खोला किनारबाट बरामद गरेको हो । हिजो दिउँसो शिवसताक्षी–१० दोमुखास्थित कन्काई माई खोलाले काठ बगाउँदै ल्याइरहेको छ भन्ने जानकारी प्राप्त हुना साथ अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोलामा बगाएर ल्याउँदै गरेको १ लाख २० हजार रुपैयाँ मूल्य पर्ने करिब ४० क्युफिट सखुवा जातको काठ फेला पारी आवश्यक कारवाहीको लागी गैंडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १७ मंसिर । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले २ लाख १८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पिंङकीठ्याक हुँदै नेपालबाट भारततर्फ भन्सार छली लैजाँदै गरेको ४ काटुन लाइटर (४० हजार रुपैयाँ), ७ बोरा सुपारी (२१० केजी, १ लाख ६८ हजार) र सोही स्थानको मेचीडाँडा हुँदै भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको लसुन २५ केजी (१० हजार रुपैयाँ) गरी करिब २ लाख १८ हजार बराबरको अवैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले…