
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको हो । बिहीबार सर्वोच्च अदालतले उचित उपचारको प्रबन्ध गर्न दिर्नेशन दिएसँगै उनलाई सोही दिन अस्पताल भर्ना गरिएको जनाइएको छ ।
झापा, १४ मंसिर । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन…
झापा, १४ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन…
झापा, १३ मंसिर । झापाको हल्दिबारी गाउँपालिकाका १८ जना कुष्ठरोगीलाई स्वयम् हेरचाह तालिम दिइएको छ । विश्वास परियोजना अन्तरगत करुणा फाउण्डेशनले बुधबार र बिहीबार गरी दुई दिने दिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अंकित पाठकले जानकारी दिनुभयो । कुष्ठरोगी र हात्तीपाइले रोगीलाई तालिम दिने गरिएको उहाँले बताउनुभयो । कुष्ठरोगी र हात्तीपाइले रोगको कुप्रभावलाई कम गर्न र रोगलाई थप बढ्न नदिन तालिम दिने गरिएको बताउँदै उहाँले भन्नुभयो, “तालिमले अंगभंग हुनबाट जोगाउन मद्दत मिल्छ ।” करुणा फाउण्डेशनले कुष्ठरोगी र हात्तीपाइले रोगीलाई तालिमसँगै उनीहरुको मागको आधारमा जुत्ता, वाकर, वैशाखी, चश्मा लगायतका सहायक सामग्री समेत प्रदान गरिने गरेको छ भने उपचारका लागि परामर्शसँगै यातायात खर्च…
झापा, १३ मंसिर । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार मेडिकल व्यवसायी प्रसाईँको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइपछि स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश गरेको हो । अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतबाट यही मङ्सिर ९ गते हिरासतमा राख्ने अनुमति प्रदान गर्दा उहाँ क्यान्सर रोगको बिरामी रहेको भनी उल्लेख गरेकाले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न भनेको हो । आदेशमा भनिएको छ, “यस अदालतमा जीवन रक्षाका लागि स्वास्थ्य…
झापा, १३ मंसिर । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राती १२ः०० बजेदेखि सुरु हुने जनाएको छ । स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता बमोजिम मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै पनि प्रकारले प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ । आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री…
बिर्तामोड, १३ मंसिर । बिर्तामोड नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई आउनुभएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला लगायतले प्रप्रअ भट्टराईलाई आज स्वागत गर्नु भएको छ । सूर्योदय नगरपालिका इलामबाट सरुवा भएर आउनु भएका भट्टराईलाई जनप्रतिनिधि र कर्मचारीले स्वागत गर्नु भएको हो । उहाँले आजैदेखि कार्यभार सम्हाल्नु भएको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरको काम प्रभावित भएको थियो ।
बिर्तामोड, १३ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अनुसार सहयोग सुरु गरेको छ । वडाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर १ का बर पिपल टोलका रामबहादुर राजवंशीलाई ठेला प्रदान गरीएको छ । टोलमै चटपटे व्यवसाय गरेर जिबिकोपार्जनको लागि ४२ हजार रुपैयाँ मुल्यको ठेला प्रदान गरिएको वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो। वडाले ठेला उपलव्ध गराउँदा आफुलाई खुशी लागेको राजवंशीले प्रतिक्रिया दिनुभएको छ । वडा कार्यालयका अनुसार बिगतका वर्षहरुमा पनि ठेला लगायत विभिन्न आत्मनिर्भर बनाउने सामाग्री प्रदान गरीएको र यस वर्षपनि सोहि…
कनकाई, १३ मंसिर । झापाको कनकाई नगरपालिका मंसिर १६ गते आइतबार स्थानीय बिदा दिने भएको छ । कनकाई नगरपालिका–६ मा वडा अध्यक्ष पदको लागि स्थानीय तह उपनिर्वाचन हुने भएकाले अत्यावश्यक सेवा बाहेकका कार्यालय स्थानीय बिदा हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज आचार्यले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि नगरपालिकाबाट कर्मचारी निर्वाचन व्यवस्थापन तथा अन्य कार्यमा खटिने भएकाले स्थानीय बिदा दिइएको उहाँले भन्नुभयो ।
झापा, १३ मंसिर । झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल सताक्षीधाममा नवनिर्मित ‘८७ धारा’को आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उक्त धाराको उद्घाटन गर्नुभएको हो । पैराणिक कथासँग जोडिएको ऐतिहासिक क्षेत्र सताक्षीधाममा जनस्तर संकलित रकमबाट ८७ धारा निर्माण गरिएको छ । समितिले सतासी खोलाको किनारमा ८७ वटा धारा बनाउने अवधारणा अनुसार धारा निर्माण गरिएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमले बताउनुभयो । ‘शताक्षी’ शब्दको अर्थ सय आँखा भएको देवी हो । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने श्रीशताक्षी गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वजले बताउनुभयो…