jhapaonline add

झापा, २९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोला नजिकै आज नवजात शिशु फेला परेको छ । निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा नवजात शिशु फेला पार्नुभएको थियो । प्रसाईंले इलाका प्रहरी कार्यालय धुलाबारीमा आज दिउँसो उक्त शिशु बुझाउनु भएको थियो । उक्त शिशु मेचीनगर नगरपालिका १० नं. वडा कार्यालयलाई जिम्मा बुझाइएको छ । शिशुको अवस्था सामान्य रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला…

Read More

झापा, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको राससलाई प्रतिक्रिया दिनुभयो । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ । विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार हरेक…

Read More

सन्तोष शर्माझापा, २९ कात्तिक । बोक्सी सम्बन्धी अन्धविश्वासविरुद्धको सामाजिक चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । ‘मान्छे बोक्सी हुन्न’ भन्ने सन्देश बोकेको यो चलचित्र मंसिर ७ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । चलचित्रको ‘प्रमोसन’का लागि पूर्व आएको चलचित्र युनिटले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र प्रदर्शनबारे जानकारी दिएको छ । चलचित्रका निर्देशक घनश्याम लामिछानेले समाजमा रहेको बोक्सी सम्बन्धी अन्धविश्वास अन्त्य गर्ने उद्देश्यले चलचित्र निर्माण भएको बताउनुभयो । ‘अग्निदहन’ २०७५ सालमै निर्माण भए पनि चलचित्रमा केही परिमार्जित गरेर ठूलो पर्दामा देखाउन लागिएको बताउनुभयो । “बोक्सीसम्बन्धी घटना भएका स्थानमा पाँच सय वटा निःशुल्क शो भइसकेको…

Read More

झापा, २९ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । आज दिउँसो मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागू–औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपाल तर्फ आउँदै गरेको मुगु खत्याड गाँउपालिका–७ का २२ वर्षीय हिराप्रसाद जैसीलाई प्लाष्टिकबाहेक २ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । त्यसैगरी आजै बेलुका मेचीनगर–६ बाटै ब्यूरोबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको मे ६ प ६५१० नम्बरको स्कुटर चालक मेचीनगर–१० का ३३ वर्षीय नेसरु मियालाई प्लाष्टिकबाहेक २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । यसैगरी, आजै बेलुका मेचीनगर–६ पुरानो मेचीपुलबाट व्यूरोबाट खटिएको प्रहरी टोलीले भारतबाट…

Read More

झापा, २९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोला नजिकै आज नवजात शिशु फेला परेको छ । निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा नवजात शिशु फेला पार्नुभएको थियो ।

Read More

शिवसताक्षी, २९ कात्तिक । झापाको शिवसताक्षी नगरपालिकामा नव जात शिशुको जन्मजात पहिचान र त्यसको व्यवस्थापन सम्वन्धी अभिमूखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो । अभिमुखकीकरणमा अपाङ्गगता भएका बालबालिकाहरुलाई कसरी पहिचान गर्ने, पहिचान भएका अपाङ्गतालाई कसरी यकिन गर्ने, अपाङ्गताको पहिचान र मूल्याङ्कनको कसरी अभिलेख राख्ने लगायतका विषयमा अभिमूखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अभिमुखीकरण कार्यक्रमकी अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगर भित्र पनि अपाङ्गगता भएका बाललिकाहरु रहेको तर पहिचान नभएका धेरै रहेको बताइन् । करुणा फाउण्डेशन मार्फत गरिएको कार्यक्रमबाट अपाङ्गता भएका बालबालिकाहरुलाई पहिचान गर्न सहज भएको र उनीहरुलाई राज्यले दिने सुविधाहरु…

Read More

झापा, २९ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो अर्जुनधारा–७ स्थित बिरिङ खोलाबाट मे १ त ५३२६, मे १ त ७५२९, प्र १–०१–००१ त ९३००, मे १ त ८४२०, मे १ त ८८६६, मे १ त ६०८०, मे १ त २४८३, मे १ त ७२९४ र तत्काल नम्बर नखुलेको १ वटा गरी नौ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अवैध रुपमा गिटी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, सुरक्षा बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी टोली र…

Read More

इलाम, २९ कात्तिक । इलामको सूर्योदय नगरपालिका–१४ स्थित सिम्ले साकाले खोलामा शव फेला परेको छ। बुधबार स्थानीयले माछा मार्ने क्रममा खोलाको पानीभित्र ढुङ्गाको चेपमा कम्मरदेखि तलको भाग मात्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शी खड्का राईका अनुसार शवको कम्मरमाथिको भाग पूर्णरूपमा छुटेको र शरीर अत्यधिक कुहिएको अवस्थामा फेला परेको छ, जसका कारण पहिचान गर्न कठिनाइ भएको छ। घटनास्थलमा पशुपतिनगरबाट प्रहरी टोली पुगिसकेको छ। प्रारम्भिक अनुसन्धानपछि थप विवरण खुलाउन प्रहरी तयारी अवस्थामा रहेको जनाएको छ। शवको पहिचान र घटनाको कारणबारे थप अनुसन्धान जारी छ।

Read More

कनकाई, २९ कात्तिक । झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी स्तन क्यान्सर पीडित विन्दा उप्रेती ओलीलाई मेची महाकाली बुहारी संयुक्त आवाज कनकाईले सहयोग गरेको छ । विगत छ महिनादेखि स्तन क्यान्सर रोगबाट पीडित उनको उपचारका लागि मेची महाकाली बुहारीले ११ हजार रुपैयाँ सहयोग गरेको हो । संस्थाकी अध्यक्ष कल्पना भट्टराई उप्रेतीको नेतृत्वका टोलीले उक्त रकम बिरामीका दाजु रमेशकुमार बाराकोटीलाई हस्तान्तरण गरेको छ । कनकाईको सुरुंगामा आयोजित एक संक्षिप्त कार्यक्रममा संस्थाकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, कनकाई उपाध्यक्ष लीलादेवी प्याकुरेल, सचिव निर्मला बस्नेत, सहसचिव पूजा भेटवाल, कोषाध्यक्ष सरिता गुरागाईं, सदस्य बिन्दा बाँस्कोटा, धनमाया न्यौपाने, लीला खड्का, अम्बिका मैनाली लगायतको उपस्थिति रहेको थियो । क्यान्सर…

Read More

धरान, २९ कात्तिक । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आउनुभएकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाउनुभयो । उहाँले सुनसरीको झुम्का, कालाबन्जरलगायतका हतियामा घोँगी बेच्नका लागि जाने गरेको बताउनुभयो । मुखियाले मोरङ्को निमुवाबाट आफैँले पोखरीबाट घोँगी खोजेर बिक्री गर्दै आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेहेनतअनुसार राम्रै आम्दानी हुने गरेको छ, अरु व्यवसायको तुलनामा निक्कै सहज पनि हुने भएकाले यसैमा लागिरहेकी छु । यो…

Read More