jhapaonline add

झापा, १५ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको…

Read More

झापा, १५ मंसिर । नेपाली मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, महाखाशाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई हिमपातको सम्भावना समेत छ । राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने बताइएको छ । आइतबार कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने…

Read More

झापा, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झुटो रहेको स्विकारेका हुन् । ‘कागजत झुट रहेछ’ प्रसाईंको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘युट्युबरले तयार गरेका हुन् मैले सार्वजनिक मात्र गरेको हुँ ।’ कागजात तयार गर्न आफूले १ करोड बुझाएको भन्दै पत्रकार सम्मेलन गरेका प्रसाईंले रकम बुझाएको कुरा पनि अस्वीकार गरेका छन् । अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको…

Read More

झापा, १४ मंसिर । नेपाली व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेका छन् । झापाको चारआली घर भएका घ्यूको व्यापारी फुँयालले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा छ । फुँयालले झापाबाट भारतको आसाममा लगेर घ्यू बेच्ने गरेका छन् । फुयल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीचमा ‘कनेक्सन’ भेटिएको छ । फुयल र प्रसाईंको बीचमा सम्पर्क हुने गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले बताए । उनले भने, ‘धम्क्याएको भ्वाइस रेकर्ड उनले भारतबाट प्रसाईंलाई पठाउने गरेको देखिन्छ ।’ फुयलले राष्ट्र बैंकका उच्च अधिकृतहरूलाई पनि धम्की दिने गरेको भेटिएको छ । भारतीय टेलिकम कम्पनी एयरटेलको दुईवटा सिम लिएर…

Read More

झापा, १४ मंसिर । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया उद्योग अगाडि कुकर बम राख्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । राजकुमारलाई उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट र धिरजलाई पथरीशनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट बुधबार पक्राउ गरिएको डीएसपी चन्दले बताए । उनीहरूले नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको नामबाट गत भदौ २८ गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एन्ड गंगादेवी टी स्टेटको पश्चिम पर्खालनजिकै कुकर बम राखेका थिए ।…

Read More

शिवसताक्षी, १४ मंसिर । झापाको शिवसताक्षी ८ मा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले ४० औं स्थापना दिवस मनाएको छ । विद्यालयका एक कार्यक्रमको आयोजनामा विद्यालयलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर विद्यालयले २६ जना दाताहरुलाई सम्मान गरेको छ । विद्यालयले स्थानीय स्तरमा रहेर लामो समय काम गर्ने पत्रकार सरोज भट्टराई पनि सम्मान गरेको छ । पत्रकार भट्टराईलाई सत्य र निष्पक्ष पत्रकारितामार्फत जनचेतना अभिवृद्धि गर्न, समाजमा सकारात्मक परिवर्तन ल्याउन विशेष भूमिका खेलेको भन्दै विद्यायलयले सम्मान गरेको जनाएको छ । विद्यार्थीहरुको छात्रबृत्तिका लागि स्थापना गरिएको अक्षयकोषका लागि आजै स्थानीय मनोजकुमार लावतीले ५० हजार,…

Read More

बिर्तामोड, १४ मंसिर । झापाको पाडाजुँगी–गौरादह सडक खण्डमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् । कमल गाउँपालिका–६ दहीचोकस्थित उक्त सडक खण्डमा गौरादहबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र. ३–०१–०२२ च ५४९४ नम्बरको कार मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो । दुर्घटनामा गौरादह–१ निवासी ५४ वर्षीया दिव्या दाहाल, ३५ वर्षीया जुना दाहाल र ४५ वर्षीया शारदा दाहाल घाइते भएका छन्। उनीहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, कार चालक गौरादह–१ निवासी अन्दाजी ३० वर्षीय विदुर दाहाल सकुशल रहेका छन् ।

Read More

कचनकवल, १४ मंसिर। कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकमा भएको आगलागीबाट करिब ५ लाख ३० हजार बराबरको क्षति भएको छ। शुक्रवार दिउँसो करिब १:५५ बजे सत्य नारायण राजवंशीको घरमा भाडामा लिइ केशव राजवंशीले सञ्चालन गरिरहेको त्यागी राजवंशी होटलमा अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हो। आगलागीका कारण उक्त होटलमा रहेका विभिन्न सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साथै, नजिकै रहेका अन्य व्यवसाय पनि प्रभावित भएका छन्। झरेन्द्र पोडेलद्वारा सञ्चालित निहारी होटलमा १ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जय सिंह राजवंशीको घरमा भाडामा लिइ सञ्चालित सिर्मिक सहकारी संस्थाको मिटर र ऋऋत्ख्…

Read More

बिर्तामोड, १४ मंसिर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको आज २४ औं साधारण सभा सम्पन्न भएको छ । बिर्तामोड आज अन्तिम माइन्युट प्रमाणीकरण भेलासँगै संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाको अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको साधारणसभामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संस्था दिवंगत शेयर सदस्य नारायणप्रसाद यादवको परिवारलाई सदस्य बिमा बचत वापतको दुई लाख रुपैयाँ प्रदान गरियो । नियमित बचतकर्ता यादवको गत कात्तिक २२ गते मृत्यु भएपछि संस्थाले उहाँको नाममा रहेको दुई लाख ५३ हजार ९७२ रुपैयाँ ऋण मिनाह, ४०…

Read More

झापा, १४ मंसिर । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रवार दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा तुलसीपुर–१८ का १८ वर्षका चल मान बुढामगर, सोही ठाउँका ३२ वर्षका ईन्द्रा थापा, घोराही– ११ बस्ने २५ वर्षका माधव डाँगी सोही ठाउँका ६० वर्षीय रुद्रबहादुर कामी, तुलसीपुर– १८ बस्ने वर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारदा नगरपालिका १० बस्ने ३६ को ढाकाराम कुँवर , तुलसीपुर–१७ बस्ने वर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर–१८ बस्ने वर्ष…

Read More