
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।…
झापा, १३ मंसिर । ‘भाटभटेनीको जग्गा लिनु गलत’ भनी अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा लेख्ने एक जना एमाले नेतालाई सो पार्टीले निलम्बित गरेको छ । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गादान लिनु गलत भनेकै आधारमा आफूलाई पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । निलम्बनको प्रक्रिया समेत पूरा नगरिएको उनको भनाइ छ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको निर्णय गरेको थियो । पार्टीलाई हानी–नोक्सानी पु¥याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्ने लगायत गतिविधि गरेको भन्दै मंगलबार पार्टी सदस्यबाट निलम्बन गरिएको पत्र सार्वजनिक भएको थियो…
झापा, १३ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक…
झापा, १२ मंसिर । झापाको कनकाई नगरपालिका–३ मा गौहत्या गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ का ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्ज घर भई हाल कनकाई–३ मा बस्दै आएका २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् । मंगलबार रातिको कनकाई–३ का लीलाप्रसाद सिलवालको गाई गोठमा बाँधेर राखिएको हराएको थियो । उक्त गाई खोजी गर्नेक्रममा सोही वडाको टप्पु चोकस्थित लिला सङग्रौलाको घरमा डेरा गरी बस्दै आएका उनीहरुले गाई चोरेर मारेको र मासु समेत प्रयोग गरी फरार रहेका थिए । घटनापछि फ।रार बुधन…
झापा, १२ मंसिर । कन्काई धाम धार्मिक विकास संस्थाले झापाको कनकाई नगरपालिका–३ मा भएको गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । संस्थाले आज विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो । संस्थाका अध्यक्ष शेरबहादुर थापाले गौ हत्याको विरोध गर्दै दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो । मंगलबार यहाँ भएको गौहत्याप्रति गहिरो शोक व्यक्त गर्दै घटनामा संलग्नलाई तत्काल कडा भन्दा कडा कारबाहीको माग धार्मिक विकास संस्थाले विज्ञप्तिमार्फत गरेको छ । नेपालको संविधानमा उल्लेख भएको राष्ट्रिय जनावर र ८३ प्रतिशत हिन्दुहरुले धार्मिक आस्था र सम्मान गरी पूजा गर्ने गरेको गौ माताको हत्याको घटनाहरु बढ्दै जानुले हिन्दु धर्म र संस्कृति प्रतिको…
ताप्लेजुङ, १२ मंसिर । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्रै एक दर्जन बढी विदेशी नागरिक पाथीभरा आएका छन् । नेदरल्याण्डसहित अन्य ठाउँबाट आएका पर्यटकहरूले पाथीभरामा पूजाआजासँगै यहाँबाट देखिने हिमालको अवलोकन गरेर रमाएका उहाँको भनाइ छ । मङ्गलबार…
गोरखा, १२ मंसिर । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा वर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उहाँले भन्नुभयो, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’’ पालिका भित्रका सबै वडामा दलित र गैह्रदलित बिच विवाह भएका…
झापा, १२ मंसिर । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रबारदेखि युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । १५ सदस्यीय नेपाली टोलीको बुधवार त्यसतर्फ प्रस्थान गरेको हो । केही दिनअघि भारतको कनार्टक यु १९ सँगको ५ खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली तयार गरिएको थियो । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । नेपाली युवा टोलीको कप्तानमा सिनियर टोलीका लागि खेलिसकेका तीव्र गतिका बलर हेमन्त छन् । एसिया कप प्रतियोगिता मङ्सिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको…
मोरङ, १२ मंसिर । मोरङमा डुबेर एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनपालथान गाउँपालिका–६ नुनिया टोल बस्ने भारत मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको पोखरीमा डुबेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
झापा, १ मंसिर । झापाको बिर्तामोडस्थित रामचोकमा आज साँझ दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे बिर्तामोड–२ रामचौकस्थित पूर्वपश्चिम राजमार्गमा चारपानेबाट मुक्ति चौकतर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे डाक्टरले मृत घोषणा गरेको थियो ।