
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ कात्तिक । झपाको मेचीनगर–३ स्थित धिमाल गाउँमा घुम्ती किराना पसलमा आगलागी भएको छ । बिहीबार राति मेचीनगर नगरपालिका–३ धिमाल गाँउ बस्ने सर्मिला मेचेको टिनको छाना भएको घुम्ती किराना पसलमा दियोबाट अचानक आगलागी भई पसलमा भएको हो । आगलागीबाट किराना सामान जलि नष्ट भएको छ भने आगलागी स्थानीयबासीले नियन्त्रणमा लिएका थिए , आगलागीबाट पसल भित्र रहेको किराना सामान लगायत अन्य सर–सामानहरु पुर्ण रुपले जलि नष्ट हुँदा बरिब एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १६ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज तिहारको कुनै पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ। औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो। प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ। औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ। यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए। तिथिका आधारमा…
झापा, १६ कात्तिक । सुनसरीको धरान उप–महानगरपालिका–२ भानुचोक स्थितबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । कात्तिक १५ गते साँझ वडा प्रहरी कार्यालय धरानबाट खटीएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार मोरङ केराबारी गाउँपालिका–५ का १८ वर्षीय आकास लिम्बुको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी अस्थाई प्रहरी पोष्ठ कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते दिउँसो बेलका नगरपालिका–८ हात्तिसुडे स्थितबाट २५ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
झापा, १६ कात्तिक । कैलाली र डडेल्धुरामा तास खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई साढे चार लाख भन्दा धेरै रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नारास्थित कुखुरा फर्मबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट २६ हजार ४ सय २० रुपैयाँ र एक गड्डी तास पनि बरामद गरेको छ। त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेतमा तास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरुलाई ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ र १६ गड्डी ताससहित पक्राउ गरिएको हो।
बनियानी, १६ कात्तिक । झापाको मेचीनगरमा बिहीबार बेलुका आगलागी हुँदा रू सात लाख बराबरको क्षति भएको छ । मेचीनगर–६ काँकरभिट्टाका प्रेम गुरुङको घरको भुई तल्लामा रहेको न्यू सागर होटलको फ्रिजबाट आज राति ८ बजे अचानक विद्युत सर्ट भई आगलागी हुँदा रू सात लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आगलागी प्रहरी, स्थानीयबासी र मेचीनगर नगरपालिकाको २ वटा दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट होटल भित्र रहेको भाडावर्तन, फ्रिज, अन्य फर्निचर लगायतका सर–सामान पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
झापा, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २६ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।…
झापा, १६ कात्तिक । देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी…
झापा, १५ कात्तिक । झापाको गौरादहमा गोरुले हानेर घाइते भएका एक पुरुषको आज उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार बेलुका गौरादह नगरपालिका–७ जामबारका ४८ वर्षीयको कृष्ण शर्माले बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानी घाइते भएका थिए । उनलाई लाइफ लाइन अस्पताल दमक ल्याएर उपचार गराउँदा ढाँडको सात वटा करङ भाँचिएकाले थप उपचारका लागि नोबेल अस्पताला विराटनगर रेफर गरिएको थियो । उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही गोरुलाई समाउने क्रममा सोही स्थानका ४५ वर्षीय रविन राजवंशी समेत घाइते भएका छन् । लाइफ लाइन अस्पताल दमकमा घाइते राजवंशीको उपचार…
कनकाई, १५ कात्तिक । झापाको कनकाई नगरपालिका–६ नम्बर वडामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार तोकिएको छ । आज पार्टीका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त वार्डका लागि स्थानीय युवा नेता तथा पार्टीका जिल्ला सदस्य गणेश थापालाई पार्टीका तर्फबाट उम्मेद्धार तोक्नुभयो । श्रेष्ठले खादा माला र अबिर लगाएर पार्टीका तर्फबाट उम्मेद्धार तोक्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै आफुहरुले सुशासन कायम गर्न खोज्दा सरकार ढालेको बताउँदै जसको निति उसको नेतृत्व हुँदामात्रै यो व्यावस्थाको रक्षा हुने भएकोेले माओवादीका उम्मेद्धारले जित्नु आवश्यक रहेको बताउँनुयो । बर्तमान सरकारका कामकार्वाहीका कारण सरकार र यो व्यावस्थाप्रति जनताको नैराश्यकता बढेको बताउँदै संविधानको…
झापा, १५ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।…