
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ भदौ । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्याइने कम्पनीले जनाएको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल…
दाङ, ३ असोज । दाङको लमहीबाट घोराही आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं.६ को वेलदमारभन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल आज दुर्घटना हुँदा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २२ बर्षीय श्रवण पुन र घोराही उपमहानगरपालिका–४ निवासी २१ बर्षीय विनोद केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।
भद्रपुर, ३ असोज । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताउनुभयो । “साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७ दशमलव ६१ प्रतिशत राजस्व सङ्कलन भयो । चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन” उहाँले भन्नुभयो । उक्त कार्यालयले आयकरबाट रु…
प्रकाश अधिकारीभ्रष्टाचार नेपाली समाजमा ऐंजेरुका रूपमा फैलिइरहेको छ । राजनेताका साथै कर्मचारीगण पनि भ्रष्ट छन् भन्ने सर्वसामान्य धारणा बनिसकेको छ । सरकारी अड्डाबाट छिटो छरितो र समयमा सेवा लिन सिधै वा ‘बीचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आम बुझाइ छ । आमरूपमा यो सत्य भए पनि सबै राजनेता र कर्मचारी लालची र बिकाउ छैनन्, इमानदार र नैतिकवान् पनि छन् । सरकार वा सार्वजनिक सेवा मात्र भ्रष्टाचारबाट गाँजिएको नभएर निजी क्षेत्रसमेत यसबाट अछुतो छैन । सरकारी निकायले ठूलो परिमाणमा आर्थिक कारोबार गर्छ र यसको व्यवस्थापन, नियन्त्रण एवं नियमन राष्ट्रसेवकद्वारा हुन्छ । यसै मेसोमा राष्ट्रसेवकले सर्वसञ्चित कोषको दुरुपयोग गर्न र सेवाग्राहीबाट घूस लिन सक्छन् । सत्य के पनि…
भद्रपुर, ३ असोज । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमान टोल विकास संस्थामा खड्गबहादुर बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । संस्थाको तेस्रो वार्षिक साधारणसभाले बुढाथोकीलाई दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता कोइराला, सचिव रेखा अधिकारी, सहसचिव सविना गाौतम र कोषाध्यक्षमा खुमहरि तिम्सिनालाई सर्वसम्मत चयन गरिएको छ । २ वर्षे कार्यकाल लागि गठित समितिका सदस्यहरुमा क्रमशः पुष्पा घिमिरे, निर्मला खरेल, लिला राउत, लक्ष्मी आचार्य खतिवडा, भक्तबहादुर लिम्बू र वीरबहादुर थापालाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा टोल विकास संस्था भित्र रहेका जेष्ठ सदस्य ९१ वर्षीय नरकेशर पाण्डे र ८९…
बिर्तामोड, ३ असोज । नेपाली फिल्म ‘बिक्रम देवा’ को झापा बिर्तामोडमा प्रिमियर शो हुने भएको छ । ‘बिक्रम देवा’ को असोज १४ गते बिर्तामोडमा प्रिमियर शो हुन लागेको हो । चलचित्र निर्माण टोलीले आज बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर प्रिमियर शोका बिषयमा जानकारी दिएको हो ।लोपउन्मोख मेचे जाती तथा समुदायको धर्म संस्कृतिलाई उजागर गर्ने उदेश्यले झापामै पहिलो पटक ठूलो पर्दामा चलचित्र बिक्रम देवा निर्माण गरिएको निर्माता प्रचाप मेचेले बताए । चलचित्र बिक्रम देवामा ३० प्रतिशत मेचे भाषा, धर्म, संस्कार, रितिरिवाज समेटीएको र ७० प्रतिशत नेपाली धर्म संस्कृति रहेको अर्का निर्माता अर्जुन मेचेले बताएका छन् । कुमार केसीको निर्देशनमा निर्माण सम्पन्न…
चन्द्र बस्नेतकनकाई, ३ असोज । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न तिन तहकै सरकार सक्रिय बन्न आवश्यक रहेको बताउनुभएको छ। दशौ संविधान दिवसको अवसरमा आज नगर परिषरमा नगरपालिकाले आयोजना गरेको झन्डोतलन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले मौलिक अधिकारको विषय संविधानमा ग्यारेन्टी गरिए पनि कार्यान्वयन हुने सवालमा कमजोर देखिएको भन्दै संविधान पूर्णरुपमा कार्यान्वयन गर्न तीन तहकै सरकार सक्रिय हुन जरुरी रहेको बताउनुभएको हो। नगर प्रमुख पोखरेलले अहिलेको संविधानले नै सबैलाई अधिकार सम्पन्न गराएको भन्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ। उहाँले…
झापा, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देशमार्फत् अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताए । सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्दै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको बताए। ुसङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति,…
बुद्धशान्ति गाउँपालिकाको नदीजन्य पदार्थहरुको विक्री कार्यका लागि नगदी रसीदको प्रयोग सम्बन्धमा सार्वजनिक सूचना !
देवेन्द्रकिशोर ढुङ्गाना नेपाली भाषा हाम्रो गौरव हो।नेपाली भाषाको स्थिति राम्रो छ।नेपाली भाषाको लागि प्रेम बढाऔ ।संसारभर नेपाली भाषा फैलाऔ । नेपालले नेपाली भाषा जान्यो ।नेपाली भाषाले नेपाललाई स्वीकारोनेपाली भाषालाई राष्ट्रभाषा बनायो ।नेपालीभाषाले राष्ट्रलाई विश्वमा चिनायो। नेपाली भाषा हर पल मेरो साथमा छ।उनी यति सरल बोल्छिन् ।मायाले मन पग्लिन्छ।कागजमा कसरी लेख्ने ? यसमा सबै कुरा उपलब्ध छ।रामायण, महाभारत पनि आउँछ।यसमा वेद र पुराण पनि पाइन्छ ।सम्पूर्ण संस्कृति मनपर्छ। नेपाली भाषाको पहिचान बनाऔ ।हामी यसलाई संसारमा फैलाऔ ।हामी संस्कृतिको प्रवद्र्धन गर्छौ ।आफ्नो भाषाबाट भेदभाव हटाऔ । कति सुन्दर लाग्छ जिन्दगी ।मलाई मनमा मीठो लाग्छ।नेपाली भाषा अपनाएर नेपाल ।हाम्रो नेपाल सुन्दर शान्त बिशाल…