jhapaonline add

विराटनगर, १९ असार । कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, लागू औषध ट्याब्लेट ७९०, नगद ८६ हजार रुपैँया र २ थान सवारी साधन बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान- ११ घर भई हाल इटहरी- ४ स्थित कोठामा बस्दै आएका दिनेश भट्टराईलाई उनकै कोठाबाट ४ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले…

Read More

झापा, १९ असार । नेपाल प्रहरीले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि देशभर १० हजार ८५ जना प्रहरीलाई तयारी अवस्थामा राखेको जनाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार विपद्को अवस्थामा तत्काल उद्धार तथा राहतका लागि प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्म आवश्यक उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। प्रहरीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार आफ्नो कार्ययोजना लागू गरेको जनाएको छ। जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार सामग्रीको मर्मतसम्भार, उद्धार टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राख्नुका साथै मनसुनजन्य उद्धार अभ्यास र सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ। साथै आवश्यकताअनुसार अन्य…

Read More

झापा, १९ असार । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको छ । असार १९ गते भएको निरीक्षण भ्रमण कार्यक्रममा वँहाले कार्यालय भवन, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशन सम्बोधनको क्रममा वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाईचारा तथा सहयोगी भावनाका साथ आचरण व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन…

Read More

पाँचथर, १९ असार । पाँचथरको शिवालय–रानीटार–लुङरुप सडकखण्डअन्तर्गत नाम्दुखोलामा नयाँ प्रविधिको पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज आवतजावतको सुविधा पाएका छन् । सडक कालोपत्रे भइसके पनि खोलामा बनाइएको कजवे बाढीले बगाएपछि केही वर्षदेखि सो सडकखण्डमा सवारी सञ्चालन हुन सकेको थिएन । निर्माणाधीन पुलसमेत बाढीले बगाउँदा स्थानीयले सास्ती भोग्दै आएका थिए । कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरले निर्माण गरेको ‘आर्च्ड’ प्रविधिको पुल सञ्चालनमा आएपछि सवारी आवागमन पुनः सुरु भएको छ । कार्यालयका अनुसार यो प्रविधिको पुल कोशी प्रदेशमै पहिलो पटक बनाइएको हो । पुल निर्माणसँगै फिदिम नगरपालिकाका वडा नं. ७, ८, १३ र १४ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित…

Read More

झापा, १९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा शुक्रबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज (२०८३ असार १९ गते) बिहान करिब १०ः४५ बजे स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा लगायतका विभिन्न सामग्रीसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट करिब रु. ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुई वटा दमकलको सहयोगमा बिहान करिब ११ः४० बजे आगो…

Read More

झापा, १९ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो । निकासा भएको रकम पीडित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिनुभयो । बर्डफ्लु सङ्क्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात…

Read More

झापा, १९ असार । फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल…

Read More

झापा, १९ असार । नेपाल आयल निगम लिमिटेडले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ। निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोल पम्पले ‘नोजल ड्राई’ गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने व्यवस्था थपेको हो । नयाँ व्यवस्थाअनुसार यस्तो कसुर गर्ने पेट्रोल पम्प सञ्चालकलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै ५ दिनदेखि १५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गर्न सकिनेछ । यो निर्णय पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाउँदा देशभर इन्धन आपूर्ति असहज बनेपछि गरिएको हो ।…

Read More

तोमनाथ उप्रेतीसामाजिक सञ्जाल मानव इतिहासको सबैभन्दा ठूलो सञ्चार क्रान्ति हो। यसले ज्ञान, सूचना र विचारलाई केही सेकेन्डमै विश्वभर पुर्‍याउने क्षमता दिएको छ। यसले लोकतन्त्रलाई नयाँ आवाज दिएको छ। सामान्य नागरिकलाई पनि आफ्ना विचार सार्वजनिक गर्ने अवसर दिएको छ। तर कुनै पनि शक्तिशाली साधनजस्तै यसको दुरुपयोगले समाजमा गम्भीर संकट पनि जन्माएको छ। आज नेपालको सामाजिक वास्तविकतामा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम रहेन। यो भ्रम, घृणा, अश्लीलता, साइबर दुर्व्यवहार, पारिवारिक तनाव, मानसिक अशान्ति र सामाजिक विभाजनको एउटा शक्तिशाली माध्यम पनि बन्दै गएको छ। डिजिटल युगले प्रविधिको सुविधा त दियो, तर त्यही गतिमा डिजिटल नैतिकता विकास हुन सकेन। परिणामस्वरूप, सामाजिक सञ्जालले समाजका…

Read More

झापा, १९ असार । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा,…

Read More