jhapaonline add

झापा, १७ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४ मत प्राप्त गरेका छन् ।

Read More

ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेकी उम्मेदवार कुमारी सावादेन विजयी हुनुभएको छ । उहाँ ३५३ मतका साथ विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत ल्याउनुभयो । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ७ मत मात्र प्राप्त गर्नुभएको छ ।

Read More

झापा, १७ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार देशभर मौसम मुख्यतया सफा रहने छ । बुधबार भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

मोरङ, १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । उनले ५ हजार ६०७ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार १६७ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास २ हजार ७४१ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका दिनेशकुमार थन्दारले ४३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले २ सय ७३ मत ल्याएका छन् ।

Read More

ओखलढुंगा, १७ मंसिर । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१, माओवादीका मानबहादुर सुनुवारले २३ मत पाए । वडामा १३२५ मतदाता रहेकामा ७६८ मत खसेको थियो । यसअघि यस स्थानमा कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मत पाएर विजयी भएका थिए ।

Read More

दैलेख, १७ मंसिर । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा नेकपा एमाले विजयी भएको छ। एमालेका लालबहादुर शाही ५ सय ७४ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत ल्याए। उनीहरूको मतान्तर जम्मा ३ मतको छ। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर उपाध्यायले ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्ले १३ मत प्राप्त गरेका छन्। ३३ मत बदर भएका छन्। यस वडामा यसअघि पनि नेकपा एमालले चुनाव जितेको थियो।

Read More

झापा, १७ मंसिर । गोरखाको गोरखा नगरपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए। एमालेका दुर्गामाया थापाले ३४५ ल्याइन। यसअघि यो वडा नेकपा एमालेले जितेको थियो। आइतबार सम्पन्न उपचुनावमा भने एमालेबाट माओवादीले यो वडा खोसेको हो। बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले १० मत मात्र पाएका छन्।

Read More

सन्तोष शर्माबनियानी, १७ मंसिर । झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आज भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठ्नुभएका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ५७ वर्षीय तुलराम बस्नेतले तीन सय ५६ मत प्राप्त गर्नुभएको छ । हालै सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसका ४५ वर्षीय राम गोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र)का ४९ वर्षीय गणेशबहादुर थापाले दुई सय ७७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५९ वर्षीय नारायणप्रसाद निरौलाले २६…

Read More

बिर्तामोड, १६ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालो पत्रे सुरु गरीएको छ ।एक हजार २३७ मिटर सडकमा आजदेखि कालोपत्रे गर्ने काम सुरु गरीएको हो । बिर्तामोडमा महिला मेयर भएकै कारण शहरी विकास मन्त्रालयले दिएको सघन सहरी विकास कार्यक्रम अन्तर्गत १३ करोड रुपैयाँबाट उक्त सडक कालोपत्रे गरीएको हो । यस रकमबाट ६ वटा सडकको स्तरोन्नती र एउटा भवन निर्माण हुँदै छ । ७ वटै योजनाको एकमुष्ठरुपमा शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरीरहेको छ । यो सडकमा भोलि काम सम्पन्न हुने र मंगलबार देखि वडा नम्बर…

Read More

झापा, १६ मंसिर । रोल्पामा खाडल खन्ने क्रममा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ । झोलुङ्गे पुलको खाडल खन्नेक्रममा पुरिएर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया की सुबित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देविराम परियार रहेका छन् । रोल्पाको सुनछहरी गाउँपालिका–३ को मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागी खाडल खनेर पर्खाल लगाउने क्रममा खसेको माटोको ढिस्कोले पुर्दा उनीहरुको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिनुभयो । एलबिएण्ड…

Read More