jhapaonline add

झापा, ४ बैशाख । झापाको मेचीनगर नगरपालिकास्थित एक सामुदायिक वनमा दाह्रा काटिएको अवस्थामा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा हात्ती मृत अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले कालिका सामुदायिक वनमा दुई दिनअघि नै दुईटै दाह्रा निकालिएको अवस्थामा हात्ती मृत फेलाको बताए ।

Read More

बिर्तामोड, ४ बैशाख । महिला, बालबालिका माथि हुने हिंसा, चेलीबेटी बेचविखन तथा लागू औषध नियन्त्रण सम्बन्धि एकदिने सचेतनामूलक कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा एविसी नेपाल झापाको आयोजना सञ्चालित कार्यक्रमको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले गरेका थिए । एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश बिष्ट, पञ्चरत्न मावि बिर्तामोड २ का प्रधानअध्यापक योगेन्द्रमणी दाहाल, सामाजिक व्यक्तित्व मोहनसिंह राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा लागू औषध सम्बन्धी राजु गिरीले सहजीकरण…

Read More

सन्तोष शर्माभद्रपुर, ४ बैशाख । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार आज एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशी रू पाँच लाख रहेको छ । त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उहाँलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य…

Read More

झापा, ४ बैशाख । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रमकाबीच प्रदान गरिएको हो । पूर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पत्रकार ढकाललाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् । वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षको अध्यक्षतामा आयोजित पुरस्कार वितरण सभारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल,…

Read More

भद्रपुर, ४ बैशाख । मानव—हात्ती द्वन्द्व न्युनीकरण अन्र्तगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्वन्धित पालिकाका वन समूहलाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालको अध्यक्षता तथा संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हात्ती प्रभावित मेची नगर, भद्रपुर, हल्दिवारी, कचनकवल र बाह्रदशी पालिका भित्र रहेका वन समूहलाई आफ्नो क्षेत्र भित्रको निर्मित सोलार फेन्स हस्तान्तरण गरिएको थियो । सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले सहजीकरण गरेको कार्यक्रममा निर्माण सम्पन्न भएर वन समूहको जिम्मामा आएका सोलार…

Read More

झापा, ४ बैशाख । झापाको बिर्तामोडबाट नक्कली सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जाल्पागुडी–४० सिलगुढीका ५४ को शेरबहादुर गिरी रहेका छन् । गिरीले ‘मसँग काचो सुन छ, तपाईलाई म ६० हजारमा काचो सुन दिन्छु’ भनेर बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडमा बुद्धशान्ति गाउँपालिका–२ की ४५ वर्षीया सविता सिटौलालाई दिएका थिए । सिटौलाले बिस्कुटजस्तो आकारको नक्कली सुन (टिल) दिई ठगेको भनेर इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गिरीलाई बिर्तामोड–५ शनिश्चरे रोडबाट नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय…

Read More

बिर्तामोड, ३ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको पत्रकार उपचार कोष घोषणा गरेको छ । पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले मुलुकमै पहिलो पटक झापामा करोड रुपैयाँ राशीको कोष स्थापना गरेर आज एक समारोहका बीच घोषणा गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकार सहारा उपचार कोषको घोषणा गर्नुभएको हो । सोही अवसरमा कोषमा सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । आठ वर्षअघि पत्रकारहरुको सुरक्षाका लागि कोष निर्माणको अभियान थालिएको थियो । नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण गरेर कोष स्थापनाको अभियान शुरु गरिएको थियो । सोही कार्यक्रमकाबिच पत्रकार महासंघ झापा शाखाले…

Read More

झापा, ३ बैशाख । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् । अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनाल खेतमा लगाएको मकैले बोटसँगै प्रशस्त आम्दानी दिएपछि उत्साहित हुनुभएको छ । एक बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले साइलेस बनाउन बोटै खरिद गरेपछि उहाँ उत्साहित हुनुभएको हो । ग्रामीण क्षेत्रका किसान साइलेसका लागि बोेटबाटै मकै बिक्री भएपछि भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालले बताउनुभयो…

Read More

झापा, ३ बैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसो “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकास समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो । इटहरी उप महानगरपालिका ४ गैरीगाँउबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका बिनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको हो । घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप…

Read More

खोटाङ, ३ बैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी ११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र…

Read More