jhapaonline add

बिर्तामोड, ७ बैशाख । झापाको बिर्तामोडमा हनुमान जयन्तीको अवसरमा निसान शोभा यात्रा हुने भएको छ । आगामी बैशाख १० गते बिहान बिर्तामोडस्थित बालाजी मन्दिरबाट निसान शोभा यात्रा शुरु हुने छ । शोभा यात्रा मुक्तिचोक–पूर्व बस स्टाण्ड–भद्रपुर बस स्टप–अदुवा पुल–मुक्ति चोक हुँदै बालाजी मन्दिरमा पुग्ने कार्यतालिका रहेको बालाजी मन्दिरका संयोजक नबिन गोयलले जानकारी दिए । हनुमान जन्मोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरिँदै आएको गोयलले बताए । सोही दिन भारतको कलकताबाट आउने भजन गायिका पुजा नथानीद्वारा भजन प्रस्तुति हुनेछ । ११ गते पाठ तथा भोग महाप्रसाद एवम् भण्डारा कार्यक्रम गरिने जनाइएको छ । ११ गते बिहान गणेश पुजन, चोला स्नान सवामणि,…

Read More

झापा, ७ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिक…

Read More

भद्रपुर, ७ बैशाख । २०६२–०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही सेनाको गोली लागेर सहादत प्राप्त गरेका शहिद सुरज विश्वासको १८ औं स्मृति दिवस बुधबार मनाइएको छ । शहिद सुरज विश्वास स्मृति शालिक निर्माण समितिले भद्रपुर–६ स्थित शहिद स्मृति पार्कमा श्रद्धाञ्जली सभा आयोजना गरी मनाएको हो । सहिद सुरजको अर्ध कदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । शालिक निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बत्ताहरूले विभिन्न जनक्रान्तिमा देशका लागि बलिदान दिएका शहिद, बेपत्ता र घाइतेहरूको योगदानलाई राज्यले भुल्न नहुनेमा जोड दिए । दोस्रो जनआन्दोलनकै कारण राजतन्त्र ढालेर देशमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको उनीहरूले बताए…

Read More

दमक, ७ बैशाख । दमक नगरपालिकाले सामुदायिक विद्यालयलाई कुनै पनि वहानामा विद्यार्थीसँंग सहयोग शुल्क नलिन निर्देशन दिएको छ । दमक नगरभित्र २७ वटा सामुदायिक विद्यालयहरू छन् । नगरपालिकाको निर्देशनसँंगै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले यो शैक्षिक सत्रदेखि सहयोग शुल्क बुझउनु नपर्ने भएको हो । नगरपालिकाको निर्देशनसँंगै अब आधारभूत तह अर्थात् कक्षा ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनैपनि शीर्षकमा रकम बुझाउनु पर्दैन । निःशुल्क शिक्षा भनिए पनि अभिभावक सहयोग शुल्क, फारम शुल्क लगायतका विभिन्न शिर्षकमा विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शुल्क उठाउने कार्य हुँदै आएको थियो । नयाँ शैक्षिक सत्र शुरु भएसँगै नगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यार्थीबाट एक रुपैयाँ…

Read More

झापा, ७ बैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन् । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि आजै आयोजक ओमान र हङ्कङबीच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच आइतबार फाइनल खेल खेलिने छ । त्यसअघि सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ ।

Read More

झापा, ६ बैशाख । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। इंग्लिस क्लब आर्सनललाई १–० लेपराजित गर्दै बायर्न सेमिफाइनलको यात्रा तय गरेको हो । बुधबार राति घरेलु मैदानमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा १–० को जित निकालल्दै समग्रमा ३–२ को जितसहित बायर्नले सेमिफाइनल यात्रा तय गरेको हो। आर्सनलको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो। बायर्नका लागि खेलको ६३ औँ मिनेटमा जोसुवा किमिचले गरेको गोल नै निर्णायक बन्यो। आर्सनल सन् २००८–०९ यता च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको छैन। बायर्नले अब सेमिफाइनलमा १४ पटकको लिग च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ। योसगै च्याम्पियन्स लिगको सेमिफाइनल…

Read More

झापा, ६ बैशाख । झापाको कमल गाउँपालिकामा सात वर्षको अवधिमा पालिकाको आन्तरिक स्रोतबट ४१ किलोमिटर र संघ र प्रदेशको समपूरक कोष बाट २५ किलोमिटर गरी ६६ किलोमिटर सडक कालोपत्रे निर्माण भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्र ५ हजार ९ सय ९५ मिटर सडक कोलो पत्रे गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । जसमा अहिले सम्म २ हजार १ सय ८१ मिटर सडक कालोपत्रे सम्पन्न गरिसकेको छ भने बाँकी सडक आर्थिक वर्षको अन्त्य सम्ममा कालोपत्रे गरि सक्ने गाउँपालिकाले जनाएको छ । सडक कालोपत्रे गर्नेक्रममा वडा नम्बर २ को छाता चौक देखी सुनारा सम्मको १ हजार ७ सय ७ मिटर…

Read More

झापा, ६ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको…

Read More

झापा, ५ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ । आज राति कोशी र…

Read More

सन्तोष शर्माझापा, ५ बैशाख । झापामा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा ७६ दशमलव ३७ किलोमिटर सौर्य तारबार निर्माण गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । झापामा पहिलो पटक बाहुनडाँगीमा २०७३ सालमा रू एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार भएको प्रमुख राईले जानकारी दिनुभयो । हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्र अन्तरगत निर्माण गरिएको उक्त सौर्य तारबारको लागत रू पाँच करोड ६५…

Read More