jhapaonline add

झापा, २ चैत । झापाको झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले यहाँस्थित अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) प्रदान गरेको छ । आगामी नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना दर बढ्ने विश्वासका साथ वडा कार्यालयले विद्यालयलाई ई–रिक्सा प्रदान गरिएको वडाध्यक्ष सन्तकुमार फेउदिनलले जानकारी दिनुभयो । वडाध्यक्ष फेउदेनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई ई–रिक्सा हस्तान्तरण गर्नुभएको थियो । विद्युतीय रिक्साले टाढा–टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म आउन–जान सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक तारा लावतीले बताउनुभयो । विद्यालयले विद्युतीय रिक्सा सञ्चालनका लागि सोही विद्यालयका एक विपन्न अभिभावकलाई जिम्मा दिने जनाएको छ । विद्यार्थी ओसारे वापत उनले कुनै पारिश्रमिक विद्यालयबाट नलिने प्रधानाध्यापक लावतीले बताउनुभयो ।…

Read More

झापा, २ चैत । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले उक्त कुरा पुष्टि गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार झापाका गंगाराम अधिकारी, धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो । रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कुटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ । साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

Read More

झापा, २ चैत । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । आज एक सूचना जारी गर्दै बोर्डले आउँदो चैत १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।यस्तो छ सूचना

Read More

इलाम, २ चैत । शिक्षा सेवी एवम् इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा.खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौँमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी दिए । इलामको सूर्योदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए । भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए । शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ । उनको आजै काठमाडौँको पशुपति…

Read More

झापा, २ चैत । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो । यस्तो अवस्थालाई अन्त्य गर्न यातायात व्यवसायीले लगानी सुरक्षा र यात्रु व्यवस्थापनमा सहजता ल्याउन आपसी सहमतिमा एकद्वार प्रणाली सुरु गरेको पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले जानकारी दिए । उनका अनुसार झापाका मुख्य चार यातायात कम्पनीले गठन गरेको मेची संयुक्त यातायात…

Read More

शिवसताक्षी, १ चैत । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अम्लिसोको कुचो बाट्ने तालिमको आज समापन गरिएको हो । तालिममा नगरका ५० जना अपाङ्गता भएको व्यक्तीहरुले सहभागिता जनाएका थिए । तालिममको समापनमा बोल्दै गर्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले तालिम चलाएको बताइन् । अपाङ्गगता भएका व्यक्तिहरुले आफूलाई कमजोर नसम्झिन पनि उनले सुझाएकी थिइन् । नगरपालिकाले यस्ता व्यक्तीहरुलाई रोजगार बनाउन उहाँहरुले सक्ने खालका कामहरुको पहिचान गरी तालिम दिइएको हो । उनले भनिन्, विश्वमा अपाङ्गता भएका…

Read More

उदयपुर, १ चैत । उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई, र सुनसरीको…

Read More

बिर्तामोड, १४ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा ७२ प्रतिशत मत खसेको छ । बिहान ८ बजेबाट मतदान शुरु भएको मतदानमा ४ हजार ९५ मत खसेको हो । संघमा पाँच हजार ६ सय ६१ र १२ जना पूर्वअध्यक्षहरु मतदाता छन् । जसमध्ये ४०९५ मत खसेको छ । यो कूल मतदाताको ७२ दशमलव २१ प्रतिशत हो । दुई प्यानल र एक स्वतन्त्र गरी संघको निर्वाचनमा ३९ जनाले उम्मेदवारी दिएका थिए । लोकतान्त्रिक व्यावसायिक समूहका तर्फबाट राजु न्यौाने र स्वतन्त्र व्यवसायिकको तर्फबाट अर्जुन मैनाली नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।

Read More

झापा, १४ फागुन । झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुर–घैलाडुब्बा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बेलुका कनकाई–८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे १ त ११५१ नम्बरको ट्रयाक्टरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका करिब ४५ वर्षीय सागर मिश्र गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो । ट्रयाक्टर र ट्याक्टर चालक बिर्तामोड–४ का ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

चन्द्र बस्नेतकनकाई, १४ फागुन । सरकारले यतिबेला बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका झापा जिल्लासहित ५१ वटा जिल्लामा खोप अभियान जारी छ ।  यसैबीच, खोप अभियान सफल पार्न झापाको कनकाई नगरपालिका पनि लागिपरेको छ । अहिले नगरका नौ वटै वडामा दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।आज एकैदिन छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी वडा नं. १ र ७ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कनकाई वडा…

Read More