
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, ७ फागुन । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित रामलाल चोकमा गत शनिबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका हल्दिबारी–२ का ४२ वर्षीय दिनेश राजवंशीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दिबारी–२ रामलालचोक स्थित भद्रपुर–हल्दिबारी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ५०४६ नं. को ट्याक्टरले विपरीत दिशाबाट आउँँदै गरेको ना.१७ प १०३४ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेका राजवंशीको प्रादेशिक अस्पताल भद्रपुर उपचारका क्रममा आज मृत्यु भएको हो । दुर्घटनापछि फारर भद्रपुर– २ का २३ वर्षीय…
झापा, ७ फागुन । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले आफ्नो प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोशी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटी गठन गरेको हो । सोमबार भएको कोशी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला, कोषाध्यक्षमा हिमाल दाहाल, सहकोषाध्यक्षमा दीपक कटुवाल चयन भएका छन् । यसैगरी भेलाले सदस्यमा दमन राई, भीम चापागाँई, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ । भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर…
झापा, ७ फागुन । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव अग्रज पत्रकार चन्द्र भण्डारीसहित आठ जना पत्रकारलाई प्रेस स्वतन्त्र सेनानी सम्मान प्रदान गरिएको छ । नयन एड्भर्टाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेशखबर डटकम आफ्ने प्रथम वार्षिकोत्सवको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरेको हो । झापाका अग्रज पत्रकार भण्डारी, हर्ष सुब्बा, कृष्णविनोद लम्साल, भवानी बराल, शिबबहादुर कार्की, कृष्ण आचार्य, कौशल चेम्जोङ र सञ्जय सन्तोषी राईलाई सम्मान गरिएको हो । उनीहरूलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले सम्मान प्रदान–पत्र प्रदान गरेकी थिइन् । उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी,…
झापा, ७ फागुन । १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । अर्जुनधारा लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको छ । अर्जुनधाराले १६ स्वर्ण, १५ रजत र १२ कास्यसहित च्याम्पियन बनेको हो । अर्जुनधाराले सबैभन्दा बढी एथलेटिक्समा ८ स्वर्ण, २ रजत र ३ कास्य, करातेमा ४ स्वर्ण र १ कास्य, तेक्वान्दोमा ३ स्वर्ण, ६ रजत र ३ कास्य, उसुमा १ स्वर्ण, ७ रजत र ४ कास्य र भलिबलमा कास्य पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रवक्ता जगन कार्की दुर्वासाले जानकारी दिए । प्रतियोगितामा मेचीनगरले दोस्रो स्थान हासिल गरेको छ । मेचीनगर…
शिवसताक्षी, ७ फागुन । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा ४ क्वाटर फाइनल खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा शिवसताक्षी नगरपालिका सेमी फाइनलमा फाइलनमा प्रवेस गरेको छ । भद्रपुर नगरपालिकालाई ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै शिवसताक्षी सेमीमा प्रवेस गरेको हो । निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । भद्रपुरका तर्फबाट जर्सी नं. ७ का उदय सेर्पाले हानेको गोल शिवसताक्षीका गोलरक्षक गणेश अधिकारीले रोकेपछि शिवसताक्षी सेमीमा पुग्न सफल भयो । खेल मेन अफदी म्याच शिवसताक्षीका गोल रक्षक गणेश अधिकारी घोषित भए । त्यसैगरी आजै भएको दोस्रो क्वाटर फाइनल खेलमा कनकाई…
झापा, १९ माघ । कनकाई नहरमा डुबेर विहीवार एक व्यक्तिको मृत्यु भएको छ । शिवसताक्षी–११ नहरचोकस्थित कनकाई नहरको पानीमा डुबेर ५७ वर्षीय रामजी बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कनकाई–९ निवासी रहेको बताइएको छ । नहरमा डुबेर मृत अवस्थामा भेटिएका बस्नेत वुधवार बिहानदेखि परिवारको सम्पर्क बाहिर थिए ।
झापा, १९ माघ । स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ। पोखरा घर भई एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन्। उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा. यज्ञप्रसाद सुवेदीका छोरी हुन्। मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन्। एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका दिदी बहिनी आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएका थिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
झापा, १९ माघ । झापाको चन्द्रगढीका ३४ वर्षीय अजित राजबंशी दुबईमा विरामी परेर अलपत्र भएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा नेपाल ल्याइएको छ । परिवारको अवस्था नाजुक भएपछि पैसा कमाउन विदेश गएका भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीका राजबंशी दुबईमा विरामी परेर अलपत्र भएपछि संघीय सांसद शर्माको पहलमा बुधबार राति उद्दार गरी नेपाल ल्याइएको हो । दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले केहि दिनअघि राजबंशी विरामी भएको कुरा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर सांसद शर्मालाई लिंक पठाएका थिए । सांसद शर्माले उक्त लिंक हेरेपछि राजबंशीको उद्वार भएको हो । सांसद शर्माले दुबई स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनालाई सम्पर्क गरेर…
झापा, १९ माघ । नेकपा एमाले झापा जिल्ला कमिटीले पार्टी कामको सन्दर्भमा नेताहरुसँग आज बिर्तामोडमा परामर्श बैठक गरेको छ । पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा परामर्श बैठक भएको हो । बैठकमा मूलतः नेकपा एमाले झापाको वर्तमान अवस्था, नेता नेतृत्वका जिम्मेवारीहरु, तिनको कार्यान्वयनको अवस्था, कार्यकर्ताले नेतृत्वप्रति गरेका अपेक्षा तथा आलोचनाहरुका विषयमा मसिनो गरी प्रस्तुत गरिएको थियो । निर्वाचनमा जनताका प्रतिनिधिहरु बनाएर पठाएका पार्टीका नेता कार्यकर्ताहरुको कार्यशैलीका बारेमा धेरै टिप्पणीहरु एठेका थिए । बैठकमा झापा जिल्ला कमिटी र सो मातहतका कमिटीलाई बढीभन्दा बढी सक्रिय बनाउन कस्तो योजनाहरु बनाउनु पर्छ र…
झापा, १८ माघ । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट उत्पादन गरेको हो । देशकै ठूलोमध्ये पर्ने र कोशी प्रदेशमै ठूलो सौर्य ऊर्जा परियोजनाको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा समेत जडान भइसकेको छ । हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भइसकेको छ । ऊर्जा उत्पादनतर्फको काम सकेर सौन्दर्यकरणको काम…