
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबिच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे । उनले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानका साथ प्रेरणा…
झापा, २९ चैत । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गर्दै आज ‘इदउत्रफित्र’ मनाउदै छन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् । यसैबीच सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र९ईद०को अवसरमा आज सार्वजनिक बिदा…
बिर्तामोड, २८ चैत । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिले राजनीति पीडित एवं सञ्चार, शिक्षा, समाजसेवा क्षेत्रका अग्रज १० जना ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । वडा समितिद्वारा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा आयोजित नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान–प्रदान, भित्ते पात्रो विमोचन एवं सम्मान कार्यक्रमका बीच सञ्चार, शिक्षा, राजनीति, समाजसेवा लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १० जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा नेपाल प्रेस युनियन केन्द्रीय समितिका सचिव रेजिना गौतम, देवीप्रसाद तिम्सिना, यसोदा ओली, गणेशप्रसाद सिटौला, चन्द्र कट्टेल, खड्गप्रसाद सिटौला, डिल्ली प्रसाई, विष्णुबहादुर राई (मुन्ना) पवित्रा तामाङ र चन्द्रबहादुर सापकोटा रहेका छन् । सञ्चार क्षेत्रबाट सामाजिक…
इटहरी, २८ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलबार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जयबहादुर राईको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाइते भएका भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई इटहरी–२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
झापा, २८ चैत । झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार–पसार तथा बेचबिखन समेत भइरहेको भन्ने विशेष सूचनाको आधारमा मंगलबार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–९ का २६ वर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका–३ का २५ वर्षीय अनिलकुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोबाइलसहित पक्राउ गरेको हो । यसैगरी, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–८ बाट दमक–९ का ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई मंगलबार राति ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।…
बिर्तामोड नगरपालिकाको जनहितमा जारी सूचना ।
बिर्तामोड, २८ चैत । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रको पूर्ण पुनःसंरचना हुने बताउनुभएको छ । प्रेस सेन्टर झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सञ्चार क्षेत्रमा धेरै परिवर्तन भइसकेकाले त्यसलाई पुराना ऐन कानूनले नसमेट्ने बताउनुभयो । त्यसैले सञ्चार क्षेत्रको संरक्षण र नियमनका लागि सञ्चार क्षेत्रको पूर्ण पुनःसंरचना गर्न लागिएको उहाँले बताउनुभयो । सञ्चार क्षेत्रको विकास र नियमनका लागि मिडिया पोलिसि काउन्सिल ऐन पुनः निर्माणको तयारी भइरहेको बताउँदै समाजिक सञ्जाल निर्देशिका जारी गर्नुका साथै साइबर अपराध नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो । प्रविधि धेरै अघि बढिसकेको बताउँदै त्यसलाई नियमन गर्ने कानून नभएको उहाँको भनाइ छ । साइबर…
भद्रपुर, २८ चैत । झापाको भद्रपुरस्थित मेची पुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–५ स्थित प्रहरी बिट मेची पुलमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा दमक नगरपालिका–५ का ३५ वर्षीय दिलीप महतलाई लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरक क्षमता भएको महतले बायाँ खुट्टाको तिघ्रामा कालो प्लास्टिक भित्र लुकाइछिपाई टेपले बाँधी ल्याएको २४ पिस लुपिगेसिक, २४ पिस डायजेपाम र २४ पिस फेनेर्गन लागु औषध फेला परेको थियो । लागूऔषधसहित पक्राउ परेका महतलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।
झापा, २८ चैत । झापाको दमकमा मंगलबार राति आगलागी हुँदा करिब अडाइ करोड रुपैयाँ बराबरको क्षति भएको छ । दमक नगरपालिका– स्थित ५ लाइफ लाइन अस्पताल छेउमा रहेको प्रेम धिमालको घरमा सञ्चालित स्नेहा होटल इन्भटरको लाइन सर्ट भई अचानक आगलागी हुँदा उक्त २ करोड ४८ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट धिमालको काठ, टिनको बेरा र टिनकै छानो भएको एक तल्ले घर, घरमा रहेको सुन ३५ तोला, लत्ता कपडा लगायतका सरसामान र ४ लाख गरी ७९ लाख ९० हजार, सोही स्थानकी रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको १ तल्ले…
बिर्तामोड, २८ चैत । वडा खेलकूद विकास समिति बिर्तामोड–१ को आयोजनामा भएको प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरीय नकआउट फूटबल प्रतियोगिताको उपाधि गैरीगाउँ टोल विकास संस्थाले जितेको छ । आज भएको फाइनल खेलमा पञ्कन्या टोल विकास संस्थालाई २–१ ले हराँदै गैरीगाउँले उपाधी जितेको हो । प्रतियोगिताको विजेता गैरीगाउँले नगद २१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी हात पारेको छ । यस्तै, प्रतियोगिताको उपविजेता पञ्चकन्याले नगद ११ हजार १ सय ११ रुपैयाँ मेडल र ट्रफी प्राप्त गरेको छ । यसैगरी, प्रतियोगिताको उत्कृष्ठ गोलकर्ता पञ्चकन्याका अभियान ढुंगेल र उत्कृष्ठ गोलकिपरमा गैरीगाउँका सुनिल यादवले ट्रफी प्राप्त गरे । यस्तै, गैरीगाउँका अंकुश खड्का…