jhapaonline add

बिर्तामोड, २० जेठ । झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयमा किशोरकिशोरीलाई लक्षित गरी मानसिक स्वास्थ्य तथा जीवन उपयोगी सीप सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका वडा नं. ५ को समन्वय तथा साझा पुस्ता नेपाल र एबीसी नेपाल झापाको आयोजनामा भएको कार्यक्रममा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी थिए। कार्यक्रमको उद्घाटन वडाध्यक्ष रोहित प्रसाईले गर्दै सकारात्मक सोच र जीवन उपयोगी सीपले जीवनलाई उर्जाशील तथा लक्ष्यउन्मुख बनाउन मद्दत गर्ने बताउनुभयो। सहजकर्ता लता खरेलले सकारात्मक सोच, समय व्यवस्थापन, जोखिम व्यवस्थापन, शारीरिक तथा मानसिक परिवर्तन, अभिभावक र शिक्षकको सम्मान तथा व्यक्तित्व विकासलगायत विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य ओमभक्त सेढाई, सहायक…

Read More

झापा, १९ जेठ । झापाको मेचीनगरबाट लागूऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्। मंगलबार बिहान ११ः४५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर–१४ निवासी २५ वर्षीय आकाश चौधरीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका चौधरीलाई सोधपुछ तथा खानतलासी गर्दा उनले मलद्वारभित्र लुकाएर राखेको अवस्थामा प्लास्टिकबाहेक १६ ग्राम ४०० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। बरामद गरिएको लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे…

Read More

झापा, १९ जेठ । झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ । झापाको हल्दिवारी गाउँपालिका–२ पशुपति चोकपूर्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो । कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने बाटोमा उनी आज अपराह्न मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिवारीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Read More

झापा, १९ जेठ । गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका २९ वर्षीय डा। पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार डा। यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। उनको गतिविधिबारे अनुसन्धान गर्दा अवैध क्रिप्टोकरेन्सी कारोबारको नेटवर्क सञ्चालन गरिरहेको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणहरूबाट प्रतिबन्धित एप्लिकेसन बाइनान्स ९द्यष्लबलअभ० र बाइबिट ९द्यथदष्त० प्रयोग गरी अभौतिक…

Read More

झापा, १९ जेठ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु तीन लाख ११ हजार ३०० निर्धारण भएको छ । यस्तै, सोमबार प्रतितोला रु पाँच हजार ३५५ मा क्रय विक्रय भएको चाँदी आजका लागि रु पाँच हजार ४०५ निर्धारण भएको छ ।

Read More

कनकाई, १९ जेठ । झापाको कनकाई नगरपालिकाकाले नदी नियन्त्रणका लागि तटबन्धन निर्माण कार्यलाई तीव्रता दिएको छ । नगरका मुख्य/सहायक नदी तथा खोलाहरुले बर्सेनि जमिन कटान गर्नुका साथै धार परिवर्तन गरी बस्ती पस्ने गरेकाले सोको नियन्त्रणका लागि तटबन्धन निर्माण कार्यलाई तीव्रता दिएको हो । नगरका मुख्य नदीहरु कनकाई माई, विरिङ, सुरुङ्गा, बाघे, सन्का नदीहरुको नियन्त्रणका लागि भूमिगत जल सिञ्चाई कार्यालयसँग समन्वय गरेर धमाधम प्रभावित नदीहरुमा ‘स्पोर’ निर्माण थालिएको छ । अघिल्ला वर्षहरुमा बाँसको पाइलिङ्ग समेत गरेर केही हदसम्म नदी नियन्त्रण गर्दैै आइरहेको कनकाई नगरपालिकाले यस वर्ष यी प्रभावित नदीहरुको नियन्त्रणका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । अहिले कनकाई माईको…

Read More

शिवसताक्षी, १७ जेठ । झापाको शिवसताक्षीमा जारी चौथो कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८३ को उपाधि झिलझिले भेट्रानले उचालेको छ । शनिबार दुधे रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा झिलझिले भेट्रानले आयोजक दुधे भेट्रानलाई २–१ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। खेलको सुरुआती समयदेखि नै दुधे भेट्रानले आक्रामक खेल प्रदर्शन गर्दै झिलझिलेमाथि दबाब सिर्जना गरेको थियो। बल नियन्त्रण र अवसर सिर्जनामा दुधे केही हदसम्म हाबी देखिए पनि गोल गर्न भने सफल हुन सकेन। पहिलो हाफमै झिलझिलेले पाएको पेनाल्टी अवसरलाई विशाल राईले सदुपयोग गर्दै टोलीलाई १–० को अग्रता दिलाए। दोस्रो हाफमा दुधेले खेलमा उत्कृष्ट पुनरागमन गर्यो। झिलझिलेका खेलाडीबाट डिबक्सभित्र…

Read More

झापा, १७ जेठ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ । तराई क्षेत्रमा आंशिक बदली भएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी…

Read More

झापा, १६ जेठ । झापाको दमकमा बोराभित्र प्याक गरिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा आइतबार बिहान करिब ११ बजे एक महिलाको शव फेला परेको हो। स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतकले रातो भेस्ट र जिन्स पाइन्ट लगाएकी थिइन्। उनको उमेर करिब ३० देखि ३२ वर्ष रहेको अनुमान गरिएको छ। शवको अवस्था हेर्दा दुईदेखि तीन दिनअघि नै खोलामा फालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। शव सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा भेटिएकाले घटना अत्यन्तै शङ्कास्पद देखिएको…

Read More

सन्तोष शर्माभद्रपुर, १६ जेठ । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय दमकले अर्जुनधारा–७ स्थित खुदुनाबारी–शनिश्चरे सडक अन्तर्गत बिरिङ खोलामा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । संघीय सरकारको बजेटबाट निर्माण हुन लागेको उक्त पुल ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा निर्माण गरिनेछ । स्रोत सुनिश्चित भएर पुल निर्माणका लागि ठेक्का प्रक्रिायमा गएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । ‘पुल भत्केको लामो समयसम्म ठेक्का लाग्न नसकेपछि डेलिकेशन लिएर सिंहदरबार समेत पुगेका थियौं’, उहाँले भन्नुभयो, ‘ठेक्का आह्वान भएसँगै पुल निर्माण निश्चित भएको छ ।’ गत बैशाख…

Read More