jhapaonline add

झापा, ३० फागुन । झापाको कमल गाउँपालिका–६ मा पत्रकारलाई अभद्र व्यवहार गर्ने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा निर्वाचनको रिपोटिङका क्रममा रहेका पत्रकार अर्जुन आचार्यमाथि फागुन १४ गते अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ ४५ वर्षीय युवराज पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा आज इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले पाठकलाई शिवसताक्षी नगरपालिका–४ बाट पक्राउ गरिएको हो । पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Read More

झापा, ३० फागुन । मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालिका र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ वर्षीया मोनिका चौधरीले सटर भाडामा लिई सञ्चालन गर्दै आएको शिवमहिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागुऔषध बिक्री वतरण गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह पीआइटी र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९…

Read More

झापा, ३० फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर…

Read More

झापा, ३० फागुन । प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४३ वर्षीय रविरत्न चुडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साङ्केतिक नाम ०८२ धरान ३८ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविरत्न चुडाल भएको विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा फरार रहेका निजलाई काठमाडौँ–४ सुकेधाराबाट पक्राउ गरिएको हो ।” निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । त्यसैगरी, निज विरुद्ध…

Read More

झापा, ३० फागुन । हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती र गण्डकी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम…

Read More

झापा, २९ फागुन । कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अलपत्र परेका २१ जना नेपालीलाई उद्धार गरी आज नेपाल फर्काइएको छ। उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा स्वदेश ल्याइएको हो। दूतावासले अन्य अलपत्र नेपालीलाई पनि उद्धार गर्ने पहल भइरहेको जनाएको छ। साथै, प्रलोभनमा परी भ्रमण भिसामा वैदेशिक रोजगारीमा नजान र नेपाल सरकारले तोकेको श्रम स्वीकृतिबाट मात्र विदेश जान आग्रह गरेको छ।

Read More

झापा, २९ फागुन । हिजो राति आएको वर्षासहितको हावाहुरीका कारण झापामा तीनजनाको मृत्यु भएको छ भने करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वर्षासहित आएको हावाहुरीले रुख ढाल्दा रुखले किचेर झापाको हल्दिबारीमा एक युवतीको मृत्यु भएको छ । गएराति ९ बजे वर्षासहित आएको हावाहुरीले गर्दा रुख ढलेर हल्दिबारी २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी छोरी १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा घरनजिक रहेको आँपको रूख ढलेर किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, हावाहुरीसँगै भएको वर्षाबाट खेतमा जमेको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति हल्दिबारी –२…

Read More

झापा, २९ फागुन । राष्ट्रिय अग्रगामी गठबन्धनले नेपाली जनताले स्थिर सरकारको लागि दिएको जनमतलाई सम्मान गर्दै सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ। गठबन्धनले जारी गरेको विज्ञप्तिमा जनताले लामो संघर्ष र बलिदानीबाट प्राप्त गरेका राजनीतिक अधिकारहरूलाई कटौती गर्ने प्रतिगामी प्रयास भए सडकबाटै सशक्त प्रतिरोध गर्ने जनाएको छ । गठबन्धनले रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई सडकबाटै खबरदारी गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालको भूराजनीतिसँग जोडिएर कुनै शक्ति राष्ट्रले आफ्नो स्वार्थ सिद्ध गर्न हाम्रो सार्वभौमिकता, स्वाधिनता र स्वाभिमानमा आँच आउने दलाली यो सरकारले गरे हामी घोर भण्डाफोर गर्नेछौं ।” पहिचानवादी दलहरूले विगतमा एकजुट नहुँदा जनताबाट चुनावमा सजाय पाएको…

Read More

झापा, २९ फागुन । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७।१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ । आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ । निगमले निगमले नियमित रुपमा…

Read More

झापा, २९ फागुन । झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपीमा हावाहुरीसहितको वर्षाले ढलेको आँपको रूखले किच्दा एक किशोरीको मृत्यु भएको छ । प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी गएराति करिब ९ बजे आफ्नै घरमा सुतेको अवस्थामा रूखले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हल्दिबारीबाट टोली खटिएको थियो ।

Read More