jhapaonline add

विर्तामोड, ३ फागुन । नेपाली कांग्रेसका नेताहरुले वीपी कोइरालाले युवाहरुलाई राजनीतिमा अत्यन्तै महत्व दिएको उल्लेख गर्दै अवको राजनीतिमा शिक्षित एवं प्रविधिमा दक्ष युवाहरुको आवश्यकता औंल्याएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा बिर्तामोडमा आइतबार सम्पन्न नेविसंघ, तरुणदल एवं युवाहरुको भेलालाई सम्बोधन गर्दै यस्तो आवश्यकता औंल्याएका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने युवाहरुको मागलाई नेपाली कांग्रेसले सम्बोधन गरेको बताउँदै अब युवाहरुलाई देशको नेतृत्वमा पु¥याउने काममा प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले अहिले फिजिकल भन्दा डिजिटल प्रचार–प्रसार बढी प्रभावकारी देखिन थालेको बताउँदै रुख…

Read More

झापा, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको विनिमयदर भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो । यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो…

Read More

बिर्तामोड, ४ फागुन । झापाको बिर्तामोडमा जारी सातौं एक्सट्रिम झापा गोल्डकपको उपाधिमाथि आज मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब अन्तिम प्रतिस्पर्धा गर्दैछन् । यहाँस्थित डोमालाल राजवंशी रंगशालामा भइरहेको प्रतियोगितामा दुई प्रतिस्पर्धी टिम मच्छिन्द्र र एपीएफले उपाधि आफूले हात पार्ने दाबीसमेत प्रस्ततु गरिसकेका छन् । झापा गोल्डकपको विजेताले नगद रू १५ लाख, उपबिजेताले रू सात लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल पाउने छ भने फाइनलका उत्कृष्ट प्रशिक्षक, स्ट्राइकर र गोलकिपरले जनही रू ३५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट काटेर फुटबल हेर्ने एक जना दर्शकलाई…

Read More

झापा, ४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।…

Read More

झापा, ४ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा–हिमपात भइरहेको छ । सोमबार तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु–कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Read More

दोलखा, ३ फागुन । कालिञ्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य घरायसी विवादका क्रममा जेठाजु चन्द्र बहादुर थामी (६८) ले बुहारी देउमाया थामी (५१) को खुकुरी र ढुङ्गाले प्रहार गरी हत्या गरेका छन् । शनिवार दिउँसो ४ बजे भएको घटनापछि फरार रहेका चन्द्र बहादुरलाई प्रहरीले सोही दिन साँझ करिब ५ः३० बजे कालिञ्चोक–६ लेप्टुङ अधेरी खोल्साबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए । घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, ३ फागुन । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकीछन् । आइतबार चुनाव परिचालन समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी चापागाईंले आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् । ‘झापा–२ लाई समुन्नत, न्यायपूर्ण र समृद्ध बनाउने’ संकल्पका साथ उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई समेट्दै २० बुँदे योजना अघि सारेकी छन् । प्रतिबद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यको क्षेत्रीय हबको रुपमा विकास गर्ने, विराटपोखरी, अर्जुनधारा जलेश्वर धाम, सालबारी, निचाझोडा जस्ता क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास गर्ने, चारपाने दक्षिणको क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास…

Read More

बिर्तामोड, ३ फागुन । सातौं झापा गोल्डकपको उपाधिमा मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले आआफ्नो दाबी गरेका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित प्रि म्याच कन्फ्रेन्समा फाइनलमा पुगेका दुबै टिमले उपाधि हात पक्षमा पार्ने दबी प्रस्ततु गरेका हुन् । मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटवालले अहिले चलिरहेका अन्य चर्चित प्रतियोगिताहरु छोडेर झापा गोल्डकपमा फोकस गरेको बताए । उनले मच्छिन्द्रको ए टिम मैदानमा उतार्ने बताएका छन् । उनले अधिकांस झापाली खेलाडी समेटेर बनाएको टिमलाई दर्शकको समर्थनसमेत जितको एउटा आधार हुने बताए । त्यसैगरी एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमासमेत उच्च प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका पहिलो…

Read More

बिर्तामोड, ३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराम घिमिरे (हिक्मत) ले यहाँका मतदातासमक्ष २६ बुँदे प्रतिबद्धता जनाउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार–प्रसार झापा क्षेत्र नं. ३ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवार घिमिरेले आफ्ना प्रतिबद्धता जनाउनुभएको हो । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य पुष्पराज पोखरेल उम्मेदवारमा नयाँ, पार्टीमा पुरानो, यही भुगोलमा रहेर राजनीतिक–सामाजिक योगदान दिएको व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभयो । धेरै कुरामा योग्य भएकाले पार्टीले उम्मेदवार बनाएको उहाँले बताउनुभयो । ‘गाउँघरमा पुग्दा मतदाताले योग्य र उपयुक्त उम्मेवार पाएको भन्दै…

Read More

भद्रपुर, ३ फागुन । झापाको भद्रपुरबाट प्रकाशित सुखानी सन्देश साप्ताहिकको ‘वैदेशिक रोजगार विशेषांक’ (म्यागेजिन) विमोचत गरिएको छ । प्रेस क्लब भद्रपुरको आयोजनामा आज भद्रपुरस्थित क्लबकै सभाहलमा विशेषांकको विमोचन गरिएको हो । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रेस इन्सिच्युटका अध्यक्ष तीर्थ कोइराला रहनुभएको थियो । प्रमुख अतिथि कोइरालाले मानिस प्रगति खोज्ने र त्यसका लागि चलायमान हुने प्राणी रहेको बताउनुभयो । ‘अहिलेको पुस्ता पनि प्रगतिकै खोजीमा बाहिर जाने गरेका छन्’, उहाँले भन्नुभयो, ‘सबै कुरा नराम्रो छैन, नयाँ ठाउँमा गएर नयाँ कुरा सिक्छन् ।’ मानव जातिको इतिहास चलायमान रहेको उहाँले बताउनुभयो । ‘सुखानी पत्रिकाले धेरै कुराले प्रकारन्तरले समेटेको…

Read More