jhapaonline add

झापा, २८ माघ । झापाको भद्रपुरमा आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लव आसाम र आयोजक भद्रपुर क्रिकेट क्लव भिड्ने भएका छन् । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा नेपालको फ्रेण्डस् युथ क्लव डडेल्धुरालाई २ विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो भने दोस्रो सेमिफाइनलमा आयोजक भद्रपुरले भारतको ग्लोबल स्टार लखनउलाई २० रनले पराजित गरेपछि बिहीबार हुने फाइनलमा यी दुई टिमको प्रतिस्पर्धा हुने भएको हो । पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ९१…

Read More

बिर्तामोड, २८ माघ । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी सातौं एक्सट्रिम झापा गोल्डकपमा एपिएफ फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भएका छन् । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच हुनेछ । प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ । पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट काटेर खेल हेर्ने…

Read More

झापा, २८ माघ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो । गत आवमा भने कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर ४.६ प्रतिशत रहेको अनुमान छ । बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत…

Read More

झापा, २८ माघ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति तराई…

Read More

बिर्तामोड, २७ माघ । सन्थाल गोल्डकप २०८२ को लोगो सार्वजनिक गरिएको छ । फागुन २८ गतेदेखि हुन गइरहेको गोल्डकपको लोगो सार्वजनिक गरिएको हो । सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ ले आयोजना गरेको गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । गोल्डकप आयोजकले सोही अवसरमा कार्यालय समेत उद्घाटन गरेको छ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले मामा र जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोतेलले लोगो सार्वजनिक गरेका हुन् । उनीहरुले संयुक्त रुपमा कार्यालय समेत उद्घाटन गरेका छन् । सन्थाल गोल्ड कपमा झापाका ५, मोरङको एक र भारतको दुईवटा टिम सहभागी हुनेछन्…

Read More

झापा, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रश्तुत गरेको हो । पार्टीले विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक र सामाजिक अवस्था बदल्ने संकल्प गरेको छ। प्रतिवद्धता पत्रमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकता दिइएको छ। राजनीतिक स्थिरता र शासकीय स्वरूपमा…

Read More

झिलझिले, २७ माघ । सेभेनसिज पब्लिक अंग्रेजी माध्यमिक विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ सिल्ड जितेको छ । झापाको शिवसताक्षी नगरपालिकामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि स्थानीय वडा नम्बर ८ को सेभेनसिज पब्लिक अंग्रेजी माद्यमिक विद्यालयले हात पारेको शिवशताक्षी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख शिक्षा अधिकारी छवि ढकालले जानकारी दिए । यससँगै विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ सिल्ड जित्दै खेलकुद क्षमताको उत्कृष्टता पुनः प्रमाणित गरेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत गरी ३५ प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै सेभेनसिजले ९ वटा स्वर्ण, ७ वटा रजत र ९ वटा काँस्य पदक जित्दै प्रथम स्थान…

Read More

बिर्तामोड, २७ माघ । विद्यार्थीहरुसँग खुशी साट्दै मुद्रण उद्योग संघ झापाले आफ्नो १४ औँ स्थापना दिवस मनाएको छ । मंगलबार अर्जुनधारा–५ पानीकलस्थित समाजसेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै संघले स्थापना दिवस मनाएको हो । ‘स्थापना दिवस भनेको संघको जन्मोत्सव जस्तै हो, त्यसैले ससाना नानीबाबुहरुलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी छौँ’, संघका अध्यक्ष रोहित भट्टराईले भन्नुभयो । कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य गोविन्द निरौला, विद्यालयका प्रधानाध्यापक मेघराज भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथिका रुपमा रहनु भएका विद्यालयका जग्गादाता डम्बर घिमिरेले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको गुणस्तर सुधारका निम्ति विद्यालय…

Read More

बिर्तामोड, २७ माघ । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर आर्मीले लालिगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । टाइब्रेकरमा पोखरालाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे । पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गरे । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाएका थिए । पहिलो हाफमा विपक्षीको दबाब…

Read More

रामेछाप, २७ माघ । रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणीघाट नजिक तामाकोसीमा बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको मन्थलीमै उपचार भइरहेको छ भने गम्भीर घाइते ७ जनालाई धुलीखेल र काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो। रिफर गरिएकामध्ये ६ जनालाई धुलीखेल अस्पताल र एक जनालाई काठमाडौँ ल्याइएको छ। केही यात्रुको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो। बस मन्थली हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Read More