
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २७ जेठ । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ । कृषि विकास शाखाका अनुसार कृषकहरूलाई मकै छोडाउने मेसिन २६ थान, स्प्रे ट्याङ्की १४२ थान, ड्याङ लगाउने हलो ५९ थान, झार गोड्ने काँटा २० थान र हर्वना ३० थान वितरण गरिएको छ । नगरपालिकाले मकै छोडाउने मेसिनमा ७० प्रतिशत र अन्य बाँकी सबै औजारहरूमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले कृषकहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष कृषि सामग्री वितरण गर्दै आएको बताउनुभयो । उहाँले प्राप्त भएका कृषि औजारहरूको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह समेत गर्नुभएको छ । त्यसैगरी, नगर…
झापा, २७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्र ट्र्याक्टरद्वारा प्रदान गरिने जोताइ सेवाको शुल्क निर्धारण गरेको छ । नगरपालिकाले आज किसान, ट्र्याक्टर सेवा प्रदायक व्यवसायी तथा सरोकारवालासँगको छलफलपछि जोताइ सेवाको शुल्क तय गरेको जनाएको छ । कृषि कार्यमा एकरूपता कायम गर्दै किसान र सेवा प्रदायकबीच हुने विवाद न्यूनीकरण गर्ने उद्देश्यले शुल्क निर्धारण गरिएको नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले जानकारी दिनुभयो । निर्धारित शुल्कअनुसार रोटाभेटरद्वारा जोताइ सेवाको शुल्क प्रतिघण्टा २ हजार ४९० रुपैयाँ र कल्टिभेटरद्वारा जोताइ सेवाको शुल्क प्रतिघण्टा २ हजार २९० रुपैयाँ तोकिएको छ । नगरपालिकाले ट्र्याक्टर जोताइ सेवा उपयोग गर्ने किसानले सेवा लिएको मितिले एक महिनाभित्र सम्बन्धित…
शिवसताक्षी, २७ जेठ । शिवसताक्षी नगरपालिका–६ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने १० जना विद्यार्थीलाई सम्मान गरेको छ। वडाले नगरका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको कदर गरेको हो । सम्मानित हुने विद्यार्थीहरूमा ४.०० जिपिएसहित उत्तीर्ण भएका भानु माध्यमिक विद्यालय पाराबारीका मञ्जिल नेपाल र भानु माध्यमिक विद्यालय लालझोडाका कञ्चन काफ्ले रहेका छन् । त्यसैगरी, ३.९६ जिपिए प्राप्त गर्ने रेडरोज एकेडेमीका आभाष तिम्सिना र भानु माध्यमिक विद्यालय लालझोडाकी सर्वदा बोहोरा, ३.९५ जिपिए ल्याउने भगवती माध्यमिक विद्यालयका सार्थकबाबु दाहाल, ३.९२ जिपिए प्राप्त गर्ने चेतना माध्यमिक विद्यालयकी कृषा चेङवाङ र…
झापा, २७ जेठ । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप(महानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दिपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित बराहक्षेत्र–१ स्थितबाट पक्राउ गरेको भने प्रहरीको सोही टोलीले बराहक्षेत्र–२ स्थित पटनाली…
झापा, २७ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मङ्गलबार गृह मन्त्रालय पुगी पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयमा आफै गाडी चलाएर पुग्नुभएका मन्त्री गुरुङलाई गृह सचिव, प्रहरी प्रमुखहरू, मन्त्रालयका अन्य कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री गुरुङले २०५८ सालको नारायणहिटी दरबार हत्या काण्डबारे अनुसन्धान अघि बढाउनेसहित चार वटा निर्णय गरेको बताउनुभयो । त्यस्तै जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गोमा पुर्याउने र हरेक फाइल खोल्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।
अर्जुनधारा, २७ जेठ । डिल्लीराम पोखरेल स्मृति प्रतिष्ठान झापाले अर्जुनधारा नगरपालिका वडा नं–९ स्थित कालीस्थान माविमा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरेको छ । विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बालकक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्म मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । माध्यमिक तहको उक्त विद्यालयमा बालशिक्षा लिनेदेखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई प्रतिष्ठानले झोला वितरण गरेको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेल, सदस्य जयधर्म पोखरेल, कालिका संस्कृत विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजाल, विद्यालय ब्यवस्थापन समिति एवं अर्जुनधारा नगरपालिका वडा नं–९ का अध्यक्ष भिष्म…
बिर्तामोड, २७ जेठ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलाल ले उपभोक्ताको अधिकार संरक्षण तथा स्वस्थ बजार व्यवस्थापनका लागि व्यवसायीहरूले वस्तुको मूल्य सूची र अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन्। बिर्तामोड उद्योग वाणिज्य संघ ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सीडीओ गेलालले कानुनी प्रावधानको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे। उनले उपभोक्ताले खरिद गर्ने वस्तुको मूल्यबारे स्पष्ट जानकारी पाउने अधिकार संविधान र कानुनले सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई कुनै पनि बहानामा सीमित गर्न नहुने बताए। उनले वस्तुको मूल्य सूची सार्वजनिक नगर्दा उपभोक्ता अन्यायमा पर्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धा…
झापा, २७ जेठ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया…
झापा, २६ जेठ । झापाको दमक नगरपालिका–६ स्थित दमक नगरपालिकाको कार्यालय अगाडि प्रतिबन्धित लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । दमक नगरपालिकाको कार्यालय आगाडि प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमबार शंकास्पद अवस्थामा हिँडिरहेका पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्बाङलाई नियन्त्रणमा लिई जाँच गरेको थियो । जाँचका क्रममा नेम्बाङले लगाएको पाइन्टको बायाँ खल्तीबाट प्लास्टिकमा पोका पारी लुकाइराखेको ४ ग्राम ५१० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद लागुऔषधसहित नेम्बाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको…
नेपालगञ्ज, २६ जेठ । गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । शिक्षा महाशाखाका उपसचिव गोर्ख बहादुर थापाका अनुसार जेठ २६ देखि २९ गतेसम्म सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको हो । अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाको सुझाव समेतका आधारमा चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको उपसचिव थापाले बताउनुभयो । केही दिन…