jhapaonline add

झापा, १२ साउन । झापामा यस वर्षको हालसम्म ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार सोमबारसम्ममा कुल धान खेती हुने क्षेत्रफलको ८८ प्रतिशतमा रोपाइँ भइसकेको हो। गत वर्षकै गतिमा यस वर्ष पनि रोपाइँ भइरहेको उहाँले जानकारी दिनुभयो। झापामा कुल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जुन जिल्लाको कुल भूभागको ७६ प्रतिशत हिस्सा हो।

Read More

वीरगञ्ज, १२ साउन । पर्साको वीरगञ्ज महानगरपालिका–२६ सुगौली बिर्तास्थित निर्माणाधीन कल्भर्टको खाडलमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया पुचकी ठाकुर र ३ वर्षीया घघरी ठाकुर रहेका छन्। सोमबार साँझदेखि बेपत्ता भएका दुवै बालिकाको शव मंगलबार बिहान निर्माणाधीन कल्भर्टको खाडलमा जमेको पानीभित्र फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले निर्माणाधीन क्षेत्रमा आवश्यक सुरक्षा घेरा नलगाएकै कारण दुर्घटना भएको भन्दै सम्बन्धित ठेकेदार र निकायको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्।

Read More

झापा, १२ साउन । झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद्यालयको आवासीय कोठाभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन् । घटनापछि उनका श्रीमान फरार रहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार वीरगञ्ज महानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्ता र उनकी श्रीमती सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविता कुमारी ढुङ्गाना गत वैशाखदेखि विद्यालय परिसरको एक कोठामा बस्दै आएका थिए। दुवै जना सोही विद्यालयमा अध्यापन कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । साउन ५ गतेदेखि विद्यालय बिदा भएपछि साउन ११ गते विद्यालय सञ्चालन हुँदा दुवै जना विद्यालयमा उपस्थित नभएको र उनीहरूको कोठामा बाहिरबाट ताल्चा लागेको अवस्थामा फेला परेको थियो। दुवै…

Read More

झापा, १२ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै विभिन्न निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३९१० बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो। समयमै जिम्मा लिएको निर्माण कार्य सम्पन्न नगरेका कारण एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएका ती कम्पनीले उक्त अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले जनाएको छ।

Read More

झापा, १२ साउन । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । संघले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ । संघले बुधबार सर्वपक्षीय भेला आयोजना गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ ।

Read More

झापा, १२ साउन । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार असारसम्मको बिलमा भ्याट तिरेका उपभोक्ताको उक्त रकम अग्रिम भुक्तानीका रूपमा कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिनेछ। आन्तरिक राजस्व विभागले पनि असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने स्पष्ट पार्दै साउन १ गतेपछि हुने विद्युत् खपत तथा डिमाण्ड चार्जमा भने नियमानुसार भ्याट लाग्ने जनाएको छ। यसअघि असारसम्मको बिलमा भ्याट जोडिएपछि उपभोक्ताले गुनासो गरेका थिए। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको चासोपछि प्राधिकरणले आवश्यक स्पष्टोक्ति दिएको हो।

Read More

झापा, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुुसार आज दिउँसो हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी र…

Read More

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। सोमबार बिहानैदेखि कर्फ्यु अवज्ञा गर्दै ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै प्रदर्शन गरेपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेनालाई समेत परिचालन गरिएको हो। बख्तरबन्द गाडीसहित अत्याधुनिक हतियार बोकेको सेनाको टोली कप्तानगञ्ज क्षेत्रमा पुगेर सुरक्षा जिम्मेवारी सम्हालिरहेको छ। सेना परिचालनपछि प्रदर्शनकारी क्रमशः तितरबितर हुन थालेका छन् र अवस्था नियन्त्रणतर्फ उन्मुख रहेको प्रमुख…

Read More

झापा, ११ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४८ प्रतिशत भौतिक प्रगति भएको छ। निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता अवधि सकिन करिब छ महिना मात्र बाँकी रहेकाले म्याद थपको आवश्यकता देखिएको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत सञ्चालन भइरहेको ९५ किलोमिटर लामो आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ। आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डका पहिलो, चौथो प्याकेजको समग्र भौतिक प्रगति 48 प्रतिशत पुगेको छ। आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६.५ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न…

Read More

झापा, ११ साउन । झापामा जापानीज इन्सेफ्लाइटिस रोगबाट एक महिलाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल भद्रपुरका अनुसार हल्दिबारी–२ निवासी मोहन राजवंशीकी श्रीमती प्रमिला राजवंशीको जापानीज इन्सेफ्लाइटिस रोगबाट हिजो मृत्यु भएको हो । सोही अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ । हल्दिबारी गाउँपालिका–२ कदम चोकमा व्यवसाय गर्दै आएकी राजवंशीलाई जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रमीलालाई दुई दिनअघि एक्कासी स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । त्यसलगत्तै हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । सेतो लामखुट्टेको टोकाइका कारण यो रोग लाग्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जयकुमार गुप्ताले जानकारी…

Read More