
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, २० पुस । झापाको कनकाई नगरपालिकामा श्रम संस्कृति पार्टीले श्रम महाअभियान सञ्चालन सुरु गरेको छ । युवा नेता दिलिप राईको नेतृत्वमा पार्टीले नगरसमिति बनेको समाचार समेत प्रकाशन नगरी आफ्नो परिचयकै दौरानमा श्रम कार्य सुरु गरेको हो । शनिबार कनकाई नगरपालिकाको पुरानो बजार दुर्गापुर बजार क्षेत्रको सरसफाईको थालनीसँगै श्रम सस्कृति नगर कार्यसमिति सार्वजनिक गरेको श्रम सस्कृति पार्टीका झापा जिल्ला उपाध्यक्ष सुमन पोखरेलले बताउनुभयो । २१ सदस्यीय श्रम संस्कृति पार्टीको अध्यक्षमा दिलिप राई रहनुभएको छ भने उपाध्यक्षमा डिबि सिलास राई, विष्णुमाया लिम्बू र गणेश परियार रहनुभएको छ । यसैगरी, सचिवमा अभिषेक मगर रहनुभएको छ । सफा रहौ स्वास्थ्य रहौ भन्ने नारा…
झापा, १९ पुस । भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ तीनसय मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले बताए । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका हुन् । घाइते…
भद्रपुर, १८ पुस । काठमाडौंबाट भद्रपुर (चन्द्रगढी)का लागि उडेको बुद्ध एयरको ATR–72 विमान अवतरणका क्रममा भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। रन–वे पार गरी विमान भासिएको भागमा पुगेपछि विमान क्षतिग्रस्त भएको हो। बुद्ध एयरको उडान नम्बर Buddha 901 ५१ जना यात्रु र ४ जना चालक दलसहित राति २०:२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। विमान राति करिब २१:१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वे को पूर्वतर्फको अन्तिम भाग (D–End) पार गर्दै करिब ३०० मिटर अगाडि रहेको भासिएको स्थानमा पुगेपछि अड्किएको जनाइएको छ। दुर्घटनालगत्तै विमानमा सवार सबै यात्रु तथा चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। प्रारम्भिक विवरण अनुसार कुनै पनि…
झापा, १८ पुस । झापाको अर्जुनधारामा गत पुस ९ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ । दुर्घटना परी मोटरसाइकल चालक अर्जुनधारा–६ का ३० वर्षीय बुद्ध तामाङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आज मृत्यु भएको हो । अर्जुनधारा नगरपालिका–६ महानन्द चोकस्थित दास पुल नजिकै शनिश्चरे बिर्तामोड सडक खण्डमा शनिश्चरेबाट बिर्तामोड तर्फ आउँदै गरेको मे २ प २४६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई नालामा पस्दा दुर्घटना भएको थियो । दुर्घटना परी मोटरसाइकल चालक तामाङ र सोही मोटरसाइकलको पछाडि सवार अर्जुनधारा–४ का ४० वर्षीय मोहनराज कार्की गम्भीर घाइते भएका थिए । घाइते दुवै जनाको…
झापा, १८ पुस । झापाको हल्दिबारी गाउँपालिका–३ र भद्रपुर नगरपालिका–७ लाई जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । हल्दिबारी–३ गैरीगाउँ हुँदै भद्रपुर–७ स्थित बुधकरण स्टेट जोड्ने ११७.४० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएको हो । उक्त पुलको आज भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०७६÷७७ को बजेट अन्तर्गत ९२ लाख रुपैयाँ लागत अनुमानमा टेन्डर प्रक्रिया अघि बढाइएको यो पुल उपभोक्ता समिति तथा सामान खरिद टेन्डरमार्फत करिब ७५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । “लालीगुराँस झोलुङ्गे पुल” नाम दिइएको उक्त पुल २०७९ साल कात्तिक १० गते…
झापा, १८ पुस । झापा जिल्ला सहकारी संघले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१ ०८२ को समीक्षा गर्न आज बिर्तामोडमा आयोजित २९औं वार्षिक साधारण सभामा अध्यक्ष प्रेमकुमार कोइरालाले यस्तो प्रस्ताव पेश गर्नुभएको हो । राष्ट्रिय सहकारी वैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष कोइरालाले संघको विनियम २०५० लाई संशोधनसहित पुनःलेखन गर्ने, आन्तरिक नीति तथा कार्यविधिहरु आवश्यकता अनुसार संशोधन गर्ने तथा थप आवश्यक नीति तथा कार्यविधिहरु बनाउने बताउनु भएको हो ।…
झापा, १८ पुस । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एककिलोमिटरबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार राति इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली र लागुऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोली बिर्तामोड–४ स्थित एककिलोमिटरबाट दमक नगरपालिका–४ का २३ वर्षीय राजा माझी, दमक–१ का २९ वर्षीय टेकबहादुर कुमाल र दमक–१ का ३३ वर्षीय हर्कबहादुर कुमाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिक बाहेकको ६ ग्राम १५० मिलि ग्राम, प्रतिबन्धित औषधि “ल्ष्तचयशभउबm तबदभितक क्ष्ए९ल्ष्तचयकगल® ज्ञण्० ” लेखिएको ५५ ट्याब्लेट र ३ वटा मोबाइल बरामद गरेको छ । उनीहरुलाई इप्रका अनारमनीमा ल्याएर राखिएको छ भने…
झापा, १८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा,…
झापा, १८ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । बिहीबार बेलुका पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मेचीनगर–६ की ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिए पनि राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव हाल त्यही अस्पतालमा छ । ठक्कर दिने ट्रक र चालक भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला, भोलेबाबा निवासी ३६ वर्षीय सन्दीप सिंहलाई…
झापा, १८ पुस । झापाको बिर्तामोड नगरपालिका–३ स्थित दुर्गा मन्दिर छेउबाट कीर्ते नागरिकता बनाउने एक जनालाई आज पक्राउ गरिएको छ । झापा शिवसताक्षी नगरपालिका–११ का २३ वर्षीय पप्पु ठाकुरलाई पक्राउ गरिएको झापा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो । उनको साथबाट एउटा कीर्ते नागरिकता समेत बरामद भएको छ । “कीर्ते नागरिकता बनाउने गरेको भन्ने सूचना पाएपछि एक जना घुमुवा छोडेका थियौं”, उहाँले भन्नुभयो, “अनुसन्धान गर्दै जाँदा आज पक्राउ गरेका हौं ।” नक्कली नागरिकता बनाउने गिरोह रहेको बताउनुहुँदै सहायक प्रजिअ प्रसाईंले ठाकुर मान्छेलाई भेटेर ‘बार्गेनिङ’ गर्ने मध्यस्तकर्ता (एजेन्ट) व्यक्ति रहेको बताउनुभयो । प्रजिअ प्रसाईंको नेतृत्वमा खटिएको सादा पोसाकका प्रहरी…