
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १८ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोला पुलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । बिहीबार बेलुका पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मेचीनगर–६ की ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिए पनि राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव हाल त्यही अस्पतालमा छ । ठक्कर दिने ट्रक र चालक भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला, भोलेबाबा निवासी ३६ वर्षीय सन्दीप सिंहलाई…
झापा, १८ पुस । झापाको बिर्तामोड नगरपालिका–३ स्थित दुर्गा मन्दिर छेउबाट कीर्ते नागरिकता बनाउने एक जनालाई आज पक्राउ गरिएको छ । झापा शिवसताक्षी नगरपालिका–११ का २३ वर्षीय पप्पु ठाकुरलाई पक्राउ गरिएको झापा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो । उनको साथबाट एउटा कीर्ते नागरिकता समेत बरामद भएको छ । “कीर्ते नागरिकता बनाउने गरेको भन्ने सूचना पाएपछि एक जना घुमुवा छोडेका थियौं”, उहाँले भन्नुभयो, “अनुसन्धान गर्दै जाँदा आज पक्राउ गरेका हौं ।” नक्कली नागरिकता बनाउने गिरोह रहेको बताउनुहुँदै सहायक प्रजिअ प्रसाईंले ठाकुर मान्छेलाई भेटेर ‘बार्गेनिङ’ गर्ने मध्यस्तकर्ता (एजेन्ट) व्यक्ति रहेको बताउनुभयो । प्रजिअ प्रसाईंको नेतृत्वमा खटिएको सादा पोसाकका प्रहरी…
झापा, १८ पुस । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक…
झापा, १७ पुस । झापाका विभिन्न तीन स्थानमा जंगली हात्तीले क्षति पु¥याएको छ । हात्तीले गएराति कमल गाउँपालिका, बिर्तामोड र बिर्तामोडमा घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको हो । कमल–३ बगाने टोलमा गएराति १ बजे तीन वटा जंगली हात्तीको हुल प्रवेश गरी स्थानीयबासी गणेश बस्नेतको बाँसको टाटी बेराले बनेको टिन छानो भएको भुइँघरमा आंशिक क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । हात्तीले बस्नेतको फुसको छानो भएको भान्सा घर पूर्ण ध्वस्त पारेको छ । घरभित्र रहेको करिब चार मन धान, चार मन मकैको पिठो, लत्ता कपडा, भाँडाकुँडा तथा खाट गरी करिब रू…
झापा, १७ पुस । जिल्ला समन्वय समिति झापाले गरेको असल अभ्यास मूल्यांकनमा हल्दिबारी गाउँपालिका प्रथम भएको छ । सेवा प्रवाह, कार्यसम्पादन मूल्याङ्कन लगायतका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा प्रभावकारी काम गरेकोल हल्दिबारी गाउँपालिकालाई जिल्लाका सात गाउँपालिकामध्ये प्रथम भएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले जनप्रतिनिधि र कर्मचारीहरूको इमान्दारिता तथा समन्वयका कारण हल्दिबारी गाउँपालिका असल अभ्यासको नमुना बन्न सफल भएको बताउनुभयो । उहाँले सीमित स्रोतसाधन हुँदाहुँदै पनि देखिएको परिणाम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्राप्त सम्मानले खुशीसँगै थप जिम्मेवारी र चुनौती पनि थपिएको बताउनुभयो । उहाँले यस…
झापा, १७ पुस । झापाको कनकाई नगरपालिका–९ स्थित मन्त्रीबारीमा एक जनाको मृत्यु भएको छ । आज बिहान ११ः१५ बजे कनकाई–९ मन्त्रीबारीका रावण मर्कीको घरको आँगनमा उनका बहिनी ज्वाइँ करिब ४७ वर्षीय सुब्बा नगरकोटीको अचानक ढले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रारम्भिक रुपमा बुझ्दा मृतक र निजको श्रीमती बडकी नगरकोटी काठमाडौं कागेश्वरी मनोहर–४ मा बस्दै आएकोमा बसाइँसरी आई सामान अनलोड गर्ने क्रममा अचानक ढली घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक विगतदेखि नै छारेरोग सम्बन्धी बिरामी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ६ पुस । डाँडागाउँ तराई सम्पर्क मञ्चले जेष्ठ नागरिकलाई सम्मान गर्दै विशेष प्रेम–मिलन तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । पछिल्लो समय पहाडबाट तराईतर्फ बसाइँसराइ, रोजगारी, उच्च शिक्षा तथा अन्य विविध कारणले गाउँ छोड्ने क्रम बढ्दै जाँदा आफन्त, नातागोता र छरछिमेकबीचको दूरी बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–३ स्थित डाँडागाउँका युवाहरूको सक्रियतामा पुस ५ गते भएको कार्यक्रममा भेटघाट, वनभोज, विभिन्न मनोरञ्जनात्मक खेल तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम समावेश गरिएको थियो । कार्यक्रममा झापा, मोरङ, सुनसरी लगायत विभिन्न जिल्लामा बसोबास गर्दै आएका डाँडागाउँवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजक समितिको नेतृत्व…
झापा, ६ पुस । झापाको अर्जुनधारा–७ स्थित विल्डकन इन्डष्ट्रिज प्रालिले गुणस्तरका कारण बजारमा उद्योगद्वारा उत्पादित पेभर्सको माग र लोकप्रियता बढ्दै जनाएको छ । उद्योग परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योग सञ्चालकहरुले एनएस मापदण्ड अनुसार विश्वस्तरीय निर्माण सामग्री उत्पादन भएकाले बजारमा माग र लोकप्रियता बढेको जनाएको हो । “हामी गुणस्तरमा कुनै कम्परमाइज गर्दैनौं”, सञ्चालक दिपक अग्रवालले भन्नुभयो, “गुणस्तरीय निर्माण सामग्री भएकाले माग बढेको छ ।” करिब आठ वर्षअघि नेपालमै पहिलो पटक जर्मन प्रविधिबाट पेभर्स उत्पादन थालिएको उहाँले बताउनुभयो । “आठ वर्ष अघि हामीले बनाएको सडक अहिले पनि जस्ताको तस्तै छ”, उहाँले दाबी गर्नुभयो, “एनएस मापदण्ड अनुरुप पेभर्स उत्पादन गरिएकाले नै माग…
झापामा भव्यताका साथ तमु ल्होसार मनाइने, पुस १२ गते बिर्तामोडमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम हुँदै
बिर्तामोड, ६ पुस । गुरुङ समुदायहरूको महान पर्व तमु ल्होसार–२०८२ झापामा भव्यताका साथ मनाइने भएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको आयोजनामा यही पुस १२ गतेदेखि १५ गतेसम्म तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइने भएको हो । झापाको बिर्तामोड नगरपालिका–३ स्थित तमु संग्रहालयमा आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय सदस्य एवम् कोशी प्रदेश प्रमुख आनन्द गुरुङले यस वर्ष चार दिनसम्म हर्षोल्लासका साथ तमु ल्होसार पर्व मनाउन लागिएको जानकारी दिनुभयो । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्य रहने उहाँले बताउनुभयो । पर्वको अवसरमा पुस १२ गते बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालाको पश्चिमतर्फको…
झापा, ६ पुस । झापाको कमल गाउँपालिका–५ धनप्रसाद मार्गस्थित गेउरीय खोलाको किनारमा आज बिहान बेवारिसे अवस्थामा हतियार फेला परेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आज बिहान ६ः३० बजे उक्त स्थानमा खोजतलास गर्दा २३८१६९ नम्बरको ग्यासगन खिया लागेको बट र नालसहित जलेको अवस्थामा भेटिएको हो । प्रहरी अभिलेखअनुसार, सो हतियार २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले कार्यालयबाट लुटपाट गरी लगेको थियो ।बरामद गरिएको हतियारलाई रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।