
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ । केही दिनदेखि निरन्तर बढ्दै आएका यी मुद्राको मूल्य आज घटेको हो । आज अमेरिकी डलर १ को खरिदर १४४रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा छ । गएका केही दिनदेखि निरन्तर बढिरहेको अमेरिकी डलरको विनियमदरमा आज गिरावत आएको राष्ट्र बैंकले जनाएको छ । हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर…
झापा, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए । उहाँले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो । “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उहाँले भन्नुभयो, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।” एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान…
झापा, २ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झापाबाट १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये पाँच जना तल्लो कमिटीका छन् । प्रदेश कमिटीको उपसचिवदेखि जिल्ला सदस्यसम्मले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि उनीहरूले पद गुमाएका छन् । केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरूमा कोसी प्रदेश कमिटी उपसचिव जलवर्षा राजवंशी, प्रदेश कमिटी सदस्यहरू निता घतानी, होमबहादुर थापा, निर्मला सिवाकोटी र झापा जिल्ला कमिटी सदस्य मनोज ताम्ली छन् । झापाबाट यी नाम सहित केन्द्रीय सदस्यमा चिन्तन पाठकको पनि केन्द्रीय कमिटी सदस्यमा पहिलो अनुभव हुनेछ । एमालेको विधानमा अन्तिम नामावली प्रकाशन भइसकेपछि माथिल्लो तह वा माथिल्लो तहको पद स्वतः नरहने व्यवस्था रहेको…
झापा, २ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २५ अर्बको ब्यालेन्ससिट (वासलात) बनाउने लक्ष्य लिएको छ । संस्थाले आफ्नो वित्तीय अवस्थालाई अझ मझबुत बनाउने सोच अनुरुप २०८२ देखि २०८५ सम्म २५ अर्बको वासलात बनाउने लक्ष्य लिएको हो । २०८२ आसार मसान्त सम्ममा १ लाख ९२ हजार २४० शेयर सदस्यहरु रहेको सहाराले ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ । संस्थाको शेयर पुँजी १ अर्ब ६९ करोड ७५ लाख, जगेडा कोष १ अर्ब ३२ कडोर ६८ लाख, बचत १४ अर्ब १५ करोड ७६ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख र ०८२ आषाढ…
झापा, २ पुस । झापाको भद्रपुरमा दुई नाबालिकामाथि जबरजस्ती करणी भएको आरोपमा दुई युवक पक्राउ परेका छन् । मंसिर २७ गते १५ वर्षीया साङ्केतिक नाम ब–१ र १३ वर्षीया साङ्केतिक नाम भ–१ घरबाट बेपत्ता भएका थिए । मंसिर २९ गते जाहेरवालाले उनीहरूलाई फेला पारी सोधपुछ गर्दा मेला घुम्ने क्रममा प्रतिवादी भद्रपुर–५ का २१ वर्षीय अक्षय सापकोटा र भद्रपुर–३ का २३ वर्षीय विवेक राईसँग भेट भएको र उनीहरूले ललाइफकाइ अक्षय सापकोटाको घरमा लगेका थिए भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत मंसिर २८ गते दिउँसो करिब १२ः३० बजे प्रतिवादीहरूले पीडित दुई नाबालिकालाई छुट्टाछुट्टै कोठामा राखी जबरजस्ती करणी गरेको…
हल्दिबारी, २ पुस । झापाको हल्दिबारी गाउँपालिका वडा नं. १ र ५ जोड्ने भुल्का मार्गको आज उद्घाटन गरिएको छ । यहाँ आज आयोजित एक विशेष समारोहबीच राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भुल्का मार्गको उद्घाटन गर्नुभएको हो । हल्दिबारी वडा नम्बर १ ओम चोकदेखि वडा नम्बर ५ को धनुषा आधारभूत विद्यालयसम्म दुई हजार ३३० मिटर लामो र साढे पाँच मिटर चौडा उक्त सडकलाई ‘भुल्का मार्ग’ नामकरणसमेत गरिएको छ । भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै तहका जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष लिङ्देनले आम नागरिकका स–साना समस्या समेत समयमै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । संघीय सरकार र हल्दिबारी गाउँपालिकाको…
झापा, १ पुस । सरकारले करिब १४ अर्ब ३८ करोड बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । एसियाली विकास बैंकबाट प्राप्त हुने उक्त सहुलियतपूर्ण ऋण लिने मंगलबार सिंहदरबारमा मंसिर २९ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एन्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर अर्थात करिब १४ अर्ब ३८ करोड बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको जानकारी दिए । मन्त्रिपरिषद्ले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २०० तथा भारु ५०० दरका नोट…
झापा, १ पुस । झापाको मेचीनगर नगरपालिका–१० निन्दा पुलमा आज बिहान संयुक्त चेकजाँच टोलीले ठूलो मात्रामा भन्सार छलि सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले बिहान १०ः०० बजे विभिन्न सवारी साधनमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरेको कपडा तथा जुत्ता बरामद गरेको हो । प्रहरीले सारी २०० पिस, स्पोर्ट सुज २०० जोर, फुटबल सुज २० जोर, लोफर जुत्ता सेन्थेटिक १५ जोर, चप्पल ६ जोर बरामद गरेको हो । सामानको कुल मूल्य करिब २ लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानलाई इलाका प्रहरी कार्यालय…
झापा, १ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको…
झापा, १ पुस । चालू आर्थिक वर्षको चार महिनामा करिब ४३ अर्ब विदेशिएको छ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्ययतर्फ ४२ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा १० अर्बभन्दा बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५…