
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
इलाम, १४ कात्तिक । बिहीबारदेखि जारी निरन्तर वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडक विभिन्न स्थानमा दबिएको, भासिएको र चिरिएको छ। त्यसैगरी, तिल्केनी–सिमलगोला–शिल्पुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। दुबै सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ। स्थानीय प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौँ।” गएराति कोसी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ। प्रहरीका अनुसार अन्य स्थानहरूमा पनि पहिरो र सडक क्षतिको जोखिम बढेको छ। प्रदेश…
झापा, १४ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा सक्रिय रहेको छ, जसको प्रभावले आज साँझसम्म नेपालको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ। नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ। यसका कारण देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली भएको छ। वर्षा र हिमपातको अवस्थाहल्का देखि मध्यम वर्षा: कोशी, बागमती, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा; गण्डकी प्रदेशका केही स्थानहरूमा; मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा। दिउँसोको पूर्वानुमान: कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली;…
झापा, १३ कात्तिक । भारतको बिहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल र भारतका सुरक्षाकर्मीहरूले झापा–बिहार सीमामा संयुक्त गस्ती सुरु गरेका छन्। निर्वाचनको सन्दर्भमा सीमामा असुरक्षा, लागूऔषध ओसारपसार, चोरी–तस्करी र आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै दुवै देशका सुरक्षा संयन्त्रले संयुक्त गस्ती थालेको हो। झापाको सदरमुकाम भद्रपुर र भारतको गलगलिया सीमा नाकामा पर्ने पिलरहरू आसपासमा संयुक्त टोलीले गस्ती गरेको छ। टोलीमा नेपालतर्फबाट वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङ, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डिएसपी दयाराम पौडेल तथा भारततर्फबाट बिहार पुलिसका सब–इन्स्पेक्टर राकेश कुमार र सीमा सुरक्षा बल (एसएसबी) निमिगुडी बिहारका केतन सालुङ्गे सहभागी…
झापा, १३ कात्तिक । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीको आगामी महाधिवेशन नियमित प्रक्रिया अनुसार गर्नुपर्ने धारणा राखेका छन्। पार्टीभित्र विशेष महाधिवेशनको प्रस्तावबारे रस्साकस्सी भइरहेका बेला जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले नियमित महाधिवेशन नै उपयुक्त हुने मत व्यक्त गरेका हुन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र महाधिवेशनको विषयमा सदस्यहरूले धारणा राखेको जानकारी दिए। उनका अनुसार, “अधिकांश साथीहरूले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसका लागि राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ। केहीले चुनाव अगावै अधिवेशन गर्नुपर्ने मत पनि राख्नुभएको छ।” प्रवक्ता महतले आगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको…
झापा, १३ कात्तिक । भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ। मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरुका अभिभावकको जिम्मा लगाएको हो। उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन्। उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए। यस्तै दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार…
झापा, १३ कात्तिक । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।” उहाँले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताउनुभयो । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ । बुधबारदेखि परेको…
निशान निराेैलाइलाम, १३ कात्तिक । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते बिहान करिब १०:३० बजे, तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र…
झापा, १३ कात्तिक । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट बुधबार प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई पक्राउ गरिएको छ । झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–५ का विष्णु राजवंशीलाई आफ्नै घरमा लागू औषधको बिक्री–वितरण गरिरहेको अवस्थामा ट्रामाडोल–८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेटसहित संलग्न सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको धर्मदेव नगरपालिका–४ का ओमनाथ घिमरेलाई ब्राउनसुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित र इलाका प्रहरी कार्यालय धरानले विभिन्न किसिमका लागुऔषध ३ सय १७ ट्याव्लेट सहित…
कपिलवस्तु, १३ कात्तिक । जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार, बुधबार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो। करिब ५०–५५ वर्ष उमेरका ती पैदलयात्रीको घटनास्थलनजिकै मृत्यु भएको हो। उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा पुर्याइए पनि चिकित्सकले बिहान ३ बजे मृत घोषित गरेका थिए। बसमा सवार पाँच जना यात्रु घाइते भएका छन्। उनीहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक…
झापा, १३ कात्तिक । देशका विभिन्न भागमा आज ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकाले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा आगामी तीन दिनसम्म पानीको बहाव बढ्ने अनुमान गरिएको छ। महाशाखाका अनुसार, ती प्रदेशका केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको…