
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ जेठ । झापामा प्रहरीले सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ । सिटी सफारी चोरीमा संलग्न तीन जना, चोरीको सामान खरीद गर्ने सात जना, चोरी गरिएका सात वटा सिटी सफारी, २० वटा ब्याट्री र एक वटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । करिब रू २१ लाख ५५ हजार बराबरको सामान बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरीले मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी (रूपक कुमार सरदार), बिर्तामोड–७ मियाँबारीका ३१ वर्षीय मोहम्मद सलिम, मेचीनगर–१० ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिषेक उराउलाई पक्राउ गरेको छ । चोरी भएका सिटी…
झापा, ४ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात…
झापा, ३ जेठ । झापाको गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटोछेउको पैनीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ करिब ४ः४५ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–५ मौलीबारी स्थायी घर भई हाल विगत ७ वर्षदेखि छोरी सविना हस्दाको घरमा गौरादह–२ लोदावारीमा बस्दै आएका ६० वर्षीय बाबुराम हस्दा पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरिया लगायतले जीवित छन् कि भन्ने उद्देश्यले तत्काल उनलाई पैनीबाट बाहिर निकालेका थिए । तर, जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर साँझ ६ः२५ बजे कानुनी प्रक्रिया…
झापा, ३ जेठ । झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब १०ः३० बजे दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–४ निवासी ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए । घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा साँझ ७ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कनकाई नगरपालिकाको हे साइलेज प्रबद्र्धन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ! ?? ?????? ?????
कनकाई नगरपालिकाको आयुर्वेदिक औषधि खरीद सम्बन्धी विद्युतीय शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना !
कनकाई नगरपालिकाको आयुर्वेदिक औषधि खरीद सम्बन्धी विद्युतीय शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना !
झापा, ३ जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल मुनिबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका–६ त्रिवेणी चोक बस्ने १८ वर्षीय विवेक यादव रहेका छन् । उनलाई शुक्रबार दिउँसो करिब २ः३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो इकार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकाका आधारमा शरीर तलासी लिँदा उनले लगाएको जिन्स पाइन्टको पेटीभित्र लुकाईछिपाई राखेको अवस्थामा प्लास्टिकसहित १४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको थियो । प्रहरीले उनको साथबाट भिभो कम्पनीको एक थान मोबाइलसमेत बरामद…
झापा, ३ जेठ । काठमाडौँको चन्द्रागिरिमा एक व्यक्तिले युवकको हत्या गरेका छन् । महोत्तरी घर भर्इ चन्द्रगिरि नगरपालिका–३ थानकोट खरिबोट बस्दै आएका ३८ वर्षीय समि अहमतले नातामा सालो पर्ने महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २५ वर्षीय जाकिर मन्सुरीको चक्कु प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका जानकारी अनुसार अहमदले घरायसी विवादमा तरकारी काट्ने चक्कु प्रहार गरी गएराति सालोको हत्या गरेको खुलेको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएको थियो । उपचारको क्रममा गएराति साढे ९ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए…
भद्रपुर, ३ जेठ । झापा उद्योग वाणिज्य संघले ‘उद्योगी–व्यवसायी हित कोष’ स्थापना गरेको छ । संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा शनिबार बसेको पदाधिकारी–सदस्यहरुको बैठकले सो कोष स्थापना गरेको हो । संघमा आबद्ध उद्योगी–व्यवसायीहरुको क्षमता विकास एवम् विभिन्न सामाजिक क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरिएको संघका महासचिव सुमन्त मैनालीले जानकारी दिए । आज बैठकमा सहभागी कार्यसमिति सदस्य अरुणकुमार मित्रुका (महाबीर)–ले आफ्नो जन्मदिनको अवसर पारेर कोषका लागि रु. २५ हजार रुपैयाँ सहयोग गर्दै कोषमा रकम जम्मा गर्ने कार्यको सुरुआत गरेका छन् । उनले संघले अत्यन्त उपयोगी कार्यक्रम सुरु गरेको भन्दै आफूले कोषका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका…
झापा, ३ जेठ । झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्करबाट कमल–१ का ७० वर्षीय शंखरप्रसाद ढुङ्गानाको मृत्यु भएको हो । घाइते उनलाई निम्स अस्पताल दमकमा ल्याएर सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गराएको थियो । उपचारकै क्रममा राति ११ः४५ बजे ढुङ्गनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कमल–१ का ३५ वर्षीय लुडो सतार र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।