
राजेश ढुंगाना
.
तिमीसँग
मैले के माग्ने र
तिमीले
मलाई के दिने ?
तिमीले
मसँग के माग्ने र
मैले
तिमीलाई के दिने ?
.
आँखाहरू जुधाएर
आँखाहरू दिन सकिन्थ्यो
मन फुकाएर
मनहरू बाँड्न सकिन्थ्यो
मुटु फुटाएर
मुटुुकै पनि
भएभरिको रगत नै
समेत दिन सकिन्थ्यो
ड्ड
तर
आँखाहरू
यतिबेला छरपष्ट भएका छन्
मनहरू
बादल झँै फाटेका छन् यो समय
र
मुटुहरू
रगताम्य भएका छन्
.
भन,
हामीले
यतिबेला
दुबैसँग
के माग्ने र
दुबैले दुबैलाई के दिने
दुबै सम्पूर्णमा रित्तिएको यो बेला !
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

