
सविना लिम्बु
बिर्तामोड, ११ साउन । इलामको फिक्कलमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय गजल मञ्च सूर्योदय नगरपालिकाको आयोजनामा आइतबार फिक्कल माध्यमिक विद्यालयको प्राङ्गणमा विभिन्न रचना वाचन कार्यक्रम आयोजना गरिएको हो ।
सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधी भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय साहित्य कलाको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
रचना वाचन कार्यक्रममा कविहरु प्रकाश अधिकारी, जि.आर न्यौपाने, लीला भट्टराई, सन्तोष खापुङ्, दिनेश चाम्लिङ्ग ‘रुन्चे’, कविता राई ‘गाउले’, माधव भट्टराई, दिपेन्द्र आचार्य लगायतले आफ्नो रचना वाचन गर्नु भएको थियो।
यस्ता कार्यक्रम निरन्तर गर्दै जाने बताउँद्र सूर्योदय गजल मञ्चका दिपेन्द्र आचार्यले अबको केही दिनमा आयोजना गरिने कार्यक्रम समालबुङमा हुने बताउनुभयो ।
रचना वाचन कार्यक्रमको स्वागत आयोजक सूर्योदय गजल मञ्चका उपाध्यक्ष दिपेन्द्र आचार्यले गर्नुभएको थियो भने सञ्चालन सचीव टिङ्कु भट्टराई सह–सचिव विक्रम सुन्दासले संयुक्त रुपमा गर्नु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


