
झापा, ११ फागुन । राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ आइतबार दमकमा लोकार्पण गरिएको छ ।
शाक्यले लेख्नुभएका जीवनका अनुभवहरू समेटिएको सङ्ग्रहको नवसंस्करण एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारीलगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभयो ।

कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकमाथि चर्चा गर्दै सहभागी वक्ताहरूले एमाले अध्यक्ष ओली दम्पतीको जीवन गाथा प्रेरणादायक भएको बताए । कार्यक्रममा लेखिका शाक्यले विभिन्न रोचक र भावुक क्षणहरू सुनाउनुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

