
झापा, १२ असारः झापाको शिवसताक्षीमा पैनीमा डुबेर एक बालकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी–२ का डम्बरबहादुर विश्वकर्माका १० वर्षीय छोरा गणेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बालकको सोमबार सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको पैनीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
पौडी खेल्न क्रममा डुबेपछि उनलाई दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

