
बिर्तामोड, १२ असारः बिर्तामोडका होटल तथा जलमा यौन क्रियाकलाप बढ्दै गएको छ । यौन गतिविधि बढेसँगै प्रहरीले दुई होटलबाट नौ जनालाई पक्राउ गरेको छ ।
होटल तथा लजहरुका सञ्चालकहरुले युवती तथा महिला राखेर यौनधन्दा चलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले सोमबार बेलुका दुई वटा होटलमा छापा मारेको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ स्थित युनिक होटल एण्ड लज र सोही ठाँउका भ्यू पोईन्ट होटल एण्ड लजमा छापा मारेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले छ महिलासहित नौ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएका युनिक होटल एण्ड लज सञ्चालक कुमार पोर्तेल सहित बिर्तामोड नगरपालिका १ निवासी ३० बर्षीया सञ्जु पोखरेल, दमक १ निवासी २५ बर्षीया ललिता थापा, काठमाडौं स्वयम्भु निवासी २१ बर्षीया अनिषा श्रेष्ठ र मेचीनगर नगरपालिका २ निवासी २४ बर्षीय राकेश कार्की रहेका छन्।
त्यस्तै भ्यू पोईन्ट होटल एण्ड लजबाट कन्काई नगरपालिका ८ निवासी ३९ बर्षीय लोकनाथ निरौला, धादिङ साँखुसोह्रघरे ५ निवासी १८ बर्षीय पुष्पा थापा क्षेत्री, लमजुङ बाग्लुङपानी ५ निवासी १९ बर्षीया बर्षा गुरुङ र अर्जुनधारा नगरपालिका ३ निवासी २८ बर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

