
झापा, २३ असार । झापाका विभिन्न सामाजिक संघ–संस्थालाई साहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले रू एक करोड नगद सहयोग गरेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वको ‘मेरो गाउँ, मेरो लगानी’ कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक कार्यालय, विभिन्न सामुदायिक विद्यालय, सामुदायिक भवन, पत्रकार महासंघ झापा शाखा, पर्यटनको क्षेत्र लगायतका दर्जनभन्दा बढी संघसंस्थालाई उक्त रकम प्रदान गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई रू १० लाख बराबरको ¥याडरगन र वे्रथलाइजर, नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचारकोषलाई रू दुई लाख, स्मार्ट चौक निर्माणका लागि (चारपाने, लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गा) रू १८ लाख, सैनिकमोडको सामुदायिक स्वास्थ्य भवनलाई रू दुई लाख, नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापनका लागि गाडी खरिदका गर्न रू ५ लाख, बागेडाँगीमा कृषि सेवा केन्द्र स्थापना गर्न रू १० लाख, दूधे खोला तटबन्धनमा भेटीभर बिरुवा सहयोगका लागि रू १० लाख प्रदान गरिएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
त्यस्तै, जामुनखाडीमा कोसेली घर निर्माणका लागि रू ५ लाख, सरकारी विद्यालयहरुमा सहारा अक्षयकोष स्थापनाका लागि रू १० लाख, सतासी मौरीपालन सहकारीलाई मह प्रशोधन केन्द्र स्थापनार्थ रू ५ लाख, चारपाने सामुदायिक भवन निर्माणका लागि रू ५ लाख, सुरुङ्गा लाइन्स सामुदायिक भवन निर्माणका लागि रू ५ लाख, बिर्तामोड क्षेत्रमा सीसी क्यामेरा जडानका लागि रू ४ लाख, गरामनी दृष्टिविहीन विद्यालयलाई रू १ लाख, बिहीवारे, लक्ष्मीनारायण, सुरुङ्गा उद्योग बाणिज्य संघ, शिवसदन सामुदायिक भवन र कुमरखोद सामुदायिक भवनका लागि रू ५ लाख र संस्थाले प्रबद्र्धन गरेको महिला सहकारीलाई रू ३ लाख रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको कुनै पनि संस्थाको सामाजिक उत्तरदायित्वको पाटो महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक उत्तरदायित्व पूरा गर्न कुनै पनि संस्थाले कञ्जुसी गर्नु हुँदैन, समाजले नै संस्थाको मेरुदण्ड हो, समाज विकसित भएसम्म संस्थाले विकास गर्न सक्दैन ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

