
बलिउडमा अवार्ड कार्यक्रममा दर्शकको ध्यान कलाकारले के अवार्ड पाउँछन् भन्ने हुथ्यो ।
तर, अहिले अवार्डमा कुन कलाकारले कस्तो प्रस्तुति दिन्छन् भन्नेतिर दर्शकको ध्यान रहन्छ । बदलिएको अवार्ड कार्यक्रमसँगै यसमा प्रस्तुति दिने कलाकारको रकम पनि आकासिएको छ ।
ऋतिक बलिउडका बेस्ट डान्सर अभिनेतामध्येका एक हुन् । त्यसैले पनि उनी एक अवार्ड प्रस्ुततिको लागि ३.५ करोडसम्म लिने गर्दछन् ।
अभिनेत्री दीपिका करोडौ मानिसको दिलको ढुकढुकी हुन् । उनी लुक्स, सादार अभिनय र राम्रो नृत्यका कारण सबैको प्रिय छिन् । उनी ४ मिनेट स्टेज कार्यक्रमका लागि १।३३ करोड रुपैयाँ लिन्छिन् ।
अभिनेता रणबीर सिंह इनर्जेटिक परफमेन्सका कारण चर्चित छन् । उनको नृत्य स्टेजमा आगो लगाउने खालको हुने गर्दछ । उनले स्टेजमा एक प्रस्तुति दिएको २ करोड पारिश्रमिक लिने गर्दछन् ।
सलमान खान स्टेजमा निकै मनोरञ्जन दिने कलाकार हुन् । उनी एक प्रस्तुतिका लागि ५ करोड लिने गर्दछन् । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

