
अमित संग्रौला
लगातार पानी परिरहेको तीनदेखि । पानी रहन्छ जस्तो देखिदैन ।वातावरणमा पनि उतारचढाव आएको देखिन्छ ।गएको राति त ठूलै पानी परेछ । असिना सहित आएको सुनिन्थ्यो । टिन बजेको आवाज कानमा गुन्जिरहेको छ ।पानी सँगसँगै हुरी बतास पनि आएको थियो ।बिजुलीको पोल ढलाएछ । आँपका रुख बकैनाको बोट असरल्ल परेर भुइँभरि छरिएका छन् ।
गाउँलेहरु ति लडेका रुखहरु काटेर दाउरा बनाउने दाउ छोपी रहेका छन् । असार लागी सकेको हुनाले रोपाइँ गर्ने चटारो परेको छ । बडा बा र पल्लो घरे काकाहरुलेको रोपाइँ धमाधम चलिरहेको छ । छोरा भन्छ बाबा स्कुल कहिले खुल्छ र मैले एसइई दिन पाउँछु । लक डाउन कहिले खुल्छ ? यो कोरोना भाइरसले मान्छेले सत्यनाश गरि सक्यो भनेर देवकी रिस पोख्छिन । लामो समयदेखि बन्दा बन्दी भएको छ । त्यहाँ पनि लक डाउनले जनजीवनमै प्रभावित पारेको छ । वर्षाको समय छ । किसानहरु रोपाइँको चिन्ता छ । मानो खाएर पाथी फलाउने समय हो । जततहीँ एउटै खबर आई रहन्छ । फेसबुक सामाजिक संजालमा कोरोना भाइरसको यति जनाको संक्रमण भए । मृत्युदर यति निको भएका यति समाचार न्युजमा आइरहेको छ । यता आमा चै पसलहरु कहिले खुल्छ? र, ती पाकेका आँप र कटहर लिएर बेचौ । आमाको मन पनि उदास छ ।
आज पानी नराम्रो सँग पर्यो ।टिभी रेडियोमा समाचार आइरहेको छ । कतै भने बाढीपहिरो नै आएछ । कहिँ कहिँ भने चट्याङ परेर मान्छेहरु मरेछन् ।कोरोना भाइरसको महामारी छ ।वर्खा लागेर त्यसमा मान्छेको जनजीवनमा प्रभावित पारेको छ । छोराले एसइई को परिक्षा दिन न पाएर उसले पनि पढेको बिर्सिन्छ भन्ने डर छ उसको आमालाई । साँझको समय बाहिर पानी परिरहेको नै छ । छोरा आफ्नै काेठा मा छ ।आमा दल्कीरहनु भएको छ । देवकी छेउमा आइन् र भनिन् । – “ग्यास त सकिएछ ।” पानी परिरहेको छ । ग्यास खोज्न म कहाँ जाउँ । दाउरामै पकाउन आज भोलि दिउँसो खोजेर ल्याउँला । देवकीले जसोतसो गरेर खाना पकाइन। छोरा र र आमालाई पस्किएर दिइन । हामीले त खाना खायौं । ति खाना न पाएर भोकभोकै मर्नु परेको छ । कति बिजोग छ । यस्तो झरी र वर्खाको समयमा । उनले दुख व्यक्त गरिन् । निकैबेर कुराकानी गरेपछि हामी सुत्न तरखर लाग्यौं ।
बिर्तामोड, हाल दुबई
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


