
पूर्ण थापा (काजी)
अचेल संसारभर कोरोनाको कहर छ हजुर
प्रवासीलाई आफ्नो भूमि टेक्ने रहर छ हजुर ।
सहर पस्ने, मुग्लान बस्नेको होस खुल्यो अब
गाउँ–गाउँ नै रहेछ, फर्कनेको लहर छ हजुर ।
युवाहरू जुटेपछि विकासको मुल फुटेपछि
उहिले छोडिहिँड्या गाउँ अब शहर छ हजुर ।
जेठो आउने खाडीबाट, माइलो आउदै युरोपबाट
खोरिया पाखा कतै बाझो नराख्ने ठहर छ हजुर ।
पाखुरा चलाउने हो आफ्नै माटोमा सुन फलाउने हो
छिमेकीको अन्नपात जे खाए पनि जहर छ हजुर ।
भानु–४, तनहुँ
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


