
पुजन आचार्य
त्रिभूवन विश्वविद्यालयको धरोहर आंगिक क्याम्पस हाम्रो
मेची बहुमुखी क्याम्पस नामै छ है राम्रो
जो कोही पनि आए हुन्छ माया गर्दै हाम्लाई
यस क्याम्पसको पुस्तकालयमा स्वागत छ है सबलाई ।
जब कोही क्याम्पसको गेट भित्र छिर्नोस्
चौबाटो छ बीचमा यताउता हेर्नोस्
दक्षिणपट्टि मानविकी, दक्षिणपश्चिम प्रशासन
उत्तर लागे पुस्तकालय आउँछ, विचार गरे अनुसाशन ।
पुस्तकालय प्रस्थान गर्दा बयालीस हजार किताबको थुप्रो
ढोका खोली हेर्दा भित्र वर्णन हुन्छ यसको रुपको
पहिला गथ्र्यौ हातले सब काम अहिले छ है यन्त्र
सबलाई सेवा दिने छिटो यही मूल मन्त्र ।
ढोकाबाट छिरेपछि पश्चिम भित्तामा नोटिस बोर्ड छ पहिले
नयाँ पुस्तक आएपछि सूचना टाँस हुन्छ जहिले
त्यही छेउमा ओप्याक कम्प्युटर पुस्तकबारे जानकारी दिनका लागि
पूर्वपट्टि रेफरेन्स घर छ यही बसेर पढ्नका लागि तयारी ।
त्यहाँबाट भित्र पस्दा किताब लिने दिने
प्रविधिले फड्को मार्यो हामीले पनि यसैबाट सेवा किन नदिने
सकेसम्म पुस्तक मिलाइ राखेका छौँ र्याकमा
यही र्याक हेर्दै जाँदा गल्ती भए औल्याइदिनुस् साथमा ।
एउटा किताब २० दिन पढ्न दिने नियम छ है हाम्रो
२० दिनपछि फेरि पढ्ने भए रिन्यु गर्नु राम्रो
रिन्यु गर्न नआएमा फाइन लिन्छौ हामी
त्यो किताब सबका लागी हो पालैपालो पढौँ यही कुरा जानी ।
सकेसम्म सबैखाले किताब सजाएका छौँ र्याकमा
यदि र्याकमा पाइएन भने इलाइब्रेरी छ साथमा
इन्टरनेटको सुविधाले पढ्न सक्नुहुन्छ
यसमा बसी पढ्नलाई सदस्यचाहिँ बन्नुपर्छ
धेरै छैन शुल्क हाम्रो जम्मा छ सय
छ सय तिरेपछि वर्षभरि इलाइब्रेरीको सदस्य सबै भए ।
बीचमा हाम्रो स्टडीरुम छ सबैले पढ्नका लागि
छेउमा टेबल व्यवस्था गरेका छौँ पत्रपत्रिकाका लागि
त्यहाँबाट भित्र छिर्दा इलाइब्रेरी रुम छ
यही रुमबाट इम्फरमेसन बुझाएको
सात दिनमा बारकोडसहित स्मार्ट कार्ड बन्छ ।
हामी पनि बनेका छौँ नेलीकको मेम्बर
प्रोजेक्टम्युज र जोष्टर सँगै अपडेट छन है अन्य रिसोर्स
हामी मध्ये धेरै छौ है प्रविधिमा कमजोर
सकेसम्म बन्न खोज्दैछौ यसै भित्र अब्बल
सिक्ने र गर्ने हाम्रो यात्रा पनि जारी
सबैलाई सम्मान गर्दै सेवा दिने हाम्रो दाबी ।
उत्तरपटि दाँया बाँया शौचालयको व्यवस्था छ
पाठकहरुलाई सेवा दिन ढोका छेउमा खानेपानीको फिल्टर तयारी छ ।
१२ औँ पुस्तकालय दिवस जसरी सम्पन्न गरेका थियौँ
१३ औँ मा चाहिँ कोभिड–१९ ले रोकियौँ
घरमा बसौँ, पुस्तक पढौँ, बाचौ अनि बचाउ पाठकलाई
आफू बाचौँ अरुलाई बचाउ कोरोनालाई भगाई ।
काम सबै बन्द भए घरघरमा बसौँ
कोरोनालाई निर्मूल पार्न सबले कम्मर कसौँ
कसैलाई पनि केही नहोस् मनैदेखिको कामना
यही छ मेरो सम्पूर्ण पाठकहरुमा
१३ औंँ पुस्तकालय दिवसको शुभकामना !
(मेची बहुमुखी क्याम्पस, पुस्तकालय शाखा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


