
राजेश ढुंगाना
मेरो आस्था
मेरो विश्वास
त्रिपालभित्र सोफामा बसेका
नेताहरू त्र्फ फर्केर
भूईँमा टुसु–टुसु बसेका
कार्यकर्ता बन्दै
मात्र
एउटा तालीमा
अनुवाद भएको छ
एउटा
थपडीमा शुरु भएको थियो
र त्यही थपडीमै समाप्त भएको छ ।
व्यापक
छलफलपछि पनि
बिना निष्कर्ष नै
सभाका सभापतिले
सभा सकिएको घोषणा पश्चात
पर्र… पर्र…
ताली पड्काएर
मेरो वर्तमान सकिएको छ
विगत जस्तै
भविष्य पनि सकिएको छ
मैले मेरै विरुद्धमा ताली पड्काएको छु
तिमीले तिम्रै विरुद्धमा
ताली बजाएका छौ
हो, हामीले
हाम्रै विरुद्धमा अन्तिम ताली पड्काएका छौं ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


