
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, २३ कत्तिक । मोरङ र सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार आज बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी सुधना सरदार (५३ वर्ष) अचेत अवस्थामा फेला परेकी थिइन् । उनी २०८० साल असोज २ गतेदेखि जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहेकी थिइन्। अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। तर अस्पताल पुगेपछि आज बिहान ६:१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
झापा, २० कात्तिक । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर–६ स्थित मेचिपुलमा खैरो हेरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। आज साँझ ५:३० बजे भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको भाडाको सिटी सफारीमा सवार झापा दमक नगरपालिका–५ निवासी ३१ वर्षीय राजु श्रेष्ठलाई शंका लागी चेकजाँच गर्दा लागुऔषध जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठको साथबाट प्लास्टिकसहित ५६ ग्राम ५२० मिलिग्राम र प्लास्टिकबाहेक ४५ ग्राम ९३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। बरामद लागुऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
झापा, १९ कात्तिक । नेपाली राजदूतावास, बैंककले म्यानमारको म्यावडीमा अलपत्र परेका १४ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ। उनीहरू विभिन्न प्रलोभनमा परी अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्याम केन्द्रहरूमा काम गर्न बाध्य भएका थिए। थाइल्यान्डको टाक प्रान्तको मेसोट अध्यागमन कार्यालय हुँदै नेपाल एयरलाइन्सको उडान आरए ४०२ मार्फत उनीहरूलाई आज नेपाल ल्याइएको हो। राजदूतावासले म्यानमारमा रहेका थप ११ नेपालीको पनि चाँडै उद्धारको तयारी भइरहेको जनाएको छ। साथै, भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नजान र श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरिएको छ।
झापा, १९ कात्तिक । झापा बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा इन्सास हतियार फेला परेको छ । आज साँझ इन्सास थान–१, म्याग्जिन थान–१, १९ राउण्ड सावुत र २ राउण्ड वेसावुत गोली फेला परेको हो । उक्त हतियार भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो ।
पोखरा, १९ कात्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार बिहान उनीहरूलाई पोखराबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदी प्रसाद सुवेदी र सञ्चालक इन्द्रप्रसाद दुवा रहनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो । प्रारम्भिक अनुसन्धानमा बिनाधितो ऋण, नक्कली खाता र अवैध लगानीमार्फत रकम दुरुपयोग भएको खुलेको छ। जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
झापा, १९ कात्तिक । एलभिडी झापा महिला गोल्डकपको तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब, काठमाडौंले झापा एफसीलाई ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा भएको खेलमा संकटाले सुरुदेखि नै आक्रमक प्रदर्शन गर्यो। सेनु परियार, समिक्षा मगर, छिरिङ वांग्देन, पूर्णिमा राई र अरुणा स्याङतेनले गोल गर्दै संकटाको जित सुनिश्चित गरे। पूर्णिमा राई प्लेयर अफ द म्याच घोषित भइन्। फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ।
झापा, १९ कात्तिक । आज बिहान झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मेघाबारीमा एक दुःखद घटना घटेको छ । बिक्रम माझीका २ वर्ष ५ महिनाका छोरा दिवांश माझी खेल्ने क्रममा घर छेउमै रहेको अदुवा खोलामा डुबेका थिए । बालक डुबेको अवस्थामा हजुरबुबाले देखेपछि तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याइएको थियो । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा दिवांशलाई मृत घोषणा गरिएको थियो । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेचि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १७ कार्तिक । उदयपुर, मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका-७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी-६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका-९ का बल बहादुर बि.क.लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका-८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका-१० का झलकनाथ अर्यालको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित…
पाँचथर, १७ कार्तिक । पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापका ६९ बर्षीय युबराज राईको हत्यामा संलग्न उनकै छोरा ३१ बर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १६ गते बिहान साढे १० बजे वाद विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले आफ्नै बाबुको शरीरको बिभिन्न भागमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न सन्देश राईलाई घटना स्थलबाटै पक्राउ गरेको थियो भने मृतक लाशलाई पोष्टमार्टमको लागी जिल्ल्ला अस्पताल पाँचथर पठाएको छ । हत्यामा संलग्न राईको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भई…
पाल्पा, १२ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०१—००१ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ई भी चालक रैनादेवी ४ का कमल रायमाझी, सोही वडा मेहालढापका राम बहादुर गाहा र सोही गाउँपालिका वडा नं१, छहरा(सिद्देश्वरका मुक्तबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो । आज बिहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको गाडी दुर्घटनामा परेको स्थानीयले बताएका छन् । घटना साँढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करिब साँढे १ बजे भएको स्थानीय ईश्वर ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको…