झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, २९ वैशाख । झापाको अर्जुनधारा नगरपालिका वडा नं ४ का पशुपालक किसानलाई गाई वस्तुमा लाग्ने खोरेत रोगको प्रभाव सम्बन्धी एक दिने तालिम दिइएको छ । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजना र चाँदनी बहुउद्देश्य सहकारी संस्था अर्जुनधारा-४ को व्यवस्थापन सहयोगमा यहाँका पशुपालक कृषकहरूलाई आज एक दिने उक्त तालिम दिइएको हो ।  अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषकहरूलाई बिर्तामोड नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखाका पशु चिकित्सक नगेन्द्र खड्का र अर्जुनधारा नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले तालिम दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख पराजुलीले पहिला-पहिला खोरेत रोगबारे जानकारी नहुँदा…

Read More

झापा, २९ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौँ महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौँ महानगरपालिका–३० बस्ने नवलपरासीपूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौँ महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासीपूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन् । पक्राउ परेकामध्ये शैलेन्द्रले सर्विया, स्लोभाकियालगायतका देश पठाइदिन्छु भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रुपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै…

Read More

धरान, २९ बैशाख । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बूलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान–१३ मा चेकजाँचको क्रममा को.१ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरिराखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसँगै चालक तथा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको छ । उक्त एम्बूलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालि धरानद्वारा सञ्चालित रहेको खुल्न आएको छ । लागुऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

Read More

बुद्धशान्ति गाउँपालिका झापाका प्रवक्ता तथा वडा नम्बर‌ १ का वडा अध्यक्ष अनिल वाग्ले‌ले‌ सामाजिक सञ्जाल फे‌सवुकमा स्थानीय तहको‌ संख्या घटाउने‌ विषयमा भइर‌हे‌को‌ तयार‌ीका विषयमा असहमति प्रकट गर‌े‌का छन् । उनले‌ के‌ही सुधार‌का सुझाव दिएका छन्, उनको‌ सामाजिक संजालमा सार्वजनिक भएको‌ धार‌णालाई यहाँ प्रस्तुत गरि‌एको‌ छ । अहिले‌ दे‌शमा आन्तरि‌क रूपमा (जनताको‌ जनमत अर्थात् यसबार‌े‌ जनताको‌ धार‌णा के‌ छ ? नबुझी÷नलिई) एउटा तयार‌ी हुँदै‌छ । त्यो‌ हो‌, स्थानीय तहको‌ संख्या घटाउने‌ । म यसको‌ विपक्षमा छु र‌ म संघ र‌ प्रदे‌शको‌ निर्वाचन क्षे‌त्र चाहिँ घट्नुपर्छ भन्ने‌ पक्षमा छु । जसका संक्षिप्त कार‌ण र‌ आवश्यकताका बार‌े‌मा मे‌र‌ा धार‌णा तल उल्ले‌ख गर‌े‌को‌ छु ताकि पूर‌ापूर‌ यसबार‌े‌ बहस हो‌स्…

Read More

झापा, २९ बैशाख । ​झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले बैशाख २७ गते साँझ उनीहरूलाई पक्राउ गरेको हो । ​पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन् । गिरीलाई बिर्तामोड–५ र मेचेलाई बिर्तामोड–४ बाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई सोमबार जिल्ला अदालत झापाबाट सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि २ दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

Read More

झापा, २९ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् । गएरााति अर्जुनधारा–२ को मिलन चोक नजिकै सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ​हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ। उहाँलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको र हाल उहाँको अवस्था बोल्न सक्ने, सामान्य रहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा असफल भएकाहरुका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको हो । बोर्डका अनुसार पूरक परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ । नन–ग्रेडेड (एनजी) भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ । यस वर्षको एसईईमा नियमिततर्फ चार लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् । राष्ट्रिय…

Read More

झापा, २९ बैशाख । कास्कीको पोखरा महानगरपालिका–बुलौंदीस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक चिकित्सकको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर डा.अमिर उप्रेतीको मृत्यु भएको हो । गण्डकी मेडिकल कलेजमा एमएस (ओटोलेरिंगोलोजी) दोस्रो वर्षका रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत उप्रेतीको साथीसँगै पौडी खेल्दा अचानक पानीमा डुबेर मृत्यु हुनुमा थप केही कारण हुन सक्ने आशङ्का गरेको छ । साथीहरूले तत्काल उद्धारको प्रयास गरे पनि उप्रेतीलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । पौडी खेल्न जान्ने व्यक्ति नै स्विमिङ पुलमै डुबेर मृत्यु भएको घटनामा थप केही रहस्य हुन सक्ने आशङ्कासहित प्रहरीले विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका…

Read More

झापा, २९ बैशाख । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका…

Read More