
झापा, २९ बैशाख । कास्कीको पोखरा महानगरपालिका–बुलौंदीस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक चिकित्सकको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर डा.अमिर उप्रेतीको मृत्यु भएको हो ।
गण्डकी मेडिकल कलेजमा एमएस (ओटोलेरिंगोलोजी) दोस्रो वर्षका रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत उप्रेतीको साथीसँगै पौडी खेल्दा अचानक पानीमा डुबेर मृत्यु हुनुमा थप केही कारण हुन सक्ने आशङ्का गरेको छ । साथीहरूले तत्काल उद्धारको प्रयास गरे पनि उप्रेतीलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
पौडी खेल्न जान्ने व्यक्ति नै स्विमिङ पुलमै डुबेर मृत्यु भएको घटनामा थप केही रहस्य हुन सक्ने आशङ्कासहित प्रहरीले विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


