झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, १६ चैत । पहिरोले मेची राजमार्ग आज बिहानदेखि अवरुद्ध छ । इलामको रोङ गाउँपालिका–४ बागखोर सडक मर्मत भइरहेको ठाउँमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । हिजोको पहिरो पन्छाएर गएरातिदेखि एकतर्फी सडक खुलाएकोमा फेरि पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सडक पूर्ण रूपमा अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन अहिले काम भइरहेको छ ।

Read More

झापा, १६ चैत । झापाको कमल गाउँपालिका–३ केर्खामा एक शिशु (बालिका) बेबारिसे अवस्थामा फेला परेकी छिन् । आज बिहान स्थानीय लिलाराज थापा (४८ वर्ष) ले आफ्नै घर नजिकको करेसाबारीमा रहेको मकैबारीमा शिशुलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए .। जानकारी पाएलगत्तै प्रहरी चौकी केर्खाबाट टोली खटिएको थियो। स्थानीयबासीको सहयोगमा शिशुलाई उद्धार गरी उपचारका लागि किओच बाल अस्पताल, दमक पठाइएको छ। अस्पतालका अनुसार बालिकाको स्वास्थ्य अवस्था तत्काल सामान्य रहेको छ। शिशुको आमाको पहिचान खुल्न बाँकी रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Read More

निशान निराैला ईलाम, १५ चैत ।  इलामको रोङ गाउँपालिका–४ बागखोर स्थित मेची राजमार्गमा सुख्खा पहिरो झर्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मिति २०८२ साल चैत १५ गते साँझ करिब १८:०४ बजेको समयमा सडक मर्मत भइरहेको स्थानभन्दा करिब ३०/४० मिटर माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो झरेको हो। पहिरोका कारण इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किटेनी इलामबाट प्रहरी सहायक निरीक्षक याम चन्द्र कर्कीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोली घटनास्थलमा पुगेर अवस्था बुझ्दा मानवीय क्षति नभएको पुष्टि भएको छ। हाल मेची राजमार्ग पूर्ण…

Read More

१. मुटुरोग नियन्त्रण गर्छ – बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ । २. भिटामिन र खनिज पदार्थ प्रसस्त – गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ । ३. चुरोटखाँदा हुने असर कम गराउछ – गोलभेडा नियमित खाँदा त्यसमा पाइने काउमेरिक एसिड र क्लोरोजेनिक एसिडले चुरोटबाट आउने कार्सिनोजिन्स जसले क्यान्सर गराउन मद्धत गर्छ । त्यसको असर कम गर्छ । ४. पाचनशक्ति बढाउछ – गोलभेडाको नियमीत सेवनले…

Read More

झापा, ११ चैत्र । झापाको भद्रपुर नगरपालिका–३, ज्ञानेचोकमा हिजो परेको अविरल वर्षा र असिनाले स्थानीयवासीका घरमा क्षति पुर्याएको छ। उमेश मगरको एकतले घरको टिनको जस्तामा प्वाल परेर करिब रु.२०,००० बराबरको क्षति भएको छ भने हेमबहादुर लिम्बुको घरमा पनि रु.२०,००० बराबरको समान क्षति भएको छ । त्यस्तै दिलबहादुर राईको घरमा समेत टिनको जस्तामा प्वाल परेर रु. २०,००० बराबरको क्षति भएको छ। यस घटनामा मानविय तथा चौपाया क्षति नभएको जनाइएको छ। त्यसैगरी, झापाको दमक नगरपालिका–८, रुपाटोलमा हिजो अन्दाजी १८ः२० बजे खगेन्द्र निरौलाको कुखुराको फर्ममा बिजुलीको तार सर्ट भई आगलागी भएको छ। इप्रका दमक, दमक नगरपालिका दमकल तथा स्थानीयवासीको सहयोगमा १९ः५५ बजे आगो…

Read More

झापा, ११ चैत । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको दुई लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि लगातार ६ कारोबार दिन घटेको सुनको भाउ आज सातौँ दिन बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ४१५ रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ५०५ रुपैयाँ रहेकोमा आज चार हजार ९२० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाण्डौ, ११ चैत । कम्बोडियामा अनलाइन ठगी तथा गैरकानुनी काममा लगाइएकासहित थप ५१ जना नेपालीलाई स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडियामा पुगेका, त्यहाँ अवैधरुपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका, गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका ५१ जना नेपालीलाई हिजो स्वदेश पठाइएको हो । थाइल्याण्डमा रहेको दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरुको उद्धार गरिएको दूतावासले जनाएको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया पुगेकोमा सन् २०२२ मा १ हजार ९७७ जना, सन् २०२३ मा २ हजार ९४० जना, सन् २०२४ मा ६…

Read More

सुनसरी, ११ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो । आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए । “आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन”, उनले भने । आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र (दमकल) मगाइएको थियो । बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताए ।रासस

Read More

झापा, १० चैत । इलामको सूर्योदय नगरपालिका–११, तिघरेका १४ वर्षीय सौगात प्रधानले आफ्नो पहिलो सांगीतिक कोसेली “फर्केर आइदेउ” बोलको गीत सार्वजनिक गर्नुभएको छ । आफ्नै शब्द, संगीत र स्वरमा तयार गरिएको उक्त गीत फिक्कलको सिभान्स क्याफेमा सोमबार साँझ सांगीतिक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । कार्यक्रममा गायक तथा संगीतकार भुपेन्द्र राईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका गायक तथा संगीतकार पुजन प्रधान रहनुभएको थियो । कार्यक्रममा सुर्योदय जेशिजका अध्यक्ष विवेश अधिकारी, गायक–संगीतकार रगुन गुरूङ, चन्दन किसोर शुब्बा, लेखु मुखिया, गायीका कृतिका राई, गायत्रा ओली घिमिरे, सन्तोष शिवा, आस्विन प्रधान, समाजसेवी निर्मला अग्रवाल कट्टेल लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूलाई…

Read More

झापा, १० चैत । झापाको भद्रपुर नगरपालिका वडा नं. ८ स्थित क्याम्पस मोडमा आमामाथि निर्घात कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर–८ क्याम्पस मोडकी ७९ वर्षीया चन्द्रमाया घिमिरेलाई उनका छोरा ३७ वर्षीय यशिस घिमिरेले कुटपिट गरेको दृष्य सञ्चार माध्यममा प्रसारण भएको थियो । आमामाथि निर्घात कुटपिट गर्ने यशिस घिमिरेलाई प्रहरी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । साथै, चन्द्रमायाको उद्धार गरी स्वास्थ्योपचार भइरहेको विज्ञप्तिमार्फत् जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More