झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका कतिपय मुद्राको विनिमयदर भने बढेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो। त्यसैगरि आज युरो १…

Read More

भद्रपुर, ११ फागुन । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापाका पाँच वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र राख्ने गरी तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारीको मात्रै व्यवस्था गर्न लागिएको हो । पाँच वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला कर्मचारी खटाइने जनाइएको छ । झापामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७३८० जना जनशक्ति परिचालन गरिने जनाइएको छ ।

Read More

झापा, ११ फागुन । धादिङमा बस दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते २८ जनाको सनाखत भएको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनास्थलमा तीन वटै…

Read More

झापा, ११ फागुन । राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ आइतबार दमकमा लोकार्पण गरिएको छ । शाक्यले लेख्नुभएका जीवनका अनुभवहरू समेटिएको सङ्ग्रहको नवसंस्करण एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारीलगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभयो । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकमाथि चर्चा गर्दै सहभागी वक्ताहरूले एमाले अध्यक्ष ओली दम्पतीको जीवन गाथा प्रेरणादायक भएको बताए । कार्यक्रममा लेखिका शाक्यले विभिन्न रोचक र भावुक क्षणहरू सुनाउनुभएको थियो ।

Read More

झापा, ११ फागुन । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भू(भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। बागमती र लुम्बिनी प्रदेशका उच्च भू(भागमा पनि आंशिक बादल लागेको देखिए पनि अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको छ। पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ जसले गर्दा ती क्षेत्रमा चिसोको मात्रा बढेको महसुस गरिएको छ। सोमबारको पूर्वानुमान अनुसार…

Read More

पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक सुनाउने भएको छ । ब्यान्डका निम्ति सिलिगुडीको कन्सर्ट यो वर्ष (सन् २०२६) नेपाली सिमाना बाहिरको पहिलो प्रस्तुति पनि हुँदै छ । गत साता मुलुकका चार सहरमा शृङ्खलाबद्ध यात्रा गरेर फर्केको ब्यान्ड सिलिगुडी कन्सर्टको अन्तिम तयारीमा जुटिसकेको छ । नेपथ्यले यसअघि सिलिगडी आसपासका सिक्किम र सिलोङमा आफूलाई उभ्याइसकेको छ । यस महानगरको उत्तरतर्फका पहाडी बस्तीमा नेपालीभाषी समुदायको ठुलो उपस्थिति छ । पछिल्लो समय भने सबैतिरबाट बसाइँ सरेर आएकाहरूको उल्लेख्य जनसङ्ख्याले यो बहुसांस्कृतिक सहर…

Read More

बागमती, १० फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । रासस

Read More

झापा, १० फागुन । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। शुक्रबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ७५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार…

Read More

झापा, १० झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का पैदा भएको बताएका छन् । चुनावी अभियानमा निर्वाचन क्षेत्र झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । सरकारले त्यो आशङ्कालाई निवारण गर्नुपर्ने भन्दै ओलीले अब निर्वाचनलाई कुनै पनि बहानामा रोक्न नहुने धारणा ओलीको छ । उनले मानिसहरू निर्वाचनमा धाँधलीको आशङ्का गम्भीर रूपमा गरिरहेको बताए । त्यस प्रकारको आशङ्काको समेत सरकारले निवारण गर्नुपर्ने उनको भनाई थियो । शान्तिप्रति मानिसहरू ढुक्क नभएको बताउँदै अध्यक्ष ओलीले शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएका छन् । ‘निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष,…

Read More

काठमाडौँ, १० फागुन । नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका हुन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । इथानोल मिश्रणसम्बन्धी अध्ययन दुई दशकदेखि हुँदै आएको उल्लेख गर्दै उहाँ भन्नुभयो, “यस विषयमा करिब २० वर्षदेखि अध्ययन र छलफल हुँदै आएको थियो । हालसम्म सबै…

Read More