
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, २ जेठ । झापाको कनकाई नगरपालिका–५ चाप्रामारी क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक छत्र श्रेष्ठको कमाण्डमा खटिएको दुई सदस्यीय टोलीले शंकास्पद अवस्थामा रहेका दुई जनालाई चेकजाँच गरेको थियो । जाँचका क्रममा कमल गाउँपालिका–५ निवासी २६ वर्षीय जित बहादुर लिम्बु (काले) र दमक नगरपालिका–६ निवासी २० वर्षीय प्रदीप रसायलीको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित १५ ग्राम २१० मिलिग्राम तथा प्लास्टिक बाहेक ११ ग्राम ९७० मिलिग्राम रहेको बताइएको छ…
सरोज भट्टराईशिवसताक्षी, २ जेठ । लामो समयदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएका झिलझिलेबासीले अब स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउने भएका छन्। झापाको शिवसताक्षी नगरपालिका वडा नं। ११ मा निर्माणाधीन झिलझिले खानेपानी तथा सरसफाइ आयोजनाको अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै खानेपानी वितरणको तयारी तीव्र पारिएको हो। वि।सं। २०७५ सालमा स्थापना गरिएको झिलझिले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले झिलझिले बजार तथा वडा नं। ११ को राजमार्ग उत्तर क्षेत्रका नागरिकलाई लक्षित गर्दै आयोजना सञ्चालनमा ल्याएको हो। स्थानीयवासीको सक्रिय सहयोग र जग्गा दानपछि आयोजना अघि बढाइएको समितिले जनाएको छ। परियोजनाका लागि स्थानीय गंगाधर तिम्सिनाले २ कठ्ठा तथा लीला तिम्सिना, विनोद तिम्सिना,…
बाँके, २ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित जंगल क्षेत्रमा बाख्रा चराउन गएका पाँच जना महिलामाथि लुटपाट तथा कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको जनाएको छ। शुक्रबार बिहान करिब साढे १० बजेतिर बैशा र नवलपुर गाउँ नजिकको जंगलमा भएको उक्त घटनामा ५५ वर्षीया बिसमति थारु, ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारु घाइते भएका हुन्। घाइते महिलाहरूका अनुसार नेपाली भाषा बोल्ने मधेसी मूलका ३–४ जनाको समूहले जंगलमा एक्लै रहेको मौका पारेर उनीहरूमाथि आक्रमण गरेको थियो। आक्रमणकारीहरूले महिलाहरूले लगाएका डेढ तोलाभन्दा…
झापा, २ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ । कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली…
विराटनगर, १ जेठ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साहलाई वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक सागर साहले इलाका प्रहरी कार्यालय लेटाङ मोरङको प्रमुखको रुपमा कार्यरत रही विभिन्न मितिमा फैसला कार्यन्वयन अन्तर्गत आफू समेत प्रहरी कर्मचारीहरु परिचालन गरी उल्लेख्य संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराएको र प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न ड्रोन क्यामेरा (Drone Camera) को माध्यमबाट अपराधको रोकथाम र अनुसन्धान गर्ने कार्य…
बिर्तामोड, १ जेठ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा ’दोस्रो मेयर कप २०८३ अन्तर वडा कराँते तथा किक बक्सिङ प्रतियोगिता’ सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा आयोजित एक विशेष समारोहका बीच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले प्रतियोगिताको उद्घाटन गर्नुभयो । आज र भोलि अर्थात जेठ १ र २ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाका प्रतिभावान खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउने र खेलकुदको माध्यमबाट नगरलाई चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना…
बिर्तामोड, १ जेठ । आजदेखि झापाको बिर्तामोड नगरपालिकामा दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुँदैछ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा आज जेठ १ र भोलि जेठ २ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, कराँते तथा किकबक्सिङ खेललाई अझ व्यवस्थित र सुदृढ बनाउनुका साथै नयाँ खेलाडी उत्पादन र खेलाडीहरूलाई प्रोत्साहन गनेर् उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गनेर् वडाहरूलाई पुरस्कारसमेत प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले…
झापा, १ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको…
हल्दीबारी, १ जेठ । झापाको हल्दीबारी गाउँपालिका–५ ले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बिहीबार करिब १८ लाख रुपैयाँबराबरका कृषि सामग्री वितरण गरेको छ । ‘वडा र किसानको साझेदारी कार्यक्रम’अन्तर्गत खेती प्रणालीमा आधुनिकीकरण प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कृषि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष खड्कबहादुर लावतीका अनुसार ३८ जना किसानलाई दुई इन्चको मोटर, ३५ जनालाई १।५ इन्चको मोटर, ३५ जनालाई ठेलागाडा तथा ३० जनालाई इलेक्ट्रोनिक स्प्रे ट्याङ्की वितरण गरिएको छ । त्यसैगरी, मकैखेती प्रवर्द्धनका लागि २० जनालाई मकै रोप्ने मेसिन, २० जनालाई मकै गोड्ने हलो तथा २१ जनालाई मकै छोडाउने मेसिन प्रदान गरिएको…
झापा, १ जेठ । वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा प्रकाश बाँस्तोलाले युएई पठाउने भन्दै रु तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” निजहरू दुवै जनलाई…