
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी गरिएको माध्यमिक तहको परीक्षा प्रमाणपत्र पेश गरी प्राथमिक तहको शिक्षिका पदमा नियुक्ति लिएकी थिइन् । तर अनुसन्धानका क्रममा सो प्रमाणपत्र नक्कली र झुट्टा रहेको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । आयोगका अनुसार, नक्कली प्रमाणपत्रका आधारमा उनले सरकारी जागिरका साथै तलब, भत्ता र अन्य सुविधा गैरकानुनी रूपमा प्राप्त गरेकी थिइन् ।त्यसैले अख्तियारले साविक भ्रष्टाचार निवारण…
झापा, २६ कात्तिक । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका ५४ थान गोलीसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ राम चोकमा डेरा गरी बस्ने २७ वर्षीया ईस्रप खातुन र त्यही ठाउँका २२ वर्षीय विकास टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएपसी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएको गोली बिर्तामोड–२ राम चोकमा बस्ने खातुनको कोठाबाट बरामद गरेको हो। उनको कोठामा एसएलआरको राउन्ड–३८ वटा, इन्सासको राउन्ड–१६ वटा, काँसको थाल –१ वटा, करुवा–१ वटा, पित्तलको गिलास–१ र प्रहरीको बुट–१ जोर बरामद भएको डीएसपी खड्काले बताए। सो गोली इलाका प्रहरी…
झापा, २६ कात्तिक । झापाको दमक नगरपालिका–७ सयपत्री टोलका ४७ वर्षीय बिनोद चौलागाईको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ । प्रहरीका अनुसार मंसिर २५ गते दिउँसो करिब ३ बजे चौलागाई अत्यधिक मदिरा सेवन गरी दमक–६ स्थित बोका हाउस अगाडि लडिरहेको अवस्थामा स्थानीयवासीहरूले फेला पारेका थिए । त्यसपछि उनका भाइ योगेन्द्र चौलागाईले उनलाई घर लगेका थिए । तर, आज बिहान स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। अस्पतालमा पु९याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव कानूनी प्रक्रिया पूरा गरी दिउँसो पोष्टमार्टमका लागि दमक अस्पतालमै पठाइएको र पोष्टमार्टमपछि शव भाइ योगेन्द्र चौलागाईले बुझिलिएको प्रहरीले जनाएको…
झापा, २६ कात्तिक । मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिलासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–१ कि दुर्गा देवि भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको छ भने संकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका(१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका–१० की विनिता लिम्बुलाई १ ग्राम १४०…
बिर्तामोड, २६ कात्तिक । होटल व्यवसायी संघ झापाको आयोजनामा एक महिने कुक तालिम शुरु भएको छ । होटल व्यवसाय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै युवाहरुलाई सीप सिकाएर स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिने कुक तालिम शुरु भएको हो । संघकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षता एवम् पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको प्रमुख आतिथ्यमा तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा शुरु भएको तालिममा जिल्लाभरिका २५ जना प्रशिक्षार्थी सहभागी छन् । तालिम उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले तालिमप्रति अपनत्व ग्रहण गर्न सहभागीलाई आग्रह गर्नुभयो । उहाँले…
मोरङ, २६ कात्तिक । मोरङको विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । विराटनगरको बरगाछीमा भएको सवारी दुर्घटनामा ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हो । मृतक अधिकारीको घर सर्लाहीको हरिपुर–१ रहेको खुलेको छ। सर्लाहीबाट श्रीमान् विमल कोइरालासँग विराटनगर आउने क्रममा भारतीय नम्बरको ट्रकसँग ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् विमलको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनामा संलग्न ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
झापा, २६ कात्तिक । कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगका कारण १ हजार ११६ वटा चौपायाको मृत्यु भएको छ। गर्मी र वर्षातको मौसममा देखिएको यो भाइरसजन्य रोग प्रदेशका ३ लाख ९४ हजार ५८५ चौपायामध्ये ३ लाख १५४ मा देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले जनाएको छ। निर्देशनालयले सुई लगाएर रोग नियन्त्रणमा लिन सफल भएको जनाएको छ। सोलुखुम्बु बाहेक सबै जिल्लामा रोग देखिएको भए पनि पाँचथर र तेह्रथुममा कुनै मृत्यु भएको छैन। गाईभैँसीमा लाग्ने यो रोगमा गिर्खा, ज्वरो, घाउ, तौल घट्ने र कमजोरीजस्ता लक्षण देखिन्छ।
झापा, २६ कात्तिक । यस वर्षको मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भए पनि जनधनको क्षति गत वर्षको तुलनामा कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष १ हजार ४५४ विपदजन्य घटना हुँदा १४० जनाको मृत्यु भएको छ भने गत वर्ष २ हजार १३९ घटनामा ४९५ जनाको ज्यान गएको थियो । बाढी, पहिरो, चट्याङ र भारी वर्षाका कारण ५ हजार ९९५ घरपरिवार प्रभावित भएका छन्। इलाममा सबैभन्दा बढी ३९ जनाको मृत्यु भएको छ। मनसुन जेठ १५ गते सुरु भई असोज २४ गतेसम्म १३५ दिन कायम रह्यो । सरकारले पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना लागू गरी क्षति…
झापा, २६ कात्तिक । झापा जिल्लाको झापा गाउँपालिका–६ स्थित शरणामतीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मंगलबार स्थानीय ४५ वर्षीय सुनिल सोरेन ना. १ त. ३३१६ नम्बरको ट्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडी दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । तर उपचारको क्रममा सोही दिन दिउँसो ३ः३० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
झापा, २६ कात्तिक । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।