
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ कात्तिक । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ । कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको…
झापा, १६ कात्तिक । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको…
झापा, १५ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईस्थित आइसिसी एकेडेमीमा आज सम्पन्न खेलमा नेपाल अमेरिका विरुद्ध चार विकेटले पराजित भएको छ। यो नेपालका लागि प्रतियोगिताको लगातार तेस्रो हार हो। पहिला ब्याटिङ गर्दै नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो। दीपेन्द्रसिंह ऐरीले ७५ रन, करण केसीले ४९ रन, कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए। जवाफमा अमेरिका ४९ ओभरमै लक्ष्य पूरा गर्दै २७२ रन बनायो। साइत्यजा मुकामल्लाले ७५ रन, मिलिन्द कुमारले ७० रन बनाए। साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन…
भोजपुर, १५ कात्तिक । भोजपुरको षडानन्द नगरपालिका–४ स्थित दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ आउँदै गरेको लकडी लोड ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर दुर्घटनामा परेर चालक २५ वर्षीय आईतबहादुर तामाङ (केराबारी, षडानन्द–४) र १७ वर्षीय नवीन तामाङ (चरम्बी, अरुण–४) को घटनास्थलमै मृत्यु भएको हो। घाइते चार जनामध्ये १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीया सुनिता तामाङको दिङला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अर्जुनधारा, १५ कात्तिक । सक्षम युवा, सभ्य समाज मेचीनगर–१२ सरेडाँगीको आयोजनामा आज देउसी भैलो समापन तथा सम्मान कार्यक्रम चारआली साना शहरी खानेपानीको सभाहल सम्पन्न भएको छ । लागुऔषध दुवर्यासनी विरूद्वको अभियान सञ्चालन गर्ने उद्देश्यले कार्यक्रमको थालनी गरिएको सस्थाका अध्यक्ष अमृत खम्बूले जानकारी दिए ।कार्यक्रममा स्थानीय कलाकार, खेलाडी र विभिन्न क्षेत्रमा योगदान पुराउनुहुने व्यक्तित्वहरूलार्इ सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अथिति अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनले समाजमा लागुऔषध सेवन गर्दा के हुन्छ भन्ने कानून थाहा नपाएर पनि बालबालिका दुव्र्यसनीमा फसेको बताए । युवाहरूलाई खेलकुद, कला, विभिन्न सिपमूलक तालिम दिएर पनि कुलतबाट जोगाउन सकिने उहाँले बताउनुभयो । ‘यो संथाले यसतर्फ अगाडि बढ्न…
झापा, १५ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव अझै बाँकी रहँदा देशमा फेरि अर्को मौसम प्रणाली सक्रिय हुने संकेत देखिएको छ। मौसमविद्हरूका अनुसार आउँदो बुधबार (कात्तिक १९) देशका केही स्थानमा पुनः वर्षा र हिमपातको सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मंगलबार (कात्तिक १८) बेलुकादेखि पश्चिमी नेपालमा कमजोर पश्चिमी वायु प्रणाली प्रवेश गर्नेछ, जसले हल्का वर्षा र हिमपात गराउनेछ। “मंगलबार बेलुकादेखि पश्चिम नेपालमा वर्षा लिएर अलि कमजोर पश्चिमी वायु आउँदै छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्। शनिबार बिहानैदेखि काठमाडौंसहित पूर्वी नेपालका केही भागमा ‘मोन्था’ चक्रवातको प्रभावले वर्षा भइरहेको छ। पोखरेलका…
इलाम, १५ कात्तिक । बिहीबारदेखि लगातार परेको वर्षाले मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रु प्रभावित भएका छन्। इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो। सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो हटाउने प्रयास जारी रहे पनि सडक भासिने क्रम नरोकिएकाले यातायात सञ्चालनमा कठिनाइ भएको छ। “सडक खुलाउन हामी अहोरात्र खटिएका छौँ, तर भासिने क्रम रोकिएको छैन,” उहाँले जानकारी दिनुभयो। राजमार्ग अवरुद्ध भएपछि झापा जाने सवारी साधन गोलाखर्क भञ्ज्याङमा रोकिएका छन् भने झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ जाने सवारी माईखोलामा अड्किएका छन्। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर ९केचना–कञ्चनजङ्गा सडक०…
झापा, १५ कात्तिक । यही कात्तिक ९ गतेदेखि बेपत्ता भएका शिवसताक्षी नगरपालिका–१०, माईधार निवासी सरोज शर्माको शव बिरिङ खोलामुनि गाडिएको अवस्थामा फेला परेको छ। गाडी लिएर घरबाट निस्किएका शर्मा त्यस दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासका लागि उजुरी दिएका थिए। झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काका अनुसार झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका बीच बग्ने बिरिङ खोलाको पुलमुनि शव गाडिएको अवस्थामा भेटिएको हो। शव भेटिएपछि घटनास्थलमा प्रहरीको टोली परिचालित गरिएको छ। यसअघि कात्तिक १३ गते शर्माको गाडी चारआली जंगलमा जलेको अवस्थामा फेला परेको थियो। सोही आधारमा अनुसन्धान गरिरहेको प्रहरीले आज बिहान दुई जनालाई नियन्त्रणमा लिएपछि हत्या गरी गाडी जलाएको र…
झापा, १ कात्तिक । मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ । यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । उहाँका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ । शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा भएको छ । सप्तरीमा १५६, उदयपुरमा १०२, मनाङमा ११५, सुनसरीमा ८२, नुवाकोटमा ८९, लमजुङमा ८२ मिलिमिटर…
झापा, १५ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को असर आज (शनिबार) देखि नेपालमा अन्त्य भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा अब देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मात्र रहेको उल्लेख गरिएको छ। गत बुधबारदेखि मोन्था चक्रवातको प्रभावले नेपालमा वर्षायामजस्तै लगातार वर्षा भइरहेको थियो। महाशाखाका अनुसार आजदेखि उक्त चक्रवातको प्रभाव समाप्त भइसकेको छ। यद्यपि, पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षा जारी छ। महाशाखाका अनुसार…