jhapaonline add

झापा, १४ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा देशको पूर्वी भूभागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ भने यतिबेला (बिहीबार बिहान) बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ । मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ । महाशाखाका अनुसार यस्तो छ मौसमको प्रक्षेपणदिउँसोः कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा मौसम आंशिक बदली हुनेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान,…

Read More

झापा, १३ जेठ । झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ५ बजे सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत गौरादह–७ निवासी खड्ग चिमरियाका ४ वर्षीय छोरा आरोग्य चिमरियालाई घरमा झार्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसबाट ओराल्ने क्रममा बालक बसको चपेटामा परेका थिए । दुर्घटनापछि बस र चालक गौरादह–७ निवासी ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ । शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ७ बजे पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको…

Read More

झापा, १३ जेठ । झापाको कनकाई नगरपालिका–६ चम्पापुरमा आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलबार साँझ करिब ७ बजे स्थानीय मोहन चौहानको काठ र टिनको छानो भएको दुई तल्ले टाँडे घरमा अचानक दियोबाट आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेका काठ, थाल–बटुका, लत्ताकपडा लगायत विभिन्न घरायसी सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन् । घटनामा मानविय तथा पशुचौपायातर्फ कुनै क्षति नभएको जनाइएको छ । प्रहरीका अनुसार आगलागीबाट अन्दाजी ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयबासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Read More

झापा, १३ । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषधसहित ११ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ स्थितबाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका १० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माईजोगमाई गाउँपालिका १ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका ९ की ४३ वर्षीया…

Read More

झापा, १३ जेठ । अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ। वयस्क नेपालीमा उच्च रक्तचापको दर २४।५ प्रतिशत रहेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको बताए। नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ । यसरी हुने मृत्युमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७।३६ प्रतिशत रहेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब १।४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित…

Read More

झापा, १३ जेठ । कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । कालो सूचीमा राखिएका निर्माण कम्पनीमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको निर्माण गरिरहेको रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रालिसमेत छन् । एक वर्षदेखि ३…

Read More

तोमनाथ उप्रेती उपसचिव : नेपाल सरकार को वास्तविक सौन्दर्य आन्तरिक सोचको शुद्धता र व्यवहारको उत्कृष्टतामा निहित हुन्छ। विचार नै मानव जीवनको पहिलो आधार हो जसरी बीउ शुद्ध वा अशुद्ध हुन्छ, त्यसरी नै जीवनको वृक्ष पनि त्यस्तै फल दिन्छ। यदि सोच शुद्ध, सकारात्मक र स्पष्ट छ भने आचरण स्वतः सन्तुलित, नैतिक र मानवीय बन्छ। सोचको शुद्धता भनेको मनभित्र रहेका विचारहरूलाई स्वार्थ, लोभ, घृणा र अहंकारबाट मुक्त गर्नु हो। जब मनमा नकारात्मकता हावी हुन्छ, तब व्यवहार पनि अस्थिर र क्षणिक भावनामा आधारित हुन्छ। तर जब व्यक्ति आत्मचिन्तन र सजगता अपनाउँछ, तब उसले आफ्ना विचारहरूलाई परिष्कृत गर्न थाल्छ। यही प्रक्रिया सोचको शुद्धीकरण हो,…

Read More

झापा, १३ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र…

Read More

झापा, १२ जेठ । सोमबार राति आएको वर्षासहितको भीषण हावाहुरीले झापाका विभिन्न स्थानमा घर, उद्योग, कुखुरा फार्म, विद्युत पोल तथा अन्य संरचनामा व्यापक क्षति पुर्‍याएको छ । हावाहुरीका कारण जिल्लाभर लाखौँ रुपैयाँ बराबरको क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्लाको गौरादह नगरपालिका–७ डाँडागाउँमा पर्शुराम दाहालले सञ्चालन गरेको कुखुरा फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पक्की पिलर, टिनको छानो, काठको प्लाई र तारजालीले बनेको फार्ममा हावाहुरीले ठूलो क्षति पुर्‍याउँदा २५ वटा ब्रोइलर कुखुरा समेत मरेका छन् । उक्त घटनाबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हल्दीबारी गाउँपालिका–२ मा हावाहुरीले तीन…

Read More

शिवसताक्षी, १२ जेठ । झापाको शिवसताक्षीमा जारी चौथो कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा दुधे भेट्रानले श्रीजङ्गा भेट्रान भद्रपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। दुधेका लागि खेलको १४औँ मिनेटमा हर्क बहादुर तामाङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको दुधेले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्यो । खेलको ५१औँ मिनेटमा मोहन तामाङको सुन्दर पासमा सन्तोष थोप्राले अर्को गोल थप्दै दुधेको जित सुनिश्चित गरे । दुवै हाफमा संयमित र आक्रामक खेल प्रस्तुत गरेको दुधेले विपक्षी टोलीलाई दबाबमा राख्दै खेल आफ्नो पक्षमा पारेको हो…

Read More