jhapaonline add

झापा, १२ जेठ । सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषधसहित ७ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप(महानगरपालिका–२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका–४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका–४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १२ जेठ । झापापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्ध पुरुषको अचानक लडेर मृत्यु भएको छ । सोमबार राति करिब ९ बजे स्थानीय ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडी बेहोस भएका थिए । उनलाई तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल लगिएकोमा चिकित्सकले राति ९ः५६ बजे मृत घोषणा गरेका हुन् । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी अधिकृतसहितको टोली खटिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

झापा, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै…

Read More

झापा, ११ जेठ । झापाको बिर्तामोड नगरपालिका–८ कटहरबारीस्थित सडक छेउबाट प्रहरीले भन्सार छलि गरी ल्याइएका अवैध कपडा बेवारिसे अवस्थामा बरामद गरेको छ । आज दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद अवस्थामा राखिएका विभिन्न प्रकारका कपडाहरु फेला पारी बरामद गरेको हो । प्रहरीका अनुसार बरामद गरिएका सामानमा १ हजार पिस सेतो सेन्डो भेष्ट, ३७ पिस एडिडास हाफ पेन्ट, ६ पिस धारी हाफ पेन्ट, २९ पिस सादा हाफ पेन्ट, १४ पिस जिन्स पेन्ट, ३६ पिस कटन पेन्ट, २७ पिस साडी, ७१ पिस बक्सर हाफ पेन्ट, ३२४ पिस पेन्टी तथा ११ पिस सर्ट रहेका छन्…

Read More

झापा, ११ जेठ । झापाको दमक नगरपालिका–५ मा लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आइतबार राति करिब १० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले दमक–५ स्थित डेरा कोठामा छापा मार्दा २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको कोठाबाट प्लाष्टिकमा स–साना पोका बनाई राखिएको अवस्थामा प्लाष्टिक बाहेक ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । साथै, नगद नेपाली रुपैयाँ ५६ हजार ६ सय, भारतीय रुपैयाँ १ हजार १ सय र दुई थान मोबाइल सेट समेत प्रहरीले बरामद…

Read More

उदयपुर, ११ जेठ । उदयपुरको कटारी नगरपालिका–२ गिद्धबारमा सोमबार बिहान गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ । दुर्घटनापछि मृतकको शव व्यवस्थापनको विषयलाई लिएर प्रादेशिक अस्पताल कटारीमा केहीबेर तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार सौगात एकेडेमी बोर्डिङ स्कुलको लु।प्र।०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन कटारी नगरपालिका–१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा उनलाई तत्काल प्रादेशिक अस्पताल कटारी पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै प्रहरीले…

Read More

झापा, ११ जेठ । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप अन्तरगत आज भएको खेलमा साविक विजेता बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ३३ औँ मिनेटमा बिर्तामोडका प्रदीप बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ६७ औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै खेल २–० को अवस्था पुर्‍याए । खेलको ७४ औँ मिनेटमा गाईघाट सुनिल खड्काले गोल गर्दै गोल अन्तर २–१ को अवस्था झारेका थिए । खेलको ७५ औँ मिनेटमा बिर्तामोडमा आशिष चापागाईँले पुन…

Read More

झापा, ११ जेठ । सरकारले आर्थिक वर्ष २०८३–०८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको ३ हजार ६ सय ६० रुपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो । त्यसैगरी, बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले नेपाल चिन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चिन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ…

Read More

झापा, ११ जेठ । झापामा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका काठमाडौं महानगरपालिका–२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय सुशील मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर सहित दमक नगरपालिका–५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान–१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउनसुगरसहित विराटनगर महानगरपालिका–१५ बाट…

Read More

शिवसताक्षी, १० जेठ । चौथो कर्ण बहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताको आइतबार भएको क्वाटरफाइनल खेलमा दमक लखनपुर भेट्रानले बिर्तामोड भेट्रानलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। प्रतिस्पर्धात्मक खेलमा दमक लखनपुर सुरुदेखि नै दबाबमा देखिएको थियो। खेलको २८औँ मिनेटमा तुला मगरले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ३६औँ मिनेटमा सुभाष आङ्थोपो लिम्बुले अर्को गोल थपेपछि दमक लखनपुरले २–० को सहज अवस्था बनाएको थियो। दोस्रो हाफमा पनि दमकको खेल लयदार रह्यो । खेलको ६४औँ मिनेटमा सुभाष आङ्थोपो लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। त्यसपछि बिर्तामोडले फर्कने प्रयास गरे पनि दमकको रक्षापंक्ति मजबुत बनेपछि खेल ३–० को…

Read More