
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १७ पुस । जिल्ला समन्वय समिति झापाले गरेको असल अभ्यास मूल्यांकनमा हल्दिबारी गाउँपालिका प्रथम भएको छ । सेवा प्रवाह, कार्यसम्पादन मूल्याङ्कन लगायतका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा प्रभावकारी काम गरेकोल हल्दिबारी गाउँपालिकालाई जिल्लाका सात गाउँपालिकामध्ये प्रथम भएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले जनप्रतिनिधि र कर्मचारीहरूको इमान्दारिता तथा समन्वयका कारण हल्दिबारी गाउँपालिका असल अभ्यासको नमुना बन्न सफल भएको बताउनुभयो । उहाँले सीमित स्रोतसाधन हुँदाहुँदै पनि देखिएको परिणाम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्राप्त सम्मानले खुशीसँगै थप जिम्मेवारी र चुनौती पनि थपिएको बताउनुभयो । उहाँले यस…
झापा, १७ पुस । झापाको कनकाई नगरपालिका–९ स्थित मन्त्रीबारीमा एक जनाको मृत्यु भएको छ । आज बिहान ११ः१५ बजे कनकाई–९ मन्त्रीबारीका रावण मर्कीको घरको आँगनमा उनका बहिनी ज्वाइँ करिब ४७ वर्षीय सुब्बा नगरकोटीको अचानक ढले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रारम्भिक रुपमा बुझ्दा मृतक र निजको श्रीमती बडकी नगरकोटी काठमाडौं कागेश्वरी मनोहर–४ मा बस्दै आएकोमा बसाइँसरी आई सामान अनलोड गर्ने क्रममा अचानक ढली घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक विगतदेखि नै छारेरोग सम्बन्धी बिरामी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ६ पुस । डाँडागाउँ तराई सम्पर्क मञ्चले जेष्ठ नागरिकलाई सम्मान गर्दै विशेष प्रेम–मिलन तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । पछिल्लो समय पहाडबाट तराईतर्फ बसाइँसराइ, रोजगारी, उच्च शिक्षा तथा अन्य विविध कारणले गाउँ छोड्ने क्रम बढ्दै जाँदा आफन्त, नातागोता र छरछिमेकबीचको दूरी बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–३ स्थित डाँडागाउँका युवाहरूको सक्रियतामा पुस ५ गते भएको कार्यक्रममा भेटघाट, वनभोज, विभिन्न मनोरञ्जनात्मक खेल तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम समावेश गरिएको थियो । कार्यक्रममा झापा, मोरङ, सुनसरी लगायत विभिन्न जिल्लामा बसोबास गर्दै आएका डाँडागाउँवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजक समितिको नेतृत्व…
झापा, ६ पुस । झापाको अर्जुनधारा–७ स्थित विल्डकन इन्डष्ट्रिज प्रालिले गुणस्तरका कारण बजारमा उद्योगद्वारा उत्पादित पेभर्सको माग र लोकप्रियता बढ्दै जनाएको छ । उद्योग परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योग सञ्चालकहरुले एनएस मापदण्ड अनुसार विश्वस्तरीय निर्माण सामग्री उत्पादन भएकाले बजारमा माग र लोकप्रियता बढेको जनाएको हो । “हामी गुणस्तरमा कुनै कम्परमाइज गर्दैनौं”, सञ्चालक दिपक अग्रवालले भन्नुभयो, “गुणस्तरीय निर्माण सामग्री भएकाले माग बढेको छ ।” करिब आठ वर्षअघि नेपालमै पहिलो पटक जर्मन प्रविधिबाट पेभर्स उत्पादन थालिएको उहाँले बताउनुभयो । “आठ वर्ष अघि हामीले बनाएको सडक अहिले पनि जस्ताको तस्तै छ”, उहाँले दाबी गर्नुभयो, “एनएस मापदण्ड अनुरुप पेभर्स उत्पादन गरिएकाले नै माग…
झापामा भव्यताका साथ तमु ल्होसार मनाइने, पुस १२ गते बिर्तामोडमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम हुँदै
बिर्तामोड, ६ पुस । गुरुङ समुदायहरूको महान पर्व तमु ल्होसार–२०८२ झापामा भव्यताका साथ मनाइने भएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको आयोजनामा यही पुस १२ गतेदेखि १५ गतेसम्म तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइने भएको हो । झापाको बिर्तामोड नगरपालिका–३ स्थित तमु संग्रहालयमा आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय सदस्य एवम् कोशी प्रदेश प्रमुख आनन्द गुरुङले यस वर्ष चार दिनसम्म हर्षोल्लासका साथ तमु ल्होसार पर्व मनाउन लागिएको जानकारी दिनुभयो । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्य रहने उहाँले बताउनुभयो । पर्वको अवसरमा पुस १२ गते बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालाको पश्चिमतर्फको…
झापा, ६ पुस । झापाको कमल गाउँपालिका–५ धनप्रसाद मार्गस्थित गेउरीय खोलाको किनारमा आज बिहान बेवारिसे अवस्थामा हतियार फेला परेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आज बिहान ६ः३० बजे उक्त स्थानमा खोजतलास गर्दा २३८१६९ नम्बरको ग्यासगन खिया लागेको बट र नालसहित जलेको अवस्थामा भेटिएको हो । प्रहरी अभिलेखअनुसार, सो हतियार २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले कार्यालयबाट लुटपाट गरी लगेको थियो ।बरामद गरिएको हतियारलाई रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
भद्रपुर, ५ पुस । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । आज बिहान करिब १०ः३० बजे भद्रपुर नगरपालिका–५ बसपार्कस्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इलाम सूर्योदय नगरपालिका–१२ घर भई हाल बिर्तामोड नगरपालिका–१० मा बस्दै आएका ३३ वर्षीय अनिल प्रधानलाई नियन्त्रणमा लिएको हो । चेकजाँच गर्दा उनले मलद्वारमार्फत प्लास्टिकको पोका पारी लुकाएको लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला परेको थियो । तौल गर्दा प्लास्टिकसहित २ ग्राम ३०० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम १०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ…
झापा, ५ पुस । झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज ५ गते साँझ करिब ५ः३० बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक झापा भद्रपुर नगरपालिका–९ का २५ वर्षीय भुपाल अधिकारी र अर्का भद्रपुर–७ का २५ वर्षीय शीर्षक सुवेदी गम्भीर घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले जाँच गर्दा साँझ ६ः१५ बजे दुबै जनालाई मृत घोषणा गरेका थिए । शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ…
बिर्तामोड, ५ पुस । बिर्तामोड नगरपालिका–१ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अग्निप्रसाद पाण्डे र विशिष्ट अतिथि ज्येष्ठ नागरिक पदमप्रसाद प्रसाईंले रेफ्री प्रविन राईलाई फुटबल प्रदान गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले जनजी आन्दोलनका कारण प्रतियोगिता ढिलो सुरु हुन गएको उल्लेख गर्नुभयो। साथै उहाँले वडा खेलकुद मार्फत व्याडमिन्टन, क्रिकेट लगायतका विभिन्न प्रतियोगिता पनि हुने बताउनु भयो । यस प्रतियोगितामा ११ वटा टिम सहभागी छन्। प्रतियोगिताको विजेताले १५ हजार…
झापा, ५ पुस । एचएस साइना क्रिएसन प्रालिको आयोजनामा माघ पहिलो साता कोशी प्रदेशस्तरीय सौन्दर्य प्रतियोगिता ‘मिसेस क्वीन अफ कोशी–२०८२’ हुने भएको छ । विवाहित महिलाहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका महिलाले सहभागिता जनाउन सक्नेछन् । आज सुरुङ्गामा पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक अनुप भण्डारीले पहिलो अडिसन पुस ७ गते झापाको सुरुङ्गामा हुने बताउनुभयो । पहिलो अडिसनको तयारी पूरा भएको र सहभागीहरुले फारम समेत भरिसकेको र थप फारम पर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । त्यसपछि झापाकै बिर्तामोड, दमक, सुनसरीको इटहरी, धरान र इलामका विभिन्न स्थानमा अडिसन सञ्चालन गरिनेछ…