
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
वीरगञ्ज, ४ कात्तिक । दीपावलीको मुख्य आकर्षण लक्ष्मीपूजा सम्पन्न भएसँगै वीरगंजसहित तराई मधेसका जिल्लाहरूमा छठ पर्वको तयारी उत्साहपूर्वक सुरु भएको छ। भोजपुरा संस्कृतिको केन्द्र मानिने वीरगंजमा दीपावलीपछि छठ पर्व विशेष उमङ्गका साथ मनाइने परम्परा छ। आज बिहानैदेखि वीरगंजको घण्टाघर र माइस्थान क्षेत्रमा छठ पर्वमा प्रयोग हुने माटाका सामग्री—जस्तै दियो, पाला आदि—बेच्नेहरूको भीड लागेको छ। बजारमा नयाँ कपडा, जुत्ता, फलफूल, बासका सामानहरू पनि तिव्र रूपमा विक्री भइरहेको छ, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ। वीरगंज महानगरपालिका तथा विभिन्न सामाजिक संघसंस्थाहरूले छठ पर्वका लागि घाटहरूको सरसफाइ र शृङ्गारको काम सुरु गरिसकेका छन्। विशेषतः घडिअर्वा पोखरी परिसरलाई आकर्षक रूपमा सजाउने कार्य तीव्र गतिमा…
कञ्चनपुर, ४ कात्तिक । इजरायलमा हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको मंगलबार महाकाली आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट सुरु भएको शवयात्रा महाकाली आर्यघाटमा पुगेर सम्पन्न भयो। जोशीको पार्थिव शरीरमा उनका पिता महानन्द जोशीले दागबत्ती दिनुभयो भने सशस्त्र प्रहरी बलले सलामी अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्यो। दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससहित इजरायली प्रतिनिधिमण्डलको सहभागिता थियो। साथै, पूर्वपरराष्ट्र मन्त्री एनपी साउद, पूर्वसांसदहरू, प्रदेश सरकारका मन्त्री तथा सांसदहरू, स्थानीय जनप्रतिनिधि र हजारौँ नागरिकहरूले जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे। विपिनको शव सोमबार साँझ ८ः१५ बजे महेन्द्रनगरस्थित घरमा ल्याइएको थियो। फ्लाई…
झापा, ३ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध, नगद र सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापाको सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको मोबाइल टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दोलखा झ्याकु गाविस–५ का नङ्गबहादुर बस्नेतलाई आइतबार लागुऔषध, नगद र सुनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा बस्नेतको साथबाट ब्राउनसुगर जस्तो देखिने ४०.१८ ग्राम खैरो पदार्थ, रू १० लाख ५१ हजार एक सय २० र ९०.५४० ग्राम सुन (१ थान सिक्री र २ थान औंठी) बरामद गरिएको उहाँले बताउनुभयो…
ताप्लेजुङ, ३ कात्तिक । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्नमा व्यस्त छन्। मुख्य टिपाइ सिजन चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन्। बिहानदेखि बेलुकीसम्म बगानमै खटिने किसानहरू रात पनि भट्टिमै बस्न थालेका छन्। फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईवस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् भने बाँकी सबै बगानमै बास बस्छन्। ‘अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जान्छ,’ उनले भने। फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा त झन एक महिनादेखि बगानमै बसिरहेका छन्। दसैँ परिवारसहित बगानमै मनाएका उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन्। ‘छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ,’…
बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोडमा ‘इको म्युजिक फेष्ट’ कार्यक्रम हुने भएको छ । चाहना समूह बिर्तामोड–५ र इभन एन संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते इको म्युजिक फेष्ट कार्यक्रम हुने भएको हो । स्वर पूर्ण राई दाजुभाईहरु ब्याण्डको विशेष प्रस्तुती रहने म्युजिक फेस्टमा गेष्ट आर्टिस्टका रुपमा अर्नभ वन रहने छन् । आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा लागुऔषध दुव्र्यसनीमा फँसेका युवालाई समाजमा पुनस्र्थापित गर्ने उद्देश्यले इको म्युजिक फेष्ट गर्न लागिएको कार्यक्रम संयोजक जीवन भण्डारीले जानकारी दिनुभयो । बिर्तामोड नगर क्षेत्र पछिल्लो समय लागुऔषध प्रयोगकर्ता र कारोबार बढेको बताउनुहुँदै लागुऔषधको दलदलमा फँसेका युवालाई दलदलबाट निकाल्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । कार्यक्रमबाट…
झापा, ३ कात्तिक । वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि जिन्सी तथा नगद सहयोग प्रदान गरेको छ । संघले १० लाख १ हजार ५ रुपैयाँ बराबरको जिन्सी तथा नगद सहयोग गरेको हो । संघले आज इलाका प्रहरी कार्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच फर्निचर र नगद रकम बराबरको चेक हस्तान्तरण गरेको छ। संघका अध्यक्ष धनबहादुर पंधाक, उपाध्यक्ष प्रकाश राई, महासचिव नीरकुमार खत्री (नीरन), सचिव राजेन्द्र पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद खतिवडा, प्रवत्ता ओमप्रकाश भट्टराई लगायत वैदेशिक रोजगार व्यवसायीको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ, रमेश चौधरी, विपिन बजगाईं, इलाका प्रहरी कार्यालयका डिएसपी विजय…
झापा, ३ कात्तिक । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दिपावली, छठ, उधौली लगायतका चाडपर्वहरूलाई हर्षोल्लासका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउन विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। कार्तिक २ गते भर्चुअल माध्यमद्वारा आयोजित बैठकमा उनले जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि, कालोबजारी, खुला सिमा नाकाबाट हुने चोरी तस्करी, लागू औषधको ओसारपसार, झैझगडा, जुवा तासजन्य गतिविधि नियन्त्रण गर्न कडाइका साथ प्रहरी परिचालन गर्न निर्देशन दिए। प्रमुख कार्कीले चाडपर्वको समयमा लाग्ने मेला, वैङ्क तथा बित्तीय संस्था, सुनचाँदी पसलहरूमा प्रहरीको निगरानी बढाउन, सरोकारवाला निकायसँग समन्वय गरी…
झापा, ३ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–५ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर हिलिहाङ गाउँपालिका–६ का डम्बर बहादुर मैनालीको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रकाउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।
झापा, ३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो…
झापा, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६५ पैसा, क्यानेडियन…